आफ्नै बुबाले गरे नावलिका छोरीको बलात्कार

बलात्कार सम्बन्धी घटनाको बारेमा जानकारी दिदै रुपन्देही प्रहरी प्रवक्त डिएपी दिपक न्यौपाने ।  तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे ।
कृष्ण खनाल
भैरहवा,२४ पुस ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वर्डा नम्बर —७ भैरहवागाँउका एक जना व्याक्तिले आफ्नै छोरीलाई ६ दिन सम्म घरमा थुनेर पटक÷ पटक बलात्कार गरेको घटना वारि आएको छ ।
आमा घरमा नभएको समयपरि उनले  छोरीलाई घरबाट वाहिर निस्कन समेत  नदिई पटक पटक बलात्कार गरेको कुरा पिडीत वालिकाकी आमाले प्रहरीलाई उजुरी गरेपछि उक्त घटनाको रहस्य वाहिर आएको हो ।
भैरहवामा रिक्सा चलाएर जिविको पार्जन गर्दै आएका ४६ बर्षका काले (नाम परिर्वतन) ले १२ बर्षीकी नावलिका आफ्नै छोरीलाई पटक÷ पटक बलात्कार गरेका  कुरा वाहिर आएको छ ।। पिडीत बालिकाकी आमा वैदेशिक रोजगारीको जाने शिलशिलको लागि काठमण्डौ कागजपत्र मिलाउन गएको समयमा काले ले ६ दिन सम्म आफ्नी छोरीलाई घरबाट बाहिर निस्कनसमेत नदिएको पटक पटक यौन कुर्तत गरेको हुन । कसैलाई भनेमा  मारिदिने धम्की दिदैँ  काले ले आमालाई समेत उक्त कुरा नबताउनको लागि भनेका थिए ।  
गत पुस १३ गते साझ ८ः२० बजे देखि पुस १८ गते सम्म पटक पटक आफ्नै बाबुले १२ बर्षिय बालिका आरती(नाम परिर्वतन) लाई कयौ पटक यौन जन्य क्रियाकलाप गरेको पिडीत आरती(नाम परिर्वतन)ले प्रहरीलाई बताएकी छिन । पिडीत १२ बर्षिय बालिका ले आफ्नी आमालाई आफ्नै बाबुले पटक पटक जबरजस्ती करणी गरेको जानकारी आमालाई गराएपछि आमाले बालिकाको पक्षबाट जिल्ला प्रहरी कार्यालयमा पिडीत बालिकाकी आमाले उजुरी दिएका थिइन् ।
उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियुक्त ४६ बर्षीय काले(नाम परिर्वतन लाई यहि पुस २२ गते अर्थात मंगलबार पक्राउ समेत गरेको छ । पक्राउ परेका कालेलेप्रहरीकोको बयानमा आफुले आफ्नै छोरी लाई करणी गरेको स्वीकारेका छन् । उनले प्रहरीको वयानमा भने—“श्रीमती काठमाण्डौ  जाँदा छोरीलाई अन्तै लगेर राख भनेको थिए तर उसले मानिन् अनि यस्तो भयो  ।”
८ जनाको परिवार रहेको कालेको परिवारमा  पिडीत वालिका काईली छोरी हुन । उनी भन्दा मथिका तिन बटा दिदीको विवाह भैसकको छ भने २ वटा वहिनी र एक वटा भाई समेत रहेको छ । उता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव  उपरिक्षक तथा प्रहरी प्रवक्ता दिपक न्यौपानेले नीज कालेले आफ्नै छोरीमाथि बलात्कार जस्तो अपराध गर्नु एउटा जघन्य अपराध भएको भन्दै पिडीत वालिकालाई न्याय र पिडक माथि हदै सम्मको कारवाही हुने जानकारी दिए ।
संञ्चार कर्मीसंगको कुराकानीमा प्रहरी प्रवक्त न्यौपानेले भने—“पिडीत माथि न्याय र पिडकमाथि हदै सम्मको कारवाही गर्नको लागि पहल जारी रहेको छ ।” जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अभियुक्त व्याक्ती पि लाई जिल्ला अदालत रुपन्देहीबाट ५ दिनको अनुसन्धान म्याद समेत थपेको छ ।  पिडीत वालिकाको भैरहवा स्थिती भिम अस्पतालमा स्वाथ्य परिक्षण गरिएको छ । उनको स्वाथ्य अवस्था सामान्य  रहेको  अस्पताल प्रशासनले जानकारी दिएको छ । बुधबार साझ सम्म अस्पतालले स्वाथ्य परिक्षणको रिर्पोट सार्वजनिक गरेको छैन भने अभियुक्त काले(नाम परिर्वतन)ले आफुले छोरीमाथि यौन जन्य क्रियाकलाप गरेको स्वीकार गरेका छन ।
नेपालको मुुलुकी ऐन २०५८ को एघारौ संसोधन अनुसार यसरी कुनै पनि व्याक्तिले आफुले नै जन्माएको छारीलाई करणी गरेको प्रमाणीत भएका उमेर अनुसार कारवाही हुने गर्दछ ।
मुलुकी ऐन अनुसारमा उल्लेख गरिएको अनुसार १० बर्ष भन्दा कम उमेर भएकी वालिका भएमा १० बर्ष देखि १५ बर्ष सम्म  कारावास सजाय हुने र १० बर्ष देखि १४ बर्ष सम्म उमेरकी वालिका भएमा ८ देखि १२ बर्ष सम्म कारावासको सजाय हुने व्यवस्था गरिएको छ । यसको साथै मुलिकी ऐनमा नै हाडनाता करणी भएकोमा थप २ देखि ६ बर्ष सम्म जेल सजाय हुनेछ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै