स्वणीम सहकारी प्रकरण लेखा परिक्षणले भन्यो–‘अधिकांस कार्य सहकारी मापदण्ड विपरित’

कृष्ण खनाल 
बुटवल, ११ बैशाख । 
लामो समय देखि विवादमा रहेको स्वर्णीम बचत तथा ऋण सहकारी संस्था बुटवलको छैठौ साधारण सभा कडा सुरक्षाका विच मंगलवार सम्पन्न भएको छ । निक्षेप कर्ताहरुले आफुले जम्मा गरेको रकम तुरुपन्त पाउनुपर्ने भन्दै केही समय साधारण सभा समेत अवरोध गरेका थिए । पछि असार मसान्त भित्रमा निक्षेप कर्ताहरुको सम्पूर्ण रकम फिर्ता दिने भन्ने सञ्चालक समितिको भनाई पछि साधारण सभाले नयाँ कार्यसमिति र लेखा समिति गठन गरेको छ ।
साधारण सभामा प्रस्तुत गरिएको लेखा परिक्षण प्रतिवेदनमा अधिकांस
कार्य–‘सहकारी मापदण्ड–२०६८’ विपरित भएको उल्लेख गरिएको छ । सि।एम। एण्ड एशोसिएट्स चार्टड एकाउन्टेडण्न्ट पारशमणी अर्यालय तयार गरेको लेखा परिक्षणको प्रतिवेदन अनुसार सहकारी संञ्चालकहरुले करिव दर्जन भन्दा बढि  कार्य सहकारी मापदण्ड अनुसार नगरेको पाइएको हो । 
लेखा परिक्षणको क्रममा देखिएका कैफियत तथा सुझावहरु महलमा १२ वटा बुदाँ उल्लेख गरिएकोमा १२ वटै बुदामा सहकारी मापदण्ड विपरित काम भएको र  सहकारी विभागद्वारा जारी सहकारी मापदण्ड व्यवस्था लागु गर्न सुझाव दिएको छ । 
अन्य कैफियतमा १४ वटा बुँदा उल्लेख भएकोमा सबै बुँदामा पनि एउटा एउटा गल्ती सहकारीबाट भएको उल्लेख गरिएको छ । 
लेखा परिक्षणको सुझावको प्रत्येक बुँदामा सहकारीका व्यवस्थापक मनोज भट्राईले हस्ताक्षर गर्दै आगामी दिनमा नदो¥याउने गरी संस्थाको छापलगाएर प्रमाणीत गरेका छन् । 
लेखा परिक्षणको प्रतिवेदन अनुसार विना धितो, तमसुक , विना व्याज, विना सम्झौता कर्जा प्रवाह गरेको, संस्थाबाट खर्च गरिएको  खर्च विवरणको विजक संलग्न नगरेको लगायतका त्रुटीहरु रहेका छन् ।  
लेखा परिक्षण प्रतिवेदनमा सहकारी मापदण्ड २०६८ को दफा २८९१० बमोजिम संस्थाले आफ्नो सदस्य्हरुलाई संस्थाको कुल पुँजीको अधिकतम् १० प्रतिशत नबढाई  ऋण प्रदान गर्नको सक्ने व्यवस्था रहेकोमा उक्त सिमा भन्दा अधिक ऋण एकै सदस्यलाई प्रदान गरेको पाइएइको उल्लेख गरिएको छ । 
त्यस्तै सहकारी मादण्डको दफा २८९६०को अनुसार संस्थाले जेथा धितो राखि लगार्न गर्दा ऋण लिने सदस्यको आफ्नै वा एकघरका परिवारका सदस्हरुको नाममा जेथा कम्तीमा ५० प्रतिशत धितो राखेर ऋण लगानी गर्नुपर्ने व्यवस्थामा प्रतिकुल हुने गरी कर्जा प्रदान गरेको पाइएको उल्लेख गरिएको छ । 
त्यस्तै सहकारी मापदण्डको दफा ६६९५० अनुसार एक मुष्ट ३ बर्ष  भन्दा बढि अवधिको निक्षेप स्वीकार गर्न नमिल्ने व्यवस्था गरेकोमा संस्थाले ७२ महिना सम्मको निक्षेप योजना सुरु गरेको उल्लेख गरिएको छ । 
सहकारीको मापदण्ड अनुसार मार्गदस्त नगद, काउन्टर, नगद मौज्यादको बिमा गर्नुपर्नेमा नगरिएको र बचत  तथा ऋणको काम गर्ने १५ प्रतिशत तरलता कायम गर्नुपर्नेमा मापदण्ड भन्दा कम तरलता राखेको जनाएको छ । 
त्यस्तै सहकारी मापदण्ड को दफा २९९२० अनुसार सञ्चालक समिति सदस्य, लेखा समिति तथा कर्जा उप समितिका पदाधिकारी तथा व्यवस्थापकले लिएको कर्जाको अवस्थाको विवरण बार्षिक रुपमा सम्बन्धी कार्यालमा पठाउनु पर्नेमा नपठाएको पाइएको लेखा परिक्षणमा उल्लेख गरिएको छ । 
१० लाख भन्दा माथिको कुल परियोजना लागत निर्धारण गर्दा मुल्यांकन कर्ता, सञ्चालक समिति, ऋण उप समिति सदस्य र व्यवस्थापकको सामुहिक टोलीले मुल्यांकन गर्नु पर्ने व्यवस्था रहेकोमा उक्त व्यवस्था प्रतिकुल हुने गरी कर्जा प्रवाह गरेको  लेखा परिक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । 
लेखा परिक्षणको प्रतिवेदन अनुसार देवेन्द्र प्रसाद ध्वजुलाई ४ पटक सम्म विना धितो र लगानी विना नै ऋण प्रदान  गरिएको छ । उनलाई संस्थाले व्यापारको लागि भन्दै एक पटकमा १५  लाख, दोस्रो पटकमा २० लाख, तेस्रो पटकमा ५९ लाख १७ हजार ३ सय ५५ र चौथो पटकमा ४४ लाख १६ हजार ९ सय ८० रुपैयाँ ऋण विना धितो प्रदान गरेको लेखा परिक्षणमा उल्लेख गरिएको छ । 
त्यस्तै प्रज्जवल थान्जुलाई व्यापारको लागि २ लाख ५० हजार,  बसन्ती रोकलाई २ लाख १ सय ९५, दिपेन्द्र श्रेष्ठ लाई ९ईन्देणी ईन्टरनशेनलन मल्टी विजनेश प्रा।लि० २१ लख ४६ हजार २ सय ४६, पुष्पा श्रेष्ठलाई  २ लाख, मनोजमान श्रेष्ठलाई १० लाख ५२ हजार ३ सय ३ रुपैया, फर्सुराम न्यौपानेलाई ४७ हजार १ सय ३७ रुपैया गरी कुल १ करोड ७९ लाख ३० हजार ३ सय १३ रुपैया विना धितो कर्जा प्रदान गरिएको  लेखा परिक्षणमा उल्लेख गरिएको छ ।  २०७१ जेठ २७ गते विना सम्झौता, विना तमसुक, विना सुरक्षण अग्रमी भुक्तानीको रुपमा ३ करोड ५९ लाख १९ हजार १ सय ९७  रुपैया प्रदान गरिएको लेखा परिक्षणमा देखिएको छ । यसको साथै सफटवेयर मर्मत संहार र भ्रमण खर्चका विजकहरु  नै नराखि खर्च गरिएको लेखा परिक्षणमा उलेख गरिएको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै