पशु चिकित्सको आन्दोलन ले लाखौ किसान मर्कामा


कृष्ण खनाल
बुटवल, १९ चैत ।
रुपन्देहीको मोतिपुरका कुखुरापालक किसान राम बहादुर थापाको पोल्ट्री फर्ममा अहिले ९ सय कुखुरा तयारी अवस्थामा रहेका छन् ।  कु
खुरा बजारमा पठाउनको लागि तयार भएपनिउनले कुखुरा बेच्न पाएका छैनन् । उनले पोल्ट्री फर्ममा उत्पादन भएका कुखुरा बाहिर पठाउन पाएका  छैनन् भने बाहिरबाट चल्ला समेत ल्याउन सकेका छैनन् । जसको कारण हो पशु चिकित्सकहरुको आन्दोलन ।
  नेपाल पशु चिकित्सा परीÈद (भेटेरिनरी काउन्सिल) ऐन २०५५ ले पशुचिकित्सा विज्ञानमा कम्तिमा स्नातक उर्तीण व्यक्तिलाई मात्र काउन्सिलमा दर्तागर्ने र त्यसरी दर्ता भएका चिकित्सकबाट गठन भएको कार्य समितिले देशभरका पशु चिकित्सक र शिÔालयको नियमन गर्ने व्यवस्था गरेको छ । जुन व्यवस्था परिर्वतन गरेर भेटेरिनरी जेटी जेटीएलाई पनि काउन्सिलमै राख्न खोजिएको छ ।  पशु चिकित्सहरुले उक्त प्रवधान खारेजी हुनुपर्ने भन्दै सम्पूर्ण कामकाज ठप्प पारेका छन् । जसको कारण खुकुरा पालक किसान मात्र नभई पशुपालक किसान देखि दाना उत्पादक कम्पनी र व्यवसायीहरु समेत प्रत्येक्ष मारमा परेका छन् ।  

कुनैपनि पोल्ट्री फर्मबाट कुखुरा बाहिर पठाउँदा वा फर्ममा बाहिरबाट चल्ला ल्याउँदा अनिवार्य रुपमा किसानले पशु चिकित्सले परिक्षण गरेर प्रमाणीत गर्नुपर्दछ । यसको साथै  बाहिरी देशबाट ल्याउने कुनै पनि पशु पंक्षि ल्याउदा पशु क्वारेन्टाईन गर्नु पर्दछ । जुन काम समेत अहिले चिकित्सकहरुले ठप्प पारेका छन् भने कुनै कुनै चिकित्सकले आंशिक रुपमा काम गरिरहेका छन् ।
पशु चिकित्सको आन्दोलनको कारण  चिकित्सकले सेवा बन्द गरेको गर्दा यस क्षेत्र लगायत देशभरका किसानहरु मर्कामा परेका छन् ।  किसान  राम बहादुर थापा भन्छन्–‘न तयारी भएको कुखुरा बाहिर पठाउन पाइएको छ ,  न बाहिरबाट चल्ला  ल्याउन सकिएको छ, दाना समेत ल्याउनको लागि समस्या भएको छ ।’ उनी थप्छन्–‘आन्दोलनको कारण थपपिडा बढेको छ , चाडै नै निकास निस्कीएमा हामी किसानलाई राहात हुने थियो ।’
दानाउत्पादक संघका केन्द्रीय सदस्य तथा ह्याचरी व्यवसायी भिमलाल पाण्डेले पशु चिकित्सको कारण आफुहरु दोहोरो मारमा परेको बताए । उनले चाडो भन्दा चाडो निकास निकाल्नको लागि सरकार संग माग समेत गरे । बुटवल–८ नेपालगञ्ज रोडमा रहेको शरी सप्लार्यका सञ्चालक दानाव्यवसायी गोपाल पाण्डेका अनुसार किसानहरुले बाहिरबाट चल्ला ल्याउनको लागि समेत पशु भिकित्सकहरुले प्रमाणीत नगरीदिएको काण किसान संगै आफ्नो व्यवसयाय पनि प्रभावित भएको बताए । उनले भने–‘किसानले तयार गरेको कुखुरा बेच्न पाएपो नयाँ चल्ला ल्याउछन्, अनि त्यसको लागि दाना समेत सप्लायई हुन्छ  तर त्यसको नहुदा मासु व्यवसायी, दाना  उत्पादन गर्ने उद्योगी समेत मर्कामा परेका छन् । ’
यता,
जिल्ला पशु सेवा कार्यालय पाल्पा कार्यरत पशु चिकित्सक तथा नेपाल भेटनरी एशोसियनका  जिल्ला सदस्य डा. उत्तम आचार्यले आफुहरुको माग पुरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने बताए  ।  उनले चैत १७ गते आकत्समि सेवावाहेकका अन्य सेवा ठप्प पार्ने केन्द्रीय निर्णय अनुसार २२ गते सम्म जारी राखेको र अहिले केही दिनको लागि आन्दोलका केही चरण स्थगीत गरिएको बताए । उनले भने–‘यो सरकारले  आन्दोलन र हडताल नगरेसम्म नसुन्दो रहेछ त्यहि भएर हामी आन्दोलनमा छौ ।’
पसु चिकित्सा परीÈद (भेटेरीनरी काउन्सिल) ऐन परिवर्तन गर्न लागेको विरोधमा पशु चिकित्सकहरुले आन्दोलनका कार्यक्रम जारी राखेका हुन । उनीहरुले पशु खोप, स्वास्थ्य प्रमाण–पत्र र क्वारेन्टाइन प्रमाणिकरण गर्ने काम समेत ठप्प पारेका छन् ।
अहिले कृर्षि मन्त्री वैदेशिक भ्रमणमा रहेकोले केही दिन आन्दोलनका कार्यक्रम केहीलचिलो गरिएको र पुर्णरुपमा आन्दोलनका कार्यक्रमहरु नरोकिएको पशु चिकित्सकहरुको  भनाई रहेको छ । आफुभन्दा कम योग्यताका पशु स्वास्थ्य प्राविधिकलाई पशु चिकित्सा परीÈदमा राख्न सरकारले ऐन परिवर्तन गर्न लागेको भन्दै पशु चिकित्सकहरु आन्दोलित भएका हुन् ।  फागुन २७ मा मन्त्री परीÈदले पारित गरेर संसदमा पठाउन तयारी गरेको सो विधयेक तत्काल फिर्ता लिन उनीहरुको माग छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै