महाविपत्तीबाट बाँचेर फर्केरहरु भन्छनः–‘यस्तो आपत्ती कहिल्यै नआओस’

कृष्ण खनाल
बुटवल, १६ बैशाख । 
गुल्मी जिल्लाको ईस्मा गाविस–३ का गोकर्ण भण्डारी काठमाण्डौको घट्टे कुलोमा  विहानको खादै थिए । शनिवारको दिन भएकोले अलि ढिला गरी खाना बनाएर खादै गर्दा जमिन कापेजस्तो भयो । उनी भन्छन्–‘शरिर काँपेर रिंगटा लाग्ला  जस्तो भयो, घर पिङ्गखेजस्तो भयो, जुठै हाट खान छोडेर भागियो ।’ 
शंकरदेव क्याम्पसमा विविएस तेस्रो बर्षमा पढ्दै गरेका उनीको समुहमा अन्य ३ जना साथिहरु रहेका छन् । बुधवार नीजि विद्यालयहरुले उपलब्ध गराएको निःशुल्क बसमा बुटवल आएका उनले भने–‘यस्तो आपत्ती देख्न नपरोस ।’  दुई तल घरमा बाहालामा बस्दै गरेका उनीहरु  गुल्मीका साथीहरुको समुह बनाएर काठमाण्डौमा अध्यायनको लागि बसेका थिए । मंगलबार  समुहका सबै साथीहरु  सकुसल  बुटवल सम्म आए । तर आँखै अगाडी अन्य मानिसहरुको रगताम्मे लास देख्दै अझै पनि खुट्टा काँपीरहेको गुल्मीकै ईस्मा गाविसका सुशिल गौतमले बताए । 
काठमाण्डौ देखि प्याब्सन, एनप्याब्सन र हिसान लगायतका नीजि विद्यालय संगठनहरुले  उपलब्ध गराएको रेडईभेन्ट कलेजको गाडीमा चितवनको नारायणगढ सम्म आएका उनीहरुलाई नारायणगढ देखि बुटवल सम्म एक्स आर्मि बोर्डिङ्ग  स्कुलको बसले ल्याएको थियो । 
सोही समुहका लक्ष्मण पन्त भन्दै थिए –‘दुई दिन रात पालमुनी, पानीपनि नखाएर बाँचियो, अव आफ्नो घर सकुसल जान पाएभने भगवानलाई धन्यावाद दिन्छु ।’ सिंह दरबार परिषरमा  पालमा २ रात  कटाएका धनेन्द्र खनाल पनि सोही बसमा आएका थिए । गुल्मी जानको लागि बस कुर्दै गरेका उनीले भन्दै थिए–‘धन्न बाँचीयो, यस्तो आपत्त दैवलाई पनि नलाओस ।’
काठमाण्डौको महाविपत्तीबाट बाँचेर आएका यस क्षेत्रका अधिकांस मानिसहरु बुधवार बुटवलको नयाँ बषपार्कमा हठास मनस्थीतिमा आफ्नो घरजाने गाडी चढ्को लागि हतरो गर्र्दै गरेका दृष्यिहरु दिनभर देखिएका थिए । कुनै कुनै विद्यार्थीहरुले आफु  तरकारी किन्न बजार गएको बेला कोठामा भुईचालो आएर घर भत्काएपछि चिनी, नुन, तेल समेत साथमा राखेर आएको देखियो । कुनै कनै विद्यार्थीहरुलाई आफुले हासिल गरेका शैक्षिक प्रमाणपत्र गुमाउदा पिडा बुटवल आउदा सम्म पोखिरहेका थिए ।  नजिकका साथीहरुले भन्दै थिए–‘पिर नगर फेरी निकाल्न पाईन्छ ।
यता, भने नेजति गाडी नआएपछि नयाँ बानेश्वरमा भेला भएका सर्वसाधारणलाई विहिवार र शुक्रवारको  लागि प्रहरीले पास बाँढेको छ । लाइनमा बसेर गाडि चढ्न नपाएका मानिसहरुले भोलि प्राथमिकता पाउन भनेर ५ हजार पास बाढिएको जनाइएइको छ ।  
सरकारले काठमान्डौबाट निशुल्क बाहिर जान ५ सय गाडि ब्यवस्था गरिएको भने पछि ठुलो संख्यामा यात्रु बिहानै देखि नँया बानेश्वरमा भेला भएका थिए । तर त्यँहा ६७ वटा गाडि मात्र आएका थिए ।  विभिन्न स्थानबाट गरेर जम्मा १ सय ३५ ओटा गाडी आज काठमान्डौ बाहिर गएको प्याब्सनले जनाएको छ ।
बाहिर जाने गाडि सकिए पछि ठुलो संख्यामा लाइन लागेर बसेका यात्रुले सडकजाम गरि नारावाजी गरेका थिए । त्यसपछि अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिसरमै बाहिर जाने साझा बसको व्यवस्थापन गरिरहेका साझाका अध्यक्ष कनकमणि दिक्षितले जुक्ति निकाले पास दिएर बुधवार लाइन लागेका मानिसलाई भोलि प्रथामिकताका साथ पठाउने बताएका थिए । उनले भने–‘साझा बसका टिकटलाई  नै पास बनाएर ५,००० मानिसलाई बितरण गरियो ।” 
तस्वीर विवरण 


हामी आयौःबुटवलको नयाँ बस पार्कमा काठमाण्डौबाट निशुल्क गाडीमा आएका सर्वसाधारणः तस्वीरःकृष्ण खनाल÷बुटवल ।
भुकम्पबाट बाँचेर बुटवल आएका गुल्मी ईस्माका विद्यार्थीहरु बुटवल नयाँ बषपार्कमा । तस्वीरःकृष्ण खनाल÷बुटवल  । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै