उद्योगीहरुद्वारा विद्युतमा धर्ना, प्राधिकरण भन्छ–‘वेतुकको आन्दोलन’

कृष्ण खनाल
बुटवल, ८ बैशाख । 
गत सोमबार बाट नेपाल विद्युत प्राधिकरण बुट
वल वितरण शाखामा बुटवल औद्योगीक क्षेत्र उद्योग संघको नेतृत्वमा भएको तिन दिने धर्ना कार्यक्रमलाई नेपाल विद्युत प्राधिकरणले ‘अर्थहिन आन्दोलन’को संघा दिएको छ ।
नेपाल सरकार औद्योगीक नितीमा नै उल्लेख नभएको माग ‘औद्योगीक क्षेत्र लोडसेर्डिङ्ग मुक्त बनाउनुपर्ने’ भन्दै गत सोमबार आधा घण्टा, मंगलबार १ घण्टा लालटिन सहित उद्योगीहरुले नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखामा धर्ना दिदै आएका छन् ।  बुधवार पनि २ घण्टा धर्ना कार्यक्रम रहेको औद्योगी क्षेत्र उद्योग संघका अध्यक्ष रामप्रसाद बस्याल बताउछन् । 
नेपालको औद्योगीक नितीमा  औद्योगीक क्षेत्रका उद्योगहरुलाई लोड सेर्डिङ्ग मुक्त बनाउने भन्ने उल्लेख गरिएको छैन तर  बुटवल औद्योगीक क्षेत्र उद्योग संघका उद्योगीहरुले  प्राधिकरणको वितरण शाखामा धर्ना कार्यक्रम गर्नुलाई ‘बेतुकको आन्दोलन’को संघा दिएको छ ।
केन्द्रीय स्तरमा नेपाल सरकारलाई दबाब मुलक कार्यक्रम गरी देशभरका औद्योगीक क्षेत्रलाई लोडसेर्डिङ्ग मुक्त बनाउन तर्फ पहल गर्नुको साटो स्थानिय स्तरमा धर्ना कार्यक्रम गर्नुको कुनै  अर्थ नभएको नेपाल  विद्युत  प्राधिरण बुटवल वितरण शाखा प्रमुख उमेश कुमार झा बताउछन् । 
उनी भन्छन्–‘केन्द्रीय स्तरमा लोडसेर्डिङ्ग मुक्त औद्योगीक क्षेत्र बनाउनको लागि पहल गर्नुपर्नेहो, हामीलाई माथिबाट नै निर्देशन आउनु प¥यो, नितीगत रुपमा नै औद्योगीक क्षेत्रका उद्योगहरुलाई लोसेर्डिङ्ग मुक्त बनाउनु भनेर निर्देशन आउनको दिन देखि नै लागु  गर्दछौं ।’ 
एउटा सामान्य शाखा कार्यालयमा धर्ना दिँदा केन्द्रसम्म यसको प्रभाव पर्छ भन्ने कुरामा उद्योगीहरुले एक पटक सोच्नु पर्ने उनको धारणा रहेको छ । उनी भन्छन्–‘उद्योगीहरु भनेको बौद्धिक व्याक्तित्वहरु हो , समस्या केन्द्रबाट छ, स्थानियमा धर्ना जुलुस गरेर केही हुदैन ।’ उनी थप्छन्–‘यसको लागि केन्द्रमा नै उद्योगीहरु गएर ध्यानाकर्षण गराउनु पर्दछ र नेपाल सरकारलाई लोडसेर्डिङ्ग मुक्त निती ल्याउन दबाब दिनु पर्दछ ।’ 
उनले  प्रत्येक दिन हुने  धर्नाको कारण कारण उल्टै कार्यालयमा आउने सेवा ग्राहीको प्रभावित हुने भएकोले केन्द्रीय स्तरमा नै यस्तो प्रकारको कार्यक्रम गर्न सुझाव दिए । 
नेपाल विद्युत प्राधिकरण बुटवल वितरण शाखा बुटवलका प्रमुख झाका अनुसार उद्योगीहरुले भनेको‘कृत्रिम लोडसेडिङ्ग’ भन्ने कुरा नै हुदैन । 
प्राधिकरण कार्यलय बुटवलका अनुसार  सरकारले निर्धारण गरे अनुसार उद्योगीहरुलाई विद्युत उपलब्ध गराउदै आएको जनाएको छ ।  प्राधिकरण  शाखा प्रमुख भन्छन्–‘सरकारको लाहान देखि कोहलपुर सम्म रहेका ४ औद्योगिक क्षेत्रमा एकै प्रकारको लोडसेडिङ भएकाले बुटवललाई पाखा, अन्य औद्योगिक  क्षेत्रलाई काख गरिएको छैन ।’
यता,  धर्नाको नेतृत्व गरेको बुटवल औद्योगीक क्षेत्र उद्योग संघका अध्यक्ष रामप्रसाद बस्याल ले उद्योगहरु लोडसेर्डिङ्ग मुक्त बनाउनको लागि, परिसंघ, महासंघ संगै केन्द्रमा दवाब दिने कार्यक्रम जारी रहेको बताउँछन् । उनी भन्छन्–‘हामी  यहा धर्ना मात्र दिएका छैनौं केन्द्रमा पनि पहल भएको छ , यो सांकेतिक धर्ना हो, उद्योग मन्त्री नेपाल आएपछि यसको विषयमा छलफल अगाडी बढ्ने छ ।’
स्थानिय स्तरमा धर्ना जुलुस गर्नुभन्दा केन्द्रमा नै सार्थक दबाब दिएर औद्योगीक क्षेत्र लोडसेर्डिङ्ग मुक्त बनाउने तर्फ किन उद्योगीहरुको ध्यान जान सकेन ? भन्ने बुटवल टुडेकर्मीको प्रश्नमा बस्यालले भने–‘होईन हामी केन्द्रमा पनि पहल गरेका छौ, यो हाम्रो रहर होईन बाध्याता हो ।’ 
उद्योगीहरुले औद्योगीक क्षेत्रमा अन्य क्षेत्र भन्दा कम समय विद्युत दिएको भन्ने  आरोपमा नेपाल विद्युत प्राधिकरणले ठाडौ अस्वीकार गरेको छ । प्राधिकरणका अनुसार अहिले औद्योगिक क्षेत्रमा दैनिक १३ घण्टा  विद्युत दिइएका छ भने अन्य  औद्योगिक फिडरहरुलाई मात्र  ११ घण्टा विद्युत दिएको छ । 
उद्योगीहरुले औद्योगीक क्षेत्रमा अध्यारो भएर चोरीको विगविग बढेको भन्ने तर्कमा  प्राधिकरणले सहरलाई अध्यारो बनाएर उद्योगीहरुलाई विद्युत दिनु न्ययाय सम्मत नहुने बताएको छ । बुटवल औद्योगिक क्षेत्रमा उद्योगिहरुका अनुसार ५ सय केभिए  थप विद्युत आवश्यक रहेको जनाएका छन् । 
रात्री सिफ्ट सुरु
नेपाल विद्युत प्राधिकरणले रातको समयमा आउने प्राविधक समस्या समाधानको लागि  गत शनिवार देखि रात्री सिफ्ट सिस्टम सुरु गरेको छ । रातको समयमा  विद्युतको फिडरमा हुने समस्याको कारण लोडसेर्डिङ्ग नहोस भन्ने उदेश्यका साथ रात्री सिफ्टको सुरुवात गरिएको  प्राधिकरण बुटवल वितरण शाखाले जानकाएको छ । प्राधिकरणका अनुसार कुनै पनि स्थानमा रातको समयमा टान्सर्फर वा तार चुटेर हुने समस्यालाई साधान गर्नको लागि  उक्त  सिफ्ट सुरु गरिएको हो । 
ण्ण्ण्ण्ण्ण्ण्ण्

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै