फिचर समाचार : अपाङ्गताले छेकेनःमहिला उद्यमीलाई


कृष्ण खनाल
बुटवल,  २ ६ चैत ।   
प्रवेशिका परिक्षा दिँदाको दिन सम्म उनीमा कुनै समस्या थिएन् ।  प्रवेशिका परिक्षा दिँदा २०४९ सालमा प्रवेशिका परिक्षा दिदै गर्दा उनले ज्यामितिमा सोधिएका प्रश्नको धर्सा चिन्न सकिनन् । त्यसपछि उनको आँखामा समस्या सुरु भएको । पर्वत जिल्लाको ठुलिपोखरी


गाविस–१ मा जन्मीएकी कुमारी शर्माले तत्काल आँखाको उपपचार गराउन पाईनन् ।  जसको कारण उनको   दृष्टि गुम्यो । विवाह बन्धनमा बाधिँएपछि उनी न्युन दृष्टिविहिन बनेकी थिईन । अहिले रुपन्देहीको तिलोत्तमा नगरपालिका–२० कोटिहवा मोहनपुरमा बस्दै आएकी  उनै  न्युनदृष्टिविहिन कुमारी अहिले घरमा दरिलो आर्थिक खम्बाको रुपमा उभिएकी छिन् । 

 ४ बर्ष पहिला नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देही नामक गैरसरकारी संस्थाबाट २ हजार ५ सय रुपैया ऋण लिएर शर्माले अगरवत्ती उत्पादन गर्न थालिकी थिईन् ।  सुरुमा २ हजार ५ सयबाट सुरु भएको उनको व्यवसायमा अहिले स्थीरपुँजी करिव ५० हजारको रहेको छ । 
सिजनको बेला २५ देखि ३० हजार सम्म आम्दानी गर्ने गरेको बताउने उनी भन्छीन्–‘दृष्टिविहिनरुले समाजमा केही  गर्न सक्दैनन् समाजको बोझमात्र बन्छन् भन्ने कुरालाई  पनि राम्रो सन्देश दिएको छ की ।’
उनको व्यवसयामा श्रीमान् भिमकान्त शर्माले सघाउदै आएका छन् । कक्षा १० मा पढ्ने उनको छोराले समेत उनको अगरवत्ती बनाउने, प्याकिङ्ग गर्ने काममा सघाउने गरेको छ । घरमा उत्पादन भएको अगरवत्ती बजार सम्म पुराउनको लागि  श्रीमानले सहयोग गर्दै आएका छन् । 
उनी जस्तै रुपन्देहीको सालझण्डी गाविस–१ झिमझिमेकी ३६ बर्षिय कमला राना पुर्ण दृष्टिविहिन हुन । चितवनको माडीमा विवाह भएकी उनको एक छोरी समेत  रहेकी छिन् । छोरीलाई पठनपाठन गराउनको लागि तथा घर खर्च चलाउनको लागि बाँसको मुढा बनाउने तालिम लिएर उनी अहिले माईत(रुपन्देही)मा व्यवसायीक रुपमा बाँसको मुडा बनाउने गर्दछिन् । महिनामा २७ वटा सम्म बाँसको मुडा तयार गर्ने बताउने रानाले १२ हजार देखि १५ हजार  सम्म आम्दानी गर्दद्धिन्  । 

‘म आँखा देख्दिीन, घरमा बाँस ल्याईदिने काम बाबा आमाले गरिदिनुहुन्छ, दिनभर बाँस ताछ्ने र मुढा बुन्ने काम आफै गर्दै आएकी छु ।’– उनी भन्छीन् । 
करिव ५ बर्ष पहिला चितवनको एक गैरसरकारी संस्थाले तालिम प्रदान गरेको र सोही अनुसार नै आफुले  बाँसको मुढा बनाउने गरेको उनको भनाई रहेको छ । मुढा बनाउनुको अलवा उनले बंगुर समेत पालन गरेकी छिन् । जसबाट राम्रो आम्दानी हुने उनको भनाई रहेको छ । उनका श्रीमान् समेत पुण दृष्टिविहिन हुन् । उनले समेत कहिलेकाही मुढा बनाउने काममा समेत सहयोग गर्दै आएका छन् । 
उनी जस्तै शररिक रुपमा अपाङ्गता भएकी रुपन्देहीको सालझण्डी गाविस कलौनीकी स्वतिका खनालले पनि   सिलाई कटाई व्यवसायबाट राम्रो आम्दानी गरेकी छिन् । पोलियोकारण सररिक अपाङ्गता भएकी उनले कलौनीकै एक गैरसरकारी संस्थाले आयोजना गरेको सिलाईकटाई तालिम मार्फत आफु आत्मनिर्भर भनेको बताउछिन् । घरमै सिलाई मेसिनराखेर कपडा सिलाउदै आएको बताउने उनले मासिक रुपमा १० हजार रुपैया सम्म आम्दानी गर्ने गरेको बताउछिन् । उनी भन्छीन्–‘सिलाईकटाई पछि आत्मनिर्भर भएको जस्तो लागेको छ ।’‘भविश्यमा व्यवसायीक रुपमा पसल  सञ्चालन गर्ने योजना बनाएको उनको भनाई रहेको छ । 
यता, रुपन्देहीमै अपाङ्गता भएकी महिलामा उदारणीय बनेकी छिन् डम्बरकुमारी पुन । बुटवल उपमहानगर पालिका–१२ मा रहेको कालिका उच्च माविकी सहयाक प्राचार्य समेत रहेकी पुनले मावि स्तर सम्म विज्ञान विषय शिक्षण गर्दै आएकी छिन् । विज्ञान विषयमा एमएस्सी उर्तिण गरेकी उनलाई स्थानिय तथा राष्ट्रिय स्तरबाट समेत विभिन्न संघ संस्थाहरुले सम्मान समेत गरेका थिए । उनी भन्छन्–‘अपाङ्गता भएर कुनै पनि असर हुदैन्, आफु भित्र भएको प्रतिभालाई वाहिर ल्याउन सकेमा साच्चै नै समाजमा  उदाहरणीय काम गर्न सक्छन् ।’ यसको लागि उचित अवसर प्रदान गर्नुपर्ने उनको धारणा रहेको छ । 
रुपन्देहीको साविक दुधराक्ष गाविस हाल सैनामैना नगरपालिका–४ की कल्पना ढकाल शररिक अपाङ्गता भएकी महिला हुन । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय कमिटि सह सचिव रहेकी ढकाल शिक्षण पेशामा लागेकी छिन् । सालझण्डी  माविमा प्रावि स्तरमा शिक्षण गर्दै आएकी ढकालले उचित अवसर र शिक्षा दिक्षा पाएमा अपाङ्गता भएका महिला वा पुरुष जो कोही पनि सक्षम हुन सक्ने धारणा राखिन्छन् । उनी भन्छन्–‘सुगम जिल्ला भनेपनि रुपन्देहीमा अझै पनि अपाङ्गता भएका महिलालाई घरबाहिर निस्कने समेत नदिएको पाईन्छ , तर उनीहरुले उचित शिक्षा  प्राप्त गर्न सकेमा समाजको लागि  उदाहरणीय कार्य गर्न सक्छन् ।’ 
रुपन्देही जिल्लामा अहिले ५ हजार ९ सय ९१ जना  अपाङ्गता भएका व्याक्तिहरु रहेका छन ।  जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको यथार्थ तथ्यांक नभएपनि  आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा  ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्याक्तिहरु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । 
रुपन्देहीमा रुपन्देही नेत्रहिन  संघ र नेत्रहिन पुर्नस्थापना कार्यक्रमले रुपन्देहीले संकलन गरेको तथ्यांक अनुसार १० हजार ४८  जना दृष्टिविहिन तथा अल्प दृष्टिविहिन रहेको पाइएको छ । जिल्लामा २ हजार १ सय १ जना निको नै नहुने खालको दृष्टिविहिन रहेका छन् ।  महिला तथा बालबालिका कार्यालय रुपन्देहीको तथ्याङक सारिरिकरुपमा अशक्त ६ सय ६६जना, पुर्ण दृष्टिविहिन ७२ जना, न्युन दृष्टिविहिन ६६ जना, बहिरा १ सय २ जना, सुस्त श्रवण १२ जना, वोलाई सम्बन्धी ३ जना, बौद्धिक अपाङगता ६८ जना, मानसिक अस्वथता १३ जना ‘अटिज्म ’१ जना र बहुअपाङ्गता  भएका व्याक्तिहरु संख्या १ सय ३ जना अपाङ्गता भएका व्याक्तिले अपाङ्गता परिचय पत्र लिएका छन् ।

तस्वीर विवरणः रुपन्देहीको तिलोत्तमा नगरपालिका–२० कोटिहवा मोहनपुरकी दृष्टिविहिन कुमारी शर्मा आफुले तयार पारेको अगरवत्ती देखाउदै ।  तस्वीरः कृष्ण खनाल/बुटवल 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै