उपचार गराउन सिमापारी

कृष्ण खनाल 
भैरहवा, ९ माघ ।
 विहिवार नवलपरासीको सुनवलबाट आफ्नो बुवाको उपचार गर्नकोलागि आएका दिपेन्द्र गुप्ता भैरहवामा रहेको भिम अस्पतालमा आए । सुनसान अवस्थामा रहेको उक्त अस्पतालमा एक दुईजना बाहेक अन्य कुनै पनि विरामी तथा  नर्स र स्टाफहरु बाहेक कोही थिएन्न ।
उक्त अस्पतालमा उपचार नहुने छाँट  नदेखेपछि उनले आफ्नो बुबाको उपचार भारतमा गराउने निणर्य गर । “यहा उपचार हुदैन जस्तो लाग्यो त्यै भएर बुबाको उपचार भारतमा गराउने भनेर म त उतै लागे ।”— दिपेन्द्र यादबले भने ।
गोरखपुरमा उपचार गराउने निधो गरी उनी बाबु, आम र स्वयम् बस चढेर भारततर्फ लागे ।

भैरहवाको बैंक रोडमा रहेको भिम अस्पताल काठमाण्डौमा अनसनरत डा. गोविन्द केसीको सर्मथकमा डाक्टरहरुले ईमेरजन्सीका विरामी बाहेक अन्य कुनैपनि विरामी नहेर्ने भएपछि गुप्ता जस्ता दजर्नौ मानिसहरुले अहिले  उपचारको लागि भारततर्फ लागेका छन । विहिवार अस्पताल परिसरमा जाँदा इमेरजन्सी वार्डमा एक जना विरामी बाहेक अन्य कुनै पनि विरामी थिएन्न् । जनरल वार्डमा एक जना स्टाफ(नर्स) मात्र थिईन भने प्रसुती गृहमा ३ जना जती विरामीहरु थिए ।
अक्मात दुर्घटना परेका व्याक्तिहरु तथा सुत्केरीको व्यस्थाले च्याँपेका बाहेक अन्य रोगहरुको अवस्थाको उपचार हुन सकेको छैन । जसको कारण अहिले रुपन्देहीका विभिन्न क्षेत्रहरुबाट आएका विरामीका आफन्तहरुले भारतमा नै उपचार गराउनको लागि जाने गरेका  छन ।  नवलपरासीबाट आएका गुप्ताले संवाददाता संग भन्दै थिए —“डाक्टर नै हुदैन्न रे भन्ने थाहा थिएन तर यहा आएपछि मात्र थाहा पाए डाक्टर हडतालमा छन रे ।”
उता रुपन्देहीको भैरहवा रहेको युनिर्भसल मेडिकल कलेज एण्ड साईन्सेजमा पनि अवस्था यस्तै थियो । कयौ विरामीहरु उपचारको लागि प्रतिक्षारत थिए भने कुनै विरामीका अफन्तहरु दौडधुपमा देखिन्थे ।
त्यस्तैमा रुपन्देहीको सेमराह —९ बाट बुहारीको उपचारमा आएका अब्दुल कम्दीसले आफ्नो बुहारीको सुत्केरी अवस्थाको उपचार नभएर दौड धुप गरेका थिए ।
अस्पतालले विरामी(सुत्केरी) लाई आवश्यक पर्ने ब्लड(रगत) पैसा तिरेर नपाउने र  रगतको सट्टामा रगत नै चाहिने भनेपछि उनीहरु रगत खोज्नको लागि दोडधुप  गरेका थिए । बुधवार विहान करिव १० बजे सुत्केरी व्यथाले च्याप्पेपछि बुहारी जरिना खातुनको
डेलिभरी केशको लागि आएका उनीहरुको विहीबार साँझ सम्म पनि  रगतको अभावमा उपचार हुन सकेको थिएन ।
एक प्याकेट रगत “खुनको साटो खुन” अर्थात(रगतको सट्टा रगत) नै चाहिने युनिर्भसल मेडिकल कलेज एण्ड रिसर्च सेन्टरको नियमको कारण उपचारमा जाने व्याक्तिहरु प्रभावित भएका छन ।
“एक दिन भन्दा बढि भयो बुहारीको उपचारको लागि खुन छैन भन्छ हामीले पैसा दिन्छौ भन्दा समेत मानेन ।”—ससुरा  अब्दुल कम्दीसले भने ।  पहिलो पटक गर्भवती भएकी बुहारीको उपचारको लागि उनका श्रीमान्, दाजु भाई लगायतका आफन्तहरु उपचारको लागि रगत खोज्नको लागिपरेका थिए ।
उता, युर्निभर्सल मेडिकल कलेज एण्ड रिसर्ज सेन्टरको प्रसुत वार्डमा रहेकी अनमी भगवती गैरेले अस्पतालको नियम नै रगतको साटो रगत दिनुपर्ने भएको कारण आफुहरुले विरामीको अपरेशन गर्न नसकेको जानकारी गराईन । उनले भनिन्—“रगत पैसाले त पाईदैन नी रगतको साटो रगत नै चाहिन्छ ।” उनले अहिले मात्र यो नियम नभई विगत लामो समय देखि नै लागू भएको जानकारी दिईन ।
  
तस्वीर विवरणः
१, २ र ३
photo 1

photo 2

photo 3

photo 4

रुपन्देहीको भैरहवामा रहेको युनिर्भसल मेडीकल कलेजमा बुहारीको उपचारको  लागि सेमरहवाबाट आएका खातुन परिवार वाहिर कलेज परिसरमा । तस्वीर ः कृष्ण खनाल ÷ बुटवल टुडे
२. भिम अस्पतालको खाली बेड । तस्वीर ः कृष्ण खनाल ÷ बुटवल टुडे








Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै