उत्कृष्ट सामुदायिक विद्यालयमा विद्यार्थी थेग्नै गाह्रो


कृष्ण खनाल
बुटवल, ५ बैशाख ।
अहिले जिल्ला–जिल्लामा भर्ना अभियान जारी छ ।  विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गर्न अनुरोध सहित  विद्यालयका शिक्षक तथा विद्यालय यव्यवस्थापन  समितिका पदाधिकारीहरु घरदैलोमा रहेका छन् । कुनै विद्यालयमा विद्यार्थी अभावको कारण बन्द हुने अवस्थामा छन् भने कयौ विद्यालय मर्जरको प्रक्रियामा रहेका छन् । 
तर रुपन्देहीका केही उत्कृष्ठ सामुदायिक विद्यालयहरुमा विद्यार्थीहरु थेग्नै विद्यालयलाई अफठारो परेको छ । भर्नाको लागि केही निश्चित कोटा निर्धाण  गरेको भएपनि आवश्यक भन्दा तिन गुण बढि विद्यार्थीहरु भर्नाको लागि आएपछि विद्यालयहरुले प्रवेश परिक्षा(ईन्ट्रान्स )समेत सञ्चालन गरेका छन् । 
रुपन्देहीको उत्कृष्ठ सामुदायिक विद्यालयको पहिचान बनाएको कालिका उच्च माविमा शुक्रवार प्रवेश परिक्षामा ७ सय २९ जना विद्यार्थी उपस्थिती भएर प्रवेश परिक्षा दिएका छन् ।  विद्यालयले जम्मा ४ सय ३८ जना विद्यार्थीहरुलाई मात्र भर्ना गर्ने गरी संख्या निर्धारण गरेर प्रवेश परिक्षा लिएको छ । 


अंग्रेजी र नेपाली माध्यममा कक्षा नर्सरी देखि कक्षा ९ सम्म अप्राविधिक र प्राविधिक समेत गरी  निश्चित  संख्यामा विद्यार्थी भर्ना गर्ने जनाएको उक्त उच्च माविले प्रवेश परिक्षाको लागि एक साता देखि नै तयारी गर्नुपरेको जनाएको छ । 
उच्च माविका प्राचार्य घनश्याम पाठक भन्छन्–‘हामीले भर्ना लिन खोजेको भन्दा चार गुणा बढि विद्यार्थीले प्रवेश परिक्षा दिएका छन् । उनले केही दिनमा प्रवेश परिक्षाको परिक्षाफल प्रकासन गर्ने जनाएका छन् । 
उक्त  विद्यालयले  नर्सरीमा अग्रेजी माध्यममा मात्र ३५ जना, केजीमा २० जना, कक्षा १ मा १५ जना, कक्षा २ मा २० जना, कक्षा ३ मा ५ जना , कक्षा ४ मा ५ जना, कक्षा ५ मा अग्रेजी माध्यममा २० जना र नेपाली माध्यममा २० जना गरी कुल ४० जना विद्यार्थी भर्ना गर्ने जनाएको थियो । 
त्यस्तै कक्षा ६  मा अग्रेजी माध्यममा ४० जना, नेपाली माध्यममा गरी कुल ६० जना, कक्षा ७ मा अंग्रेजी माध्यममा ५ जना र नेपाली माध्यममा ५ जना गरी कुल १० जना, कक्षा ८ को अग्रेजी माध्यममा ९० जना र नेपाली माध्यममा ३५ जना गरी कुल १ सय ३५ जना र कक्षा ९ मा अंग्रेजी माध्यममा १५ जना र नेपाली माध्यममा ४० जना गरी कुल ५५ जना विद्यार्थी भर्ना लिने गरी संख्या निर्धारण गरेको थियो । उक्त उमाविमा प्राविधि विषयमा ४८ जना विद्यार्थीहरु मात्र भर्ना गर्ने जनाएको थियो । 
प्राविधिक विषयको प्रवेश परिक्षा ८ गते गर्ने  व्यवस्था मिलाईएको छ  शुक्रवार  । कक्षा ९–१२ ईन्चार्ज दिनेश थापाका अनुसार महङ्गो शुल्क लिएर विद्यार्थी अध्यापन गराउदै आएका निजी विद्यालयहरुलाई चुनौति दिदै सामुदायिक विद्यालय लिएको गुणस्तरियताकै कारण विद्यार्थीहरुको चाँप  विद्यालयमा उच्च भएको जानकारी दिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘हामी सुविधा सम्पन्न भौतिक पुर्वाधार सहित नीजि विद्यालयहरुले भन्दा पनि उच्च गुणस्तरिय शिक्षा प्रदान गर्दै आएका छौ,  हामीले मिडियम भन्दा पनि कसरी गुणस्तरिय शिक्षा प्रदान गर्न सकिन्न भन्ने विषयमा लागिरहन्छौ यो हाम्रो विशेषता हो ।’

यता, बुटवलको कान्ती उच्च माविमा पनि अवस्था उस्तै छ । विद्यायका प्राचार्य गोविन्द ज्ञवालीका अनुसार  शुक्रवार लिएको प्रवेश परिक्षामा  निर्धारणगरिएको  संख्या भन्दा ६  गुणा विद्यार्थीहरुले प्रवेश परिक्षा दिएका छन् । अंगेजी, नेपाली, गणित, विज्ञान  विषयमा प्रवेश परिक्षा लिइएको थियो । 
उक्त विद्यामा  नर्सरीमा  ३० जना,  कÔा १ मा  २० जना , कÔा २ मा २० जना ,  ४. कÔा ३ मा १० जना, कक्षा ४ मा ५ जना, कक्षा ५ मा ५ जना, कक्षा ६ मा अंग्रेजी माध्यममा केही र नेपाली माध्यममा ३० जना विद्यार्थी भर्ना गर्ने गरी कोटा निर्धारण गरिएको थियो ।  
त्यस्तै कक्षा ७ मा नेपाली माध्यमको लागि मात्र  १५ जना, कक्षा  ८ मा अग्रेजी माध्यमको लागि मात्र ४५ जना र नेपाली माध्यममा  १५ जना गरी कुल ६० जना  र कÔा ९ मा अग्रेजी माध्यमको लागि ३० जना र नेपाली माध्यमको लागि ५ जना मात्र विद्यार्थी संख्या भर्ना गर्ने गरी संख्या निर्धारण गरिएको थियो । 
प्राचार्य ज्ञवाली भन्छन्–‘फारम भरेका विद्यार्थीहरुको संख्या ६ सय भन्दा बढि थियो , तर परिक्षामा करिव ५ सय जना विद्यार्थीहरुले सहभागीता जनाएका छन् । ’ उनले  अहिले विद्यालयमा करिव १ सय देखि १ सय ५० जना नयाँ विद्यार्थी मात्र  भर्ना लिने र त्यसको संख्यामा केही थपघट हुन सक्ने जानकारी दिए ।  अन्य सामुदायिक विद्यालयमा विद्यार्थी अभावको कारण विद्यालय मर्जरको नीति अगाडी बढाईरहेको बेला  प्रवेश परिक्षा नै लिएर विद्यार्थी भर्ना गर्नुपर्ने अवस्थाको एक मात्र कारण विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरियता भएको प्राचार्य ज्ञवालीको तर्क रहेको छ । उनी भन्छन्–‘विगत लामो समय देखि हाम्रो रिजल्ट, भौतिक  पुर्वाधार लगायत नियमित विद्यार्थीहरुको निगरानीको कारणले पनि विद्यार्थीहरुको चाँप बढेको  हो ।’

यस्तै बुटवलको नविन औद्योगीक कद्दर बहादुर रिता उच्च माविमा समेत प्रवेश परिक्षा लिएको छ । शुक्रवार विद्यालयमा प्रवेश परिक्षा लिएको थियो । यस बर्ष देखि सिभिल ईन्जनिरिङ्ग कक्षा समेत सञ्चालन गरेको कारण विद्यार्थीहरुको भिड बाक्लो थियो । कक्षा ९ देखि सिभिल ईन्जनियरिङ्ग कक्ष सुरु हुने विद्यालये जनाएको छ । कक्षा ४ देखि कम्पुटर कक्षा सुरु गरिएको  समेत सिमित सिटको लागि भर्ना आह्वान गरिएको जनाइएको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै