सोमवार रुपन्देही बन्दको प्रभाव २४ किलोमिटरको १ हजार भाडा


कृष्ण खनाल 
बुटवल, ७ साउन
 २४ किलोमिटरको यात्रा गर्दाको गाडी भाडा कति होला, ४० रुपैया, ५० रुपैया धेरै भएमा  ६० रुपैया । तर सुन्दा पनि अचम्म लाग्छ तर साउन ७ गते भैरहवा देखि बुटवल सम्म दुई जना व्याक्तीहरले एक हजार रुपैया भाडा तिरेर यात्रा गरेका छन । उनीहरु माईक्रो, मोटरसाईकल, बस, कार जीपबाट अन्यमा सवारी साधानको प्रयोग गरेर भने यात्रा गरेका अवश्य होईन्न । भारतको नया दिल्लीबाट आफ्नो पहाड घर अर्घाखा“चीको ढिकुराका लागि आएका हरीप्रसाद आचार्य र उनका भाई ईश्वर आचार्यले सोमवार एक हजार रुपैया तिरेर रिक्सामा भैरहवा देखि बुटवल सम्मको यात्रा गरेका छन । पश्चिम नेपाल बस व्यवसायी संघले बुटवल देखि भैरहवाको भाडा ४५ रुपैया लिने गरेको छ । 
सरकरले लक्षतबर्ग संमन्वय समितिको खारेज गरिदिएको विरोधमा आह्वान गरिएको बन्दको कारण उनीहरु बन्दको मारमा  परेका हुन् । गाउमा आमा विरामी भएको खबर पाएपछि होटलको जागिर छोडेर आर्चायका दुई भाई  अर्घाखा“चीको लागि आएका थिए । तर रुपन्देहीको बेलहिया नाका सम्म बसमा आएका उनीहरु रुपन्देही बन्दको कारण रिक्सामा आउन वाध्य भएका हुन् ।‘सुनौली सम्म आउदा बन्द भन्ने थाहा भएन दुःख पाइयो ।’ दिउसो करिव २ बजे बुटवलको बसपार्क नजिकै भेटिएका हरि प्रसाद आचार्यले उनले भने–‘बन्दको कारण साह्ै दुःख पाइयो ।’ उनले थपे–‘साझ सम्मको लागि घरमा पुग्नपाए विरामी आमाको मुख हेर्न पाउथ्यौ तै भएर रिक्सा गरेर आएको ।
 यी उदाहरण मात्र हुन । सोमवार लक्ष्तिबर्ग संमन्वय समिति अन्र्तगतका अपाङ्गता जिल्ला संमन्वय समिति, आदिवासी जनजाती जिल्ला संमन्वय समिति, महिला जिल्ला संमन्वय समिति, दलित बर्ग उत्थान जिल्ला संमन्वय समितिको  संयुक्त आह्वानमा रुपन्देही बन्दको आह्वान गरिएको हो । 
बन्दको कारण परिक्षा प्रभावित
सोमवारको रुपन्देही बन्दको कारण त्रिभुवन विश्व विद्यालय अन्र्तगत स्नातक तह दोस्रो बर्षको विविएसको परिक्षा दिनको लागि विद्यार्थीहरुले सास्ती व्यहोर्नु परेको छ । बुटवल बहुमुखी परिक्षा केन्द्रमा परिक्षा दिनको लागि आउने विद्यार्थीहरुले सास्ती खेप्नु परेको छ । दिउसो एक बजेबाट सुरु हुने परिक्षाको लागि कयौ विद्यार्थीहरु पैदलनै परिक्षा केन्द्रका पुगेका थिए भने कुनै कुनै महङ्गो रिक्सा भाडा तिरेर परिक्षा केन्द्रमा पुगेका थिए । सार्वजनिक सवारीसाधनहरु नचल्दा टाढाबाट आउने विद्यार्थीहरु नआउदा परिक्षा दिनबाट समेत बञ्चित भएका छन । त्यस्तै, राष्ट्रिय नीजि तथा आवाशीय विद्यालय अर्गनाईजेसन एशोसियसन (एनप्याब्सन) रुपन्देहीको प्रथम त्रैमासिक परिक्षा प्रभावित भएको छ । भने पुर्वी क्षेत्र विद्यालय एशोसियनले सोमवारको परिक्षा अन्तीम दिन सञ्चालन गर्ने गरी स्थगीत गरेको छ । 
बन्दको कारण विहान देखि शैक्षिक संस्था, कलकारखाना, उद्योग धन्दा कलकारखानाहरु चलेका थिईनन् । जसको कारण उद्योग व्यवाय प्रभावित भएको थियो । सार्वजानिक सवारीसाधानहरु सञ्चालन नहुदा सार्वसाधारणहरुले सास्ती खेप्नु परेको थियो । बन्द सोमवार साझ“बाट खुलेको थियो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै