रुपन्देहीमा मानव अधिकार उलंघनका उजुरी बढ्दो


2071/12/19 मा प्रकाशित

बुटवल, १९ चैत
गएको ६ महिनाको तथ्यांक अनुसार ईलाका प्रहरी कर्यालय बुटवलमा १८ वटा बलत्कारका उजुरी दर्ता भएका छन् । जसमा जवरजस्ती करणीका ११ जटा र जवरजस्ती करण उद्योेगमा ७ वटा उजुरी दर्ता भएका छन् । जस मध्ये अधिकांस उजुरीहरु कानुनी प्रक्रिया अनुसार अगाडी बढिसकेका छन् । सोही अवधिमा ४० वटा महिला हिंसा अन्र्तगतका उजुरी दर्ता भएका छन् जसमध्ये ३३ वटा कानुनी प्रक्रियामा आगाडी बढेका छन् भने ७ वटा उजुरी मिलापत्रमा टुङ्गाएको छ ।
यो ईलाका प्रहरी कर्यालय बुटवलको मात्र तथ्यांक हो । रुपन्देही जिल्लमा विभिन्न स्थानरुमा रहेका ईलाका प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयमा समेत यसरी घटनाको उजुरी दिने क्रम विस्तारै बढ्दै गएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दिलिप घिमिरेका अनुसार सो अवधिमा बहुविवाहका ३ वटा मुद्धा कानुनी प्रक्रिया अन्र्तगत अदालतमा पेश भएका छन् ।
पछिल्लो समयमा समाज विस्तारै अराजतकतर्फ बढ्दै जाँदा मानव अधिकार उलंघन र सामाजिक अवराध बढ्दै गएको मानवअधिकार कर्मीहरुको भनाई रहेको छ । यस क्षेत्रमा लामो समय देखि कार्यरत रहेको अनौपचारिक सेवा केन्द्र (ईन्सक) रुपन्देही प्रतिनिधी अमृती गिरीका अनुसार रुपन्देही जिल्लामा गएको तिन महिनामा यौन जन्य घटनाहरु बढेका छन् । उनका अनुसार ११ वटा घटनामध्ये ७ वटा घटना बलत्कारका घटना रहेका छन् ।
राष्ट्रिय मानव अधिकार आयोग उप क्षेत्रीय कार्यालय बुटवलका अधिकृत चन्द्रकान्त चापार्गाईका अनुसार बाहिर वातावरणमा आएका घटनाहरु भन्दा पनि बाल मजदुर लगायतका गौड मानव अधिकारका घटनाहरु बढि रहेका छन् । उनी भन्छन्–‘विशिष्टीकृत घटनाहरुको बारेमा छुट्टै छलफल र विश्लेषण गर्नु आवश्यकता हो ।’ बलत्कार, महिला हिंसाका घटना संगै जातिय विभेद, अन्तरजातिय विवाह लागाएका कुराहरु प्नि धेरै रहेको र जुन समाजमा बाहिर खुल्न नसकेको उनको भनाई रहेको छ । मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय सचिव गोविन्द खनालका अनुसार पछिल्लो समयमा दण्डहितनताले प्रशय पाउदा मानव अधिकार उलघंनका घटनाहरु बढ्दै गएको बताउछन् । उनी भन्छन्–‘राजनीतितक दलका केही नीहित व्याक्तिहरुको संरक्षणका कारण नेपालमा मानव अधिकार उलंघनका घटना र दण्ड हिनता मौलाउदै गएको छ ।’
यता, जवाफदेहिता निगरानी समुह लुम्बिनीका संयोजक महेन्द्र पाण्डेले पछिल्लो समयमा मानव अधिकार उलंघनका घटनाहरु बढ्दै गएपनि मिलापत्र गरिएका कुराहरु बाहिर आउन सकेका छैनन् । जसले गर्दा पनि केही हदसम्म मानव अधिकार उलंघनाका घटना कमी रहेका छन् । उनी भन्छन्–‘घटनाको बास्तविक अनुसन्धान गरेर मात्र दोषी उपर कारवाही गर्नु पर्दछ ।’
महिला मानव अधिकार रक्षक सञ्चाल रुपन्देहीकी संयोजक थानकुमारी थापाले मीलेमातोको नाममा कुनै पनि घटनलाई टुङ्गाउने प्रवृतीको कारण पछि पीडीतले थप पिडा सहुनुपर्ने अवस्था रहेको छ । उनी भन्छीन्–‘पैसाको खेलमा मिलेमतोमा कुनै पनि घटनाहरुलाई टुङ्गाउदा यस्को दिर्घकालिन असरको बारेमा समेत ख्याल गर्नु आवश्यक छ ।’ दलित महिला संघ रुपन्देहीकी अध्यक्ष मनु विश्वकर्माले दलित र गैर दलितको विचमा २१ औ शताब्दी आउदा समेत विभेद जारी रहेको भन्दै दलित महिलाहलरुको पिडा सुनुवाईमा कसैले चासो नदिएको बताउछिन् । उनी भन्छीन–‘दलितम महिलाहरु मथि भएको कयौ घटनाहरुको निस्पक्ष छानविन भएको छैन, भने कयौ स्थानमा मुद्धा समेत दर्ता गर्न सम्बन्धीत निकायले मान्दैनन् ।’
यता, ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएस्पी दिलीप घिमिरेले कुनै पनि घटनाको विस्तृत अनुसन्धान गर्ननै नदिई आउने दबाबको कारण आफुहरुलाई केही समस्या हुने गरेको बताउछन् । उनी भन्छन्–‘थुपै कानुनी कठिनाईका विचमा हामी अनुसन्धान जारी राख्छौ तर विचम विचमा आउने डेलीकेसन, धर्ना र जुलुसको कारण कार्यमा थप प्रभाव पार्दछ , यसमा सबै सचेत हुन आवश्यक छ ।’
यता, नेपाली कांग्रेसका केन्द्रीय महासमिति सदस्य युवराज गिरी र एनेकपा माओवादी सचिवालय सदस्य कृष्ण पोखरेलले राजनीतिक दलहरुको कारण नै मानव अधिकार उलंघटना घटना बढेको र दण्ड हनिता मौलाएको भन्ने कुरा ठिक नभएको बताउछन् । उनीहरुले यसको लागि सबै दोषी भएको र सबैको सहकार्य र एकता भएमा अवश्यक पनि मानवअधिकार उलंघनका घटनामा कमी आउने बताए ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै