अखाद्य प्रमाणित अंकुरतेल लाई कारवाहीमा प्रहरीको आनाकानी

खाद्य अनुसन्धान तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको अखाद्य प्रमाणित रिर्पोट
कृष्ण खनाल
भैरहवा, २७ पुस ।

रुपन्देहीको पडसरीमा रहेको गोविन्द आयल इन्डष्«िटजबाट उत्पादित तथा विक्री वितरण भइरहेको अंकुर ब्रान्डको तेल अखाद्य, गरणस्तरहिन र स्वाथ्यमा गम्भिर प्रभावपार्ने भनेर प्रमाणित भएको महिनौ वित्दा समेत रुपन्देही प्रहरी प्रशासासनले कारवाहीमा आनाकानी गरेको छ । अखाद्य भएको प्रमाणित भएको  महिनौ वित्दा समेत  रुपन्देहीको प्रहरी प्रशासनले कारवाही गर्न  नसक्नु र बजारमा छ्याप छ्याप्ती मात्रामा उक्त गुणस्तरहिन तेल पाइनुले प्रहरी प्रशासन भित्र मोटो रकमको आर्थिक चलखेल भएको स्थानियहरुको आशंका रहेको छ ।
आम उपभोक्ताको स्वाथ्यमा गम्भिर प्रभाव  पार्ने खालको तेल उत्पादन गरेको  आयल इन्डष्«िटजले अहिले पनि आफ्नो कालो बजारी कायम राखेको छ । अर्को अचम्मको कुरा के छ भने  जिल्ला प्रशासन  कार्यालय बाट रुपन्देही प्रहरीलाई उक्त अखाद्य तेल उत्पादन गर्ने कम्पनीका सञ्चालकलाई प्रक्राउ गरी कारवाही गर्नु भनेर आदेश आईसकेको छ । सोही अनुसार  रुपन्देही प्रहरीले पक्राउ पुर्जी समेत सञ्चालककालाई थमाईदिएको भएपनि अहिलेसम्म पक्राउ गर्न सकेको छैन ।
असोजको अन्तीम साता रुपन्देही सेमलार–९ का उपभोक्ता होमराज रिजालले खाना पकाउदा अंकुर तेलमा लेदो जमेको तथा गन्हाएको भन्दै स्थानिय प्रशासन हँुदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।  उपभोक्ता रिजालको उजुरीकै आधारमा जिल्ला बजार अनुगमन समितीले गत कार्तिक ५ गते अंकुर तेल उत्पादन गर्ने गोविन्द आयल इन्डष्ट्रीजमा छापा समेत मारेको थियो । सो क्रममाा खाद्य जाँचका लागी केही पोका तेल नियन्त्रणमा लिई पहिला क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाएको थियो । कात्तीक १० गते चलानी नम्बर २२३२ पत्रमा गोविन्द आयल इन्डसट्रीजद्धारा उत्पादित अंकुर तेल खान योग्य गुणस्तर युक्त रहेको रिपोर्ट पेश भयो तर  तर मोटो रकमको आर्थिक चलखेल गर्दै खाना पकाउदा गन्हाएको तथा लेदो भेटिएको तेललाई खाख योग्य हुने भन्दै रिर्पोट पेश गरियो । जुन अखाद्य तथा स्वाथ्यमा गम्भिर प्रभाव पार्ने खालको तेल लाई खान योग्यहुने भन्दै रिर्पोट बनाउनको लागि समेत सञ्चालककाले मोटो रकम दिएको समाचार स्रोतले बताएको छ ।
तर स्थानिय स्तरमा  आर्थिक चलखेल गरेर ‘खान हुने भन्दै’  रिर्पोट तयार गरिएपनि  केन्द्रीय खाद्य अनुसन्धान विभागमा पठाइएको रिर्पोटमा भने उक्त तेल ‘उपभोगको लागि हानिकारक’ भएको रिर्पोट आएको थियो ।
 क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवाले तेल गुणस्तर युक्त भएको रिपोर्ट पेश गरेपछि जिल्ला बजार अनुगमन समितीलाई शंका लागे पछि गत कात्तीक १५ गते चलानी नम्बर ३४८६ रहेको पत्र सहित तेल पुन जाँचका लागि केन्द्रिय विभागमा पठाएयो ।
 तर बिभागले जाँच गर्दा तेल खान योग्य नरहेको रिर्पोट पठायो । विभागले अंकुर ब्राण्डको शुद्ध तोरीको तेलका पोकाको नमुना प्यारामिटर चेकजाँच गर्दा रिफ्रयाक्टीभ इन्डेक्स १.४६५ देखि १.४६९ हुनुपर्नेमा १.४६३५ रहेको, परोक्साइड भ्यालु १० हुनुपर्नेमा १.७९ भएको र एसीड भ्यालु ०.५० हुनुपर्नेमा १.२५ रहेकोले खान अयोग्य र अखाद्य वस्तु मिसावट रहेको भन्दै विभागले कात्र्तीक २६ गतेको चलानी नम्बर १४५७ को पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाएको थियो ।
पछिल्लो समयमा अखाद्य तेल उत्पादन गर्ने सञ्चालक कारवाहीको प्रक्रियाको बारेमा जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई र जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रसासन लाई एक आपसमा दोषारोपण गर्दै आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेका छन । जुन विषय थप शंकास्पद हुदै गएको स्थानिय बुद्धिजिवीहरुको तर्क रहेको छ । दुबै कार्यालयकोे ‘ओठे जुवारीले’ यतिबेला कालाबजारी गरेर रातारात  धनि बन्ने सपना बोकेका व्याक्तिहरु मालामाल हुँदै गएका छन भने आमउपभोतmाको स्वास्थ्यमा गम्भिर प्रकारहको  खेलवाड भैरहेको छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले रुपन्देही प्रहरीलाई निशाना ताक्दै मिती २०७०।०८।१३ गते चलानी नम्बर ३८६१ को पत्रमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक छानबिन गरी कालोबजारी अन्तर्गत सम्बन्धित उद्योगलाई कार्यवाही प्रक्रिया अगाडि बढाउन निर्देशनात्मक पत्र पठाए पनि कार्यवाही सम्बन्धि प्रतिवेदन अहिले सम्म आफु कहा नआएको प्रतिक्रिया दिएका छन ।
 कारवाही गर्ने जिम्मा पाएको प्रहरीले भने  घटनाको छानविन गरि मुद्धा चलाउन निर्देशन आएपनि अहिले सम्म कुनैपनि कारवाहीको ‘सिन्को भाच्न’ सकेको छैन ।  एक महिना भन्दा बढी बितिसक्दा पनि रुपन्देही प्रहरी यसरी चुप लाग्नुमा आफु पनि आश्चर्यमा परेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थी बताउदछन ।
उता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता, तथा डिएसपी दिपक न्यौपानेले अंकुर तेल काण्डको अनुसन्धान गरिरहेको एक महिना भन्दा बढी बितीसक्दा समेत अनुसन्धान जारी नै रहेको  प्रतिक्रिया दिए ।
अनुसन्धान गर्र्नका लागि ९० दिनको म्याद रहेको छ प्रहरी प्रवक्ता न्यौपानेको भनाई रहेको छ ।  उद्योग संचालक सौरव अग्रवाललाई मिती २०७०।०९।१६ गते पक्राउ गर्न वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक डिल्ली नारायण पाण्डेलाई निर्देशनात्मक पत्र पठाइसकेको न्यौपानेले जानकारी दिएका छन ।
विगतमा जिल्ला प्रशासनले कार्यालय रुपन्देहीले भने केन्द्र (विभाग) कै रिपोर्टलाई आधार मान्नर केन्द्रले अखाद्य भनिसकेकोले तेल उत्पादक गोविन्द आयाल इन्डसट्रीजका संचालक सौरव अग्रवाललाई कालोबजारी ऐन २०३२ अन्र्तगत कारवाही गर्ने बताउने रुपन्देही प्रशासनले अहिले इन्डष्ट्रीजका संचालकलाई कार्यवाही गर्नुको सट्टा संचालक अग्रवाललाई घुमाउरो पाराले संरक्षण गर्दै आएको सरोकारवालाको भनाई रहेको छ ।
यस सम्बन्धमा सञ्चालक सौरभ अग्रवाल र सञ्चालकको बाबु ब्रिजेश अग्रवाललाई पटक÷ पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन् । उनले कहिले आफु व्यस्त रहेको र कहिले एयरपोर्ट त कहिले अस्पताल रहेको भन्दै बुटवल टुडेको सम्पर्कमा आउन चाहेन्न  ।



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै