रुपन्देही धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य


कृष्ण खनाल
 बुटवल, ७ बैशाख ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनी धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य बनिरहेको बेला  रुपन्देहीकै अर्को स्थानमा समेत धार्मिक पर्यटनको गन्तव्य बन्न सक्ने आँकन  गरिएको छ ।   विश्वभर रहेका बौद्ध धर्माम्बलीहरुको  उत्कृष्ठ गन्तव्यको रुपमा रहेको गौतम बुद्धको जन्मस्थान लुम्बिनी देखि केही कोस टाढा नेपालमा ४ धाम र भारतका ४ धाम गरी ८ धाम निर्माण गरिने भएपछि  रुपन्देही जिल्ला  अझै बलियो धार्मिक पर्यटनको उत्कृष्ठ गन्तव्य बन्न सक्ने मोक्षधाम सेवा आश्रम भलवारीका अध्यक्ष रोमणी प्रसाद पाठक बताउँछन् । 
गौतम बुद्धको जन्मभुमी नजिकै यस्तो प्रकारको मोक्षा धाम निर्माणले लुम्बिनीमा आउने केही मात्र पर्यटन मोक्षा धाम ल्याउन सकेमा त्यस क्षेत्रको साथै रुपन्देहीको  कायापलट हुने उनको धारणा रहेको छ । उनी भन्छन्–‘रुपन्देहीमा मोक्षधाम निर्माण भएरपछि चारधामको लागि भारत जानुपर्ने तथा अन्य धामको लागि देशभर जानुपर्ने  बाध्यताको अन्त्य हुने छ ।’
आठ धाम निर्माणको लागि बुटवलमा बैशाखको ९ देखि १९ गते सम्म ‘श्रीमदभागवत शिवार्चन पितृ मोक्ष मोक्षधाम धार्मिक महोत्सव २०७२’ आयोजना गर्न लागिएको छ । जसको तयारी  पुरा भएको छ । 
यस क्षेत्रका वयवृद्ध समाजसेवी तथा  विश्व हिन्दुमाहासंघ नेपालका केन्द्रीय बरिष्ठ उपाध्यक्ष गणेशमान शैजुले नेपालको दोस्रो ठुलो सहरको रुपमा विकास गर्नको लागि रुपन्देहीमा यस्तोखालको मोक्षा धाम निर्माण गर्नुआवश्यक रहेको बताउछन् । उनी भन्छन्–‘लुम्बिनीमा आउने पर्यटकको केही भाग मात्र  बुटवल र धाममा ल्याउन सकियो भने  रुपन्देहीको मात्र नभई  मध्य क्षेत्रको विकासमा महत्पूर्ण योगदान पुग्ने छ ।’
यज्ञ सम्पादन मुल समितिका संयोजक महेन्द्रनारायण श्रेष्ठका अनुसार बुटवल क्षेत्रमा करिव दुई दर्जन भन्दा बढि मन्दिरहरु रहेका छन् । ति मन्दिरहरुमा अहिले पनि आन्तरिक र वाह्य पर्यटकहरु आउने गर्दछन् । यस क्षेत्रमा आएका आन्तरिक तथा वाह्य धार्मिक पर्यटकहरुलाई मोक्षाधाम लैजान सकेमा यस क्षेत्रको  आर्थिक समृद्ध संगै सामाजिक सद्भाव समेत विकास हुने धारणा श्रेष्ठको रहेको छ ।  उनी भन्छन्–‘धर्म कमाउनको  लागि विदेशमा नै जानुपर्ने आवश्यक अव रहेन, आठ धाम यही रुपन्देहीमा नै निर्माण हुनेभएपछि धार्मिक पुन्यको लागि अन्त धाईरहनु आवश्यक छैन ।
महायज्ञको प्रमुख बाचको रुपमा रहेका व्यास विभुसित ईश्वरकृष्ण भुर्तेलले ‘सेवा गर्नु नै सर्बोत्तम धर्म हो’ भन्ने मुल नारा लिएर अत्याधुनिक सुविधायुक्त वृद्धाआश्रम, बालआश्रम र पुराण प्रसिद्ध झल्कीने भारतका रामेश्वरम, द्वारिकाधिस, बद्रीनाथ र जगन्नाथपुरी तथा नेपालका मुक्तिनाथ, पशुपतिनाथ, जनकपुरधाम र लुम्बिनी(बुद्ध) निर्माण गरिने जानकारी दिए । उनका अनुसार अहिले मोक्षधाम स्थानमा राधाकृष्ण मन्दिर, सत्संघ  भवन, अतिथी निवास, १००८ शिवलिंग रहेको विश्वनाथ मन्दिर, यज्ञशाला, हवन कुण्ड निर्माण कार्य सम्पन्न भईरहेका छन् । 
त्यस्तै उक्त स्थानमा मुक्तिनाथ मन्दिर, अमृत कुण्ड, पशुपती नाथ मन्दिर र सुविधा सम्पन्न बृद्धाआश्रम निर्माणाधिनरुपमा रहेका छन् । 
उनले भने–‘यो विशुद्व धार्मिक महोत्सवहो, यसमा कुनै व्याक्तिगत स्वार्थ जोडिएको छैन ।’

महायज्ञको  सम्पूर्ण तयारी अन्तिम रुपमा पुगेको छ । बुटवल नगर विकास समितिका अध्यक्ष खेलराज पाण्डेले  मोक्षधाम निर्माण गर्नु आफैमा गौरवको विषय भएको बताउदै यसको लागि सबैको सहयोग र सद्भाव हुने  बताउछन् । उनी भन्छन्–‘गौतम बुद्धको जन्मस्थान संगै मोक्षाधाम भएको जिल्ला भनेर पहिचान बनाउन सक्छौ हामी त्यसैले सबैको सहयोग अनिवार्य रहेको छ । 

महायज्ञ  आयोजना गरिने स्थान बुटवलको कालिकानगरमा यज्ञ मण्डप, होम कुण्ड, यज्ञशाला लगायतका पूर्वाधार निर्माणको काम तिव्र अन्तिम चरणमा पुगेको  आश्रमका कोषाध्यक्ष तथा यज्ञ प्रचार प्रसार समितिका संयोजक नारायण बञ्जाडेले जानकारी दिए । 

६० हजार घर परिवारलाई रुद्राक्ष, सुपारी, रक्षाबन्धन र फूलपाती सहित निमन्त्रण पठाईएको छ । बुटवल उपमाहनगर पालिका संगै सैनामैना, देवदह, तिलोत्तमा तथा छिमेकी गाबिस र जिल्लामा पनि निमन्त्रणा पत्र पठाइएको छ ।  
आठ धाम निर्माणार्थ आर्थिक संकलन गर्नकालागि बैशाखको ९ देखि १९ गते सम्म बुटवलमा श्रीमदभागवत शिवार्चन पितृ मोक्ष मोक्षधाम धार्मिक महोत्सव २०७२ गर्न लागिएको हो ।
मोक्षधाम गुरुयोजना पुरा गर्नको लागि २ अर्व रुपैंया लगानी लाग्ने र हाल सम्म जग्गा बाहेक पूर्वाधार निर्माणका लागि मात्रै २ करोड ३० लाख रुपैंया लगानी भईसकेको बताईएको छ ।
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्

महायज्ञको तयारी भेला 
बुटवल, ७ बैशाख । मोक्षधाम सेवा आश्रमले बुटवलमा सञ्चालन गर्न लागेको धार्मिक महोत्सवको अन्तिम तयारी भेला गरिएको छ । 
यस क्षेत्रमा कृयाशिल धार्मिक तथा आध्यात्मिक संघसंस्था तथा सामाजिक संघसंस्था, व्यापारिक प्रतिष्ठान सहितको भेलाले धार्मिक महोत्सवलाई सफल बनाउने प्रतिवद्धता व्यक्त गरेका छन । 
भेलालाई सम्बोधन गर्दै महायज्ञ मुल आयोजक समितिका संयोजक महेन्द्रनारायण श्रेष्ठले महायज्ञलाई सफल बनाउन सबै आ–आफ्नो ठाउँबाट सहयोग गर्नु आग्रह गरेका थिए । 
मोक्षधाम सेवा आश्रमका पिठाधिस तथा यज्ञका वाचक ईश्वर कृष्ण भुर्तेलले महायज्ञमा दान गर्ने दाताहरुलाई वर्गीकरण गरि सम्मानको व्यबस्था मिलाईएको बताएका थिए । 
महायज्ञमा न्यूनतम ४ सय ९९ रुपैंया सम्म दानपेटिकामा र ५ सय देखि माथीको दानलाई रसिद काटिने धामका कोषाध्यक्ष तथा यज्ञ प्रचार प्रसार समितिका संयोजक नारायण वञ्जाडेले जानकारी दिए ।  
प्रतिधाम १ हजार १ सयका दरेल ८ धामको ८ हजार ८ सय रुपैंया दान गर्ने दातालाई आजिवन सेवा सदस्यता प्रदान गर्नुको साथै सिलालेखमा नाम लेखिने, १० हजार रुपैंयासम्म दान गर्ने दातालाई आजिवन सदस्यता प्रदान गर्ने तथा सिलालेखमा नामलेख्ने, ३१ हजार रुपैंयासम्म दान गर्नेलाई बिशिष्ट आजिवन सदस्यता प्रदान गर्नुका साथै सिलालेखमा नाम लेख्ने र शिवलिङ्ग स्थापनार्थ १ लाख रुपैंयासम्म दान गर्ने दातालाई शिवलिङ्ग स्थापना गरिदिने र पितृ उद्दारकालागि धाममै श्राद्ध गर्ने व्यबस्था मिलाईने  उनले जानकारी दिए  । भेलामा बरिष्ठ समाजसेवी गणेशमान सैजु, बुटवल उपमहानगर पालिकाका नगर विकास अध्यक्ष खेराज पाण्डे, ब्रहाकुमारी कमला दिदी लगायतले मन्तव्य राखेका थिए । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै