अझै पक्राउ परेन्न अंकुर तेलका सञ्चालक

कृष्ण खनाल 

भैरहवा, ३० पुस । 
खाद्य अनुसन्धान तथा गुण नियन्त्रण केन्द्रीय कार्यालयको अखाद्य प्रमाणित रिर्पोट 

रुपन्देहीको पडसरीमा रहेको गोविन्द आयल इन्डष्«िटजबाट उत्पादित तथा विक्री वितरण भइरहेको अंकुर ब्रान्डको तेल गुणस्तरहिन र स्वाथ्यमा गम्भिर प्रभावपार्ने भनेर प्रमाणित भएको महिनौ वित्दा समेत रुपन्देही प्रहरी प्रशासनले  उद्योगका सञ्चालकलाई कारवाहीमा आनाकानी गरेको सरोकारवालाहरुले बताएका छन ।  
 रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले रुपन्देही प्रहरीलाई  २०७० मंसिर १३ गते चलानी नम्बर ३८६१ को पत्रमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा आवश्यक छानबिन गरी कालोबजारी ऐन अन्तर्गत सम्बन्धित उद्योगका सञ्चालकलाई कारवाही प्रक्रिया अगाडि बढाउन निर्देशनात्मक पत्र पठाए पनि  रुपन्देही प्रहरीले पनि अहिले सम्म सञ्चालकलाई पक्राउ गरी आवश्यक कारवाही गर्न सकेको छैन । 
गत पुस १६ गते जिल्ला प्रहरी कार्यालयले उद्योगका सञ्चालक  सौरव अग्रवाललाई पक्राउ गर्न वडा प्रहरी कार्यालयलाई निर्देशनात्मक पत्र पठाएको करिव दुई साता वित्दा समेत प्रहरीले  सञ्चालकलाई ठोस कारवाही गर्न  नसकेको हो ।
गोविन्द आयल इन्डसटिज द्धारा उत्पादित अंकुर ब्राण्ड तोरीको तेल केन्द्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागले  गुणस्तरहिन प्रमाणीत गरिसकको छ ।  विभागकै रिर्पोटलाई आधार मान्दै जिल्ला प्रशाससन कार्यालय रुपन्देहीले उद्योगका सञ्चालक सौरव अग्रवाललाई पक्राउ गरि कारवाही पक्रिया अगाडी बढाउन रुपन्देही प्रहरीलाई निर्देशन दिएको थियो । 
उता, रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक(एसपी) विक्रम सिंहथापाले भने सञ्चालक अग्रवाललाई दुई दिन भित्र पक्राउ गरि कारवाही प्रक्रिया अगाडी  बढाउने बताए ।  सञ्चारकर्मीहरु संगको कुराकानीमा उनले भने—“मेरो लागि जनता ठुला हुन् जनताको स्वाथ्यमा खेलवाड गर्ने जो कोही पनि छोडिन्न ।”  उनले थपे—“ कानुनबमोजिम आवश्यक कारवाही हुन्छ यसमा ढुक्क हुनुस् ।”
त्यस्तै सञ्चालक पक्राउका लागि निर्देशनात्म पत्र बुझेका वडा प्रहरी कार्यालय अञ्चलपुरका प्रहरी निरिक्षक डिल्लीनारायण पाण्डेले सञ्चालक अग्रवालको खोजी कार्य जारी रहेको बताए । बुटवल टुडे संगको कुराकानीमा उनले भने—“मान्छे फैक्टीमा पनि छैन अन्त पनि छैन खोजी कार्य जारी रहेको छ ।” तर स्रोतका अनुसार उद्योगका सञ्चालक सौरव अग्रवाल पुस २७ गते सम्म भैरहवामा खलेयाम रुपमा घुमिरहेका थिए । 
यता सञ्चालकले विभिन्न सञ्चार माध्याममा प्रेस विज्ञप्ती जारी गर्दै प्रकाशित भएका लेखहरु आधारहिन भएको भन्दै खण्डन गरेको छ । 
प्रेस विज्ञप्तीमा लेखहरुमा नै उल्लेख नभएको कुरालाई उसले भनेको छ —“अन्य देशबाट आयत गरेर तोरिको तेल उत्पादन गरेकोलाई सोझै विदेशबाट तेल नै आयातित गरेको मापदण्डको परिधीमा राखि यथार्थ भन्दा बाहिर गरेर लेखहरु प्रकाशित  नगर्न आग्रह गर्दछौ  ” 
यता, सिद्धार्थनगर उद्योग बाणिज्य संघका अध्यक्ष विष्णु कुमार शर्माले आईतबार गोविन्द आयल ईन्डिष्ट्रजद्धारा विभिन्न सञ्चार माध्याममा प्रकाशित प्रेस विज्ञप्तीमा विगतमा विभिन्न सञ्चार माध्ययमा आएको समाचार भन्दा फरक भएको बताए । 
बुटवलटुडेसंग को कुराकानीमा  उनले भने—“गोविन्द आयल इर्डष्ट्रिजले  पत्रकारहरुले सोझै विदेशबाट तेल नै आयाति गरेको भन्दै  समाचार लेखेकोमा खण्ड्न गरेको छ तर उक्त कुरा होईन ।”
असोजको अन्तीम साता रुपन्देही सेमलार–९ का उपभोक्ता होमराज रिजालले खाना पकाउदा अंकुर तेलमा लेदो जमेको तथा गन्हाएको भन्दै स्थानिय प्रशासन हँुदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी दिएका थिए ।  उपभोक्ता रिजालको उजुरीकै आधारमा जिल्ला बजार अनुगमन समितीले गत कार्तिक ५ गते अंकुर तेल उत्पादन गर्ने गोविन्द आयल इन्डष्ट्रीजमा छापा समेत मारेको थियो । 
छापामारी खाद्य जाँचका लागी केही पोका तेल नियन्त्रणमा लिई पहिला क्षेत्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय भैरहवा  र केन्द्रमा पठाएको थियो । 
कात्तीक १० गते चलानी नम्बर २२३२ पत्रमा गोविन्द आयल इन्डसट्रीजद्धारा उत्पादित अंकुर तेल खान योग्य गुणस्तरयुक्त रहेको रिपोर्ट पेशभएको थियो । तर स्थानिय स्तरमा  आर्थिक चलखेल गरेर ‘खान हुने भन्दै’  रिर्पोट तयार गरिएपनि  केन्द्रीय खाद्य अनुसन्धान विभागमा पठाइएको रिर्पोटमा भने उक्त तेल ‘उपभोगको लागि हानिकारक’ भएको रिर्पोट आएको थियो । 
केन्द्रिय खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालय (विभाग)ले अंकुर ब्राण्डको शुद्ध तोरीको तेलका पोकाको नमुना प्यारामिटर चेकजाँच गर्दा रिफ्रयाक्टीभ इन्डेक्स १.४६५ देखि १.४६९ हुनुपर्नेमा १.४६३५ रहेको, परोक्साइड भ्यालु १० हुनुपर्नेमा १.७९ भएको र एसीड भ्यालु ०.५० हुनुपर्नेमा १.२५ रहेकोले खान अयोग्य र अखाद्य वस्तु मिसावट रहेको भन्दै विभागले कात्र्तीक २६ गतेको चलानी नम्बर १४५७ को पत्र जिल्ला प्रशासन कार्यालयलाई पठाएको थियो । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै