जुत्ता मेला–२०७१ : स्वदेशी उत्पादनमा उपभोक्ताको चासो


कृष्ण खनाल
बुटवल, ६ बैशाख ।
 रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ शंकरनगरकी शरिता गिरी बुटवल उद्योग बाणिज्य संघकोहलमा जारी जुत्ता मेलामा स्यान्डील छान्दै थिईन् । उनी संगै बहिनी, आमापनि थिईन् । विगतका दिनमा भारतिय स्यान्डील, जुत्ता लगाउने गरेकी उनीले भन्दैथिईन्–‘नेपाली  स्यान्डील र जुत्ता पनि भारतिय भन्दा के कमी रहेछ र ? ’ उनले थपिन्–‘देख्दा क्वालीटी राम्रो छ , अरु कुरा लगाएर थाहा होला । ’ उनको सबै परिवार ले अफ्नो परिवारमा चाहिने जुत्ता र किचनमा प्रयोग हुने चप्पल समेत किने । 

butwal today, 2072, 01, 06 
गुल्मी जिल्लाको शान्तीपुर घर भई अहिले बुटवल बहुमुखी क्याम्पमा स्नातह तक तेस्रो बर्षमा पढ्दै गरेका बसन्त भुषाल ले पनि अर्को स्टलमा क्याम्पस पोशाकमा लागउनुपर्ने ल्यादरको जुत्ता किन्दै थिए । जुत्ता किनेपछि प्रतिक्रिया दिदै उनले भने–‘क्वालीटी राम्रै छ, अन्य भन्दा पनि सस्तो छ ।’
यो आईतबार बुटवलमा जारी जुत्ता मेलाका किनमेलका लागि आएका केही प्रतिनिधी उदाहरण मात्र हुन । गत बैशाख ३ गते देखि नेपाल युवा उद्यमी मञ्चको आयोजनामा बुटवलमा जारी जुत्ता चप्पल मेलामा आईतबार सम्म करिव ७  हजार ले मेलाको अवलोकन गरेका छन् भने सोही अनुपातमा कारोबार समेत भएको छ । 

 ‘नेपाली उत्पादन, हाम्रो गौरभ’ भन्ने मूल नाराका साथ स्वदेशी जुत्ता चप्पलको बजार विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले मेला आयोजना गरिएको सोही अनुसार नै आफुहरु सफल भएको मेला आयोजक समितिका संयोजक सुमोधमान सैजुले जानकारी दिए ।  एक साता सम्म चल्ने मेलामा ३० हजार जोर जुत्ता चप्पल बिक्री गर्ने लक्ष्य लिइएकाको लक्ष्य पुरा हुनेमा आयोजक ढुक्क छन् । 
मेलामा नेपालमा उत्पादित कोशेली, फिटराइट, शिखर, डियर हिल, रनसुज, म्याजिक कम्पनीको जुत्ता चप्पल रहेका छन् ।  मेला आयोजक समितिका निर्देशक आनन्दप्रसाद ओझाले आकर्षक एवं गुणस्तरीय अफिसियल जुत्ता, स्पोर्टस, जुत्ता, बुटहरु, स्कूल तथा कलेजका पोशामा लगाउने जुत्ता र लेडिज र  जेन्सका लागि  आर्कष र स्तरिय स्याडीलहरु  समेत सुपथ मुल्यमा राखिएको छ ।
उनले नेपालका प्रमुख चचिर्च ब्राण्डका जुत्ता तथा चप्पलहरुलाई स्थापित र विदेशी उत्पादनलाई  क्रमस विस्थापित गर्न मुल उदेश्यका साथ  मेला आयोजना गरिएको सयोजक सैंजुले  जानकारी दिए । उनले भने–‘स्वदेश उत्पादन पनि विदेशी भन्दा कमी छैनन् कुरा उपभोक्ताहरुले मेला अवलोकन  गरी खरिद गरेर प्रमाणीत गर्नुभएको छ ।’ उनले मेला आयोजना भन्दा पहिला काठमाण्डौका केही जुत्ता चप्पल कम्पनीहरु मेलामा आउन नमानेको र अहिले कारोवार उत्कृष्ठ भएपछि हौसिएको जानकारी दिए । 
उनले पहिलो पटक आयोजना गरिएको मेलाले आगामी दिनमा पनि मेला आयोजना गर्नको लागि थप हौसला प्रदान गरेको जानकारी दिए । उनले थपे–‘यो मेला आयोजना पछि हामीलाई  थप हौसला प्रदान गरेको छ, आगामी  दिनमा हामीले मेलालाई निरन्तरता दिन चाहान्छौं ।’

मेला संरक्षकको रुपमा रहेको बुटवल उद्योग वाणिज्य संघका महासचिव हरिप्रसाद अर्याल ले बुटवल उद्योग बाणिज्य संघ आगामी दिनमा विशिष्टीकृत मेला आयोजना गर्न सक्षम छ भन्ने कुरा जुत्ता, मेला कृर्षि मेला लगायतले प्रमाणीत गरेको बताउँछन् । उनी भन्छन्–‘आगामी दिनम पनि यस्तै प्रकारको विशिष्टकृत मेला  आयोजना गुर्न आवश्यक रहेको छ ।’ उनले थपे–‘आगामी दिनमा कृर्षि मेला, अटो मेला लगायतका विशिष्टीकृत सामानहरुको मेला आयोजनाको लागि पहल जारी रहने छ ।’ 
जुत्ता मेलाको सहयोगी संस्थाका रुपमा फुटवेयर म्यानुफ्याक्चर्स एशोसियसन अफ् नेपाल काठमाडौं रहेको छ । वैशाख ८ गते सम्म चल्ने मेलामा ५० लाखको कारोवार गर्ने आयोजकको लक्ष्य लिएका छन् । उन लक्ष्यको नजिक पुगेको आयोजक ले  जनाएका छन् । 

मेला अवलोकनका लागि १० रुपैया“को टिकटको व्यवस्था गरिएको छ  । हरेक विद्यालयबाट पत्र लिएर मेला अवलोकनका लागि आउने विद्यार्थीहरुलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । एक तथ्यांक अनुसार नेपालमा ९० वटा जुत्ता चप्पल  कम्पनी छन् । ती मध्ये ७६ वटा काडमाडौंमा मात्रै रहेका छन् भने रुपन्देहीमा ३ वटा रहेको बताइएको छ । मेलामा दुई सय रुपैया“देखि दुई हजार भन्दा बढी मूल्यका जुत्ता चप्पल विशेष छुटका साथ बिक्री भईरहेका छन् ।  जुत्ता चप्पल खरिदमा मेला अवधिभर १५ देखि २० प्रतिशत छुटको समेत व्यवस्था छ । नेपालमा उत्पादित कोशेली, फिटराइट, शिखर, डियर, हिल, रनसुज, म्याजिक कम्पनीको जुत्ता चप्पल मेलामा रहेका छन् ।
तस्वीर छ 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै