अव बुटवलबाट कम्पनी दर्ता उद्योगीलाई काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य

कृष्ण खनाल
बुटवल, २७ चैत ।
गत चैत ११ गते बुटवल उद्योग बाणिज्य संघ बुटवलको कायालयबाट ‘सुनौलो विहान ईन्भेष्मेन्ट कम्पनी लिमेटेड’ नेपाल सरकार कम्पनी रजिष्ट्रिार कार्यालय काठमाण्डौमा दर्ता भयो ।
कम्पनी दर्ता मात्र भएन, दर्ता भएको प्रमाण पत्र समेत तत्काल  सञ्चालकले हाता पारे । उक्त कार्यको लागि कम्पनीका सञ्चालकले नतकुनै कानुनी व्यवसायीलाई गुहार्नु प¥यो, न काठमाण्डौ नै जानु पर्ने झन्झट ।   मोफसलमै कम्पनी दर्ता गरी प्रमाणपत्र को  दिने  सहज व्यवस्था मिलाएको थियो बुटवल उद्योग बाणिज्य संघ बुटवलले । 
 वि.स.२०७० साल पुस १२ गते  नेपाल सरकार र नेपाल उद्योग बाणिज्य महासंघका विचमा भएको सम्झौता अनुसार सोही मितिबाट बुटवल उद्योग बाणिज्य संघले समेत उक्त कामको सुरुवात गरेको भएपनि व्यवहारिक कार्यान्वयन हुन सकेको थिएन् । विभिन्न पुर्वाधार र जनशक्तिको
कारण उक्त कार्यको थालनी गर्न नसककेमा वि.स.२०७१  चैत ११ गते पहिलो उद्योग दर्ता भएको प्रमाण पत्र बुटवल उद्योग बाणिज्य  संघले उद्योगीलाई हस्तानान्तरण गर्न सफल भयो ।  एउटा  मात्र प्रमाण पत्र होईन, यस क्षेत्रका नयाँ उद्योगीहरुले कुनै पनि उद्योग, संघ संस्था दर्ता गर्नको लागि अव काठमाण्डौ नै धानुपर्ने छैन । जसको  लागि बुटवल उद्योग बाणिज्य संघमा गएर मात्र पुग्छ । 
कुनै पनि उद्योगीले कम्पनी वा उद्योग, संघ संस्था वा व्यववायीक फर्म विना दर्ता सञ्चालन गर्न पाईदैन  बैधानिक रुपमा उद्योग, कम्पनी, संघ–संस्था वा व्यवसायीक फर्म  सञ्चालनको लागि नेपाल सरकार उद्योग मन्त्रालय अन्र्तगतको कम्पनी रजिष्टार कार्यालयमा दर्ता गर्नु पर्दछ ।
यसको लागि उद्योगीहरु कम्पनी रजिष्ट्रटार कार्यालयमा  राजधानी धानुपर्ने बाध्याता रहेको छ  । केही समय पहिला नेपाल सरकारले अनलाईन कम्पनी दर्ता प्रक्रिया  सुरु गरेको भएपनि  अन्तिम प्रमाण पत्रको लागि काठमाण्डौमा नै जानु पर्ने बाध्यता अहिले पनि छ । 
जुनकामको लागि काठमाण्डौ जाने, नयाँ वलिक नियुक्ती गर्ने, उनीसंग सल्लाह लिने र कम्पनी दर्ता  गर्ने प्रोसेसमा लाग्ने हो भने उद्योगीहरुको समय मात्र होईन थुप्रै आर्थिक भार समेत व्यहोर्नु पर्दछ । करिव ३ देखि ४ दिन सम्मको काठमाण्डौको बसाई र प्रशासिनिक खर्च गरी करिव १५ हजार जती उद्योगी व्यवसायीको खर्च हुने गर्द छ । 
बुटवल  उद्योग बाणिज्य संघ बुटवलका महासचिव हरि प्रसाद आर्यालय भन्छन्–‘केही थोरै मात्र सेवा शुल्क लिएर हामीले उद्योगीको उद्योग दर्ता यहिबाट नै गर्ने गरेका छौ  ।’ उनी थप्छन–‘जसको कारण उद्योगी व्यवसायीहरु राजधानी जानुपर्ने बाध्याताको अन्तय भएको छ भने त्यहा हुने प्रशासनिक झनझटबाट समेत उद्योगी  साथीहरुले राहत पाउनुहुन्छ  ।’
उद्योग बाणिज्य संघले मात्र ६ हजार रुपँैया सेवा शुल्कमा यो सेवा प्रदान  गर्दै आएको छ । जुन वलिकको सेवा खर्च र रजिष्ट्रार कार्यालयमा बुझाउनु पर्ने दस्तुर समेत समावेस गरिएको छ । तर सोही कामको लागिराजधानी धानउनु पर्दा करिव १५ हजार रुपैया भन्दै बढि खर्च  लाग्न सक्ने बताएको छ ।
 बुटवलउवासंघका महासचिव अर्याल भन्छन्–‘उद्योगी व्यवसायीहरुको लागि यो ठुलो राहात हो, समयमको बचत हुनुको साथै आर्थिक समेत बचत हुन्छ, हामीले व्यवसायीहरुको हितको लागि यो कामको सुरुवात गरेका हौ ।’ 
उनले प्यान, भ्याटमा समेत  उद्योग दर्ता गर्नको लागि पहिलादेखि नै संघले नियुक्ति गरेको वलिकबाट परामर्स लिएर सेवा प्रदान गर्ने गरेको जानकारी दिए ।  यहि चैत महिनामा मात्र काम सुरु गरिएको एउटा उद्योगको  प्रमाण पत्र हस्तान्तरण गरिसकिएको छ भने  ४ वटा उद्योग दर्ता प्रक्रियामा रहेका छन् । 
यसरी उद्योग दर्ता गर्दा केही  साना अफठरा समेत रहेको उद्योग बाणिज्य संघले जनाएको छ । अनलाईन प्रक्रियाबाट उद्योग, कम्पनी, संघ संस्था दर्ता हुने भएको कारण  काठमाण्डौमा रहेका कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरुले समयमा नै उत्तरदायि नहुदा केही प्रक्रिया ढिला हुने गरेको गुनासो उद्योगीहरुको रहेको छ । 
कम्पनी दर्ता गर्दा कुनै कुनै कुरा पुनः शंसोधन गर्नुपर्ने हुन्छ, कुन कुरा के–के कसरी संसोधन गर्नुपर्ने र ठिक वा वेठिक भन्ने  कुरा कम्पनी रजिष्ट्रार कार्यालयका कर्मचारीहरुले समयमा नै जानकारी नदिनेगरेको कारण केही समस्या भएको पाइएको छ । 
सरकारले अनलाइनबाट नै कम्पनी दर्ता गर्न सक्ने भनेर ल्याएको जततउस्ररधधध।यअच।नयख।लउर   वेभ साईट सञ्चलनमा ल्याएको छ । तर उक्त वेभसाईडबाट लिंक गरिएका अनुरोधहरु समयमा नै उत्तरदायि नहुँदा  समस्या आउने गरेको पाइएको छ । नेपाल सरकार उद्योग मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी ऐन–२०६३ ल्याएको  थियो । २०६९ असोज २७ गते ‘नेपाल सरकारले प्रदान गर्ने सेवामा सेवा ग्राहिको पहुँच विस्तार गर्ने रणनिती’ अनुसार अनलाईन कम्पनी दर्ता गर्ने प्रक्रियाको सुरुवात गरेको थियो । 
‘घरमै बसीबसी कम्प्युटरको अगाडी नै कम्पनी दर्ता गर्न सकिने’ भन्दै ल्याइएको अनलाईन कम्पनी दर्ता प्रक्रिया सबै कम्प्युटर प्रणालीबाट नै हुने भएपनि अन्तिमदर्ता (फाईनल प्रोसेसिङ्ग) को लागि काठमाण्डौ नैै जानुपर्ने बाध्याता उद्योगी व्यवसायीहरुको रहेको थियो । तर बुटवल उद्योग बाणिज्य संघले यसको झन्झट समेत अन्त्य  गरिएदिएको छ । 


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै