छ महिनामा ३ महिला सहित १ सय ८७ जना व्याक्ति पक्राउ

रुपन्देहीमा लागू औषधको अवस्था 
कृष्ण खनाल 

भैरहवा, ७ माघ ।
 रुपन्देहीमा पछिल्लो समयमा लागूऔषध बरामद गर्ने लहर नै चलेको छ । गत माघ ४ गते लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा शाखाले  चेकजाँच गर्ने क्रममा प्रहरीले बरामद गरेको टि डि जेसिक –फेनारगन, नुफिन, डाइजेपाम गरी कुल २ सय ४० थान सहित रुपन्देही जिल्ला सिनपा–१२ का २३ वर्षीय भोला कुर्मीलाई पक्राउ गरेको प्रहरीले बुझाएको थियो । त्यसैगरी टि डि जेसिक–फेनारगन, नुफिन, डाइजेपाम गरी कुल ६० थान गरी तनहु जिल्लाका २२ वर्षीय जङ्ग बहादुर मल्ललाई प्रक्राउ गरेको थियो ।
 त्यसको ठिक एक दिन पछि शनिवार सुराकीको आधारमा चेकजाँच गर्ने क्रममा प्रहरीले सिनपा– १ का ३६ वर्षीय जोखन मल्लाह र जिल्ला पोखरा उपमहानगरपालिका–१२ का २६ वर्षीय पर्वत गुरुङ्गबाट टिडि जेसिक नुफिन, फेनारगन र डाइजेपाम गरी कुल २ सय ५५ थान सहित पक्राउ गरेको थियो । यो उदाहरण मात्र हो । पछिल्लो समयको एक साता यता रुपन्देहीको वेलहिया नाकाबाट दैनिक जसो नै लागुऔषध बरामद हुदै आएको छ । 
पछिल्लो समयमा रुपन्देही प्रहरी प्रमुख विक्रम सिंह थापाको सक्रियतामा धमाधाम रुपमा लागूऔषधको साथै  यसमा संलग्न व्याक्तिहरु प्रक्राउ पर्दै आएका छन ।  चालु आर्थिक बर्षको साउन महिना देखि यहि पुस १ गते सम्म रुपन्देही जिल्ला ठुलो परिमाणमा लागू औषध बरामद भएको छ । छ महिनाको अवधीमा ३ जना महिला र १ सय ८४ जना पुरुष गरी कुल  १ सय ८७ जना व्याक्तिहरु समेत पक्राउ परेका छन । 
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव निरिक्षक यम बहादुर बाहोराका अनुसार रुपन्देही जिल्लामा गत अशोज महिना देखि पुस महिना सम्म सबैभन्दा बढि १ लाख २३ हजार २ सय ९१ मिलीग्राम ब्राउनसुगर बरामत गरेको छ । त्यस्तै सोही अवधीमा डाईजापाम ३ हजार २ सय २० मिलीग्राम, फेनरागन ३ हजार २ सय ८० मिलीग्राम, नुफिन ३ हजार ३ सय ५० मिलि ग्राम बरामद् भएको छ ।
त्यस्तै लुपिजेसीज १ हजार १ सय ६६ मिलीग्राम, नाईट्रेभेट २ सय ३ ट्वाबलेनट, नाईट्रोक्सन ८ सय ९ ट्याब्लेट, स्पास्मो १ हजार २५ क्याप्पसुल बरामद् गरेको छ । त्यस्तै जिल्ला प्रहरी कार्यालयको डाटा (तथ्यांक अनुसार)  छ महिनाको अवधीमा १ सय ५३ थान सिरिन्ज  बरामद गरेको छ । त्यस्तै चरेश ६ सय २० ग्राम, फ्रन्सडिल ८ सय मिलीग्राम, गाँजा २८ हजार ७ सय मिलीग्राम, कोक्रेश ४ हजार ७ सय मिलीग्राम, बाईनोफाईन १ सय २४ मिलीग्राम बरामद गरेको छ । 
उता, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका पहरी प्रमुख विक्रम सिंह थापाले पछिल्लो समयमा लागू औषध तथा धुम्रपान नियन्त्रण दस्ता  चस्तदुरुस्त रुपमा परिचालन भएको कारण धमाधाम रुपमा लागू औषधको ओसारपसार गर्ने व्याक्तिहरु नियन्त्रणमा लिएको जानकारी दिए । उनका अनुुसार अहिले लागू औषध नियन्त्रण दस्ता अहिले नेपाल भारत नाका वेलहियामा सक्रिय रुपमा रहेको छ । जसको कारण पछिल्लो समयमा धमाधाम रुपमा लागू औषधको ओसार पसार गर्ने व्याक्ति तथा लागू औषध बरमाद भैरहेको छ । प्रहरी प्रमुख प्रहरी  प्रहरी उपरिक्षक विक्रम सिंह थापाले भने —“यसलाई अझै प्रभावकारीरुपमा अगाडी बढाउने योजनामा छौं ।” उनले थपे—“म रुपन्देहीमा भएसम्म लागू औषध तथा धुम्रपान नियन्त्रण गर्ने प्रयाश जारी राख्नेछु ।”  उनले केही समयमा   सार्वजानिक स्थान तथा सरकारी कार्यालय वा कार्यालय परिषरमा धुम्रपान निशेष अभियानलाई अझ तिब्र रुपमा अगाडी बढाउने जानकारी दिए । रुपन्देही जिल्ला को बेलहिया नाका हुदै नेपालमा लागूऔषध भित्रीने सहज बाटोको रुपमा चिनिन्छ । भारतमा खुल्लारुमा पाईने लागू औधषमा वाल वालिका देखि युवा पौढ सम्मको संलग्नता रहेको पाईन्छ । 
एसपीको टाटुमा नजर
रुपपन्देही प्रहरी प्रमुख विक्रा सिंह  थापले अहिले एउटा नया  योजना सुरु गरेका छन । वेलहिया नाकाबाट भारततर्फ जाने युवा युवतीहरुले  टाटु खोपेका छन् या छैन्न भन्ने बारेमा विशेष निगरानी राख्नको लाग आफु मातहतका प्रहरीहरुलाई निर्देशन दिएका छन । खासगरी पछिल्लो समयमा धेरैजसो टाटु खोपेका तथा त्यस्तै प्रकारको पहिरन बनाएका  युवा युवती तथा व्याक्तिहरु नै लागू औषध ओसार पसार तथा प्रयोगकर्ता भएको प्रमाणित भएपछि टाटुमा विशेष निगरानी गरिएको जानकी दिए । उनले भने—“७० प्रतिशत मानिसहरु टाटु खोपेका लागूऔषध प्रयोग कर्ता की आसोरपसारमा संलग्न हुने गरेको अनुसन्धानले देखाएको छ ।” उनले सबै टाटु खोपेका व्याक्तिहरु लागू औषध प्रयोग तथा ओसार पसारमा संलग्न नरहेको भन्दै टाटु खोपेकाहरुलाई विशेष निगरानीमा राखिने समेत बताए ।  अहिले टाटु खापेका, लामो कपाल पालेका,  तथा चुल्ठेमुन्द्रहरु लाई विशेष निगरानीमा राखि प्रहरीले अभिभावकहरुलाई बोलाएर सभ्य बन्नको लागि आग्रह समेत गर्दै आएको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै