बर्षौ देखि सडकमा आश्रीत ईलाका प्रशासन

ईलाका प्रशासन कार्यालय बुटवलको जिर्ण भवन । तस्वीरःकृष्ण खनाल
कृष्ण खनाल 
बुटवल, १३ माघ । 
एक महिनामा करिव एक लाख भन्दा बढि राजश्व संकलन गर्ने एउटा सरकारी कार्यालय भवन कस्तो होला ।  जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छ । एउटा पक्की विल्डीङ्ग, प्रमुख तथा अन्य पदाधीकारी बस्ने स्थानमा एयरकन्डिसन् र  सेवाग्राहीको लागि एथेष्ट स्थान । तर यो अनुमान बुटवलको एक सरकारी कार्यालयमा मेल खादैन । 
बुटवल–११ नयाँबसपार्क नजिकै रहेको  ईलाका प्रशासन कार्यालयको स्थापना देखि नै नत आफ्नो भवन छ नत सेवाग्राहीको लागि प्रयाप्त स्थान र कार्यालय प्रमुखको लागि सुविधान सम्पन्न कोठा । बर्षौ देखि बुटवलको ईलका प्रशासन कार्यालय सडक डिभिजन कार्यालयको बुटवलको केही भवनमा आश्रीत हुदै आएको छ । 
सामान्य टिनले छाएको भवनमा  चर्को पानी पर्दा सेवाग्राहीको काम नै गर्न नसक्ने  अवस्था आउछ भने चर्को गर्मीमा टिनको  छानोले भत भतीपोलेर सेवा ग्राहीमात्र होईनन् कार्यालयमा काम गर्ने कर्मचारीहरुको सेवामा पनि प्रभाव प्रार्दछ ।   
वि.स. २०५२ सालमा बुटवललमा  स्थापना भएको ईलाका प्रशासन कार्यालय अहिले सम्म कहिले भाडाको घरमा, कहिले नगरपञ्चायतको घरमा त  कहिले सडक डिभिजन कार्यालयको भवनमा आश्रीत हुदै सञ्चालन हुदै आएका छ । वि.स.२०५२ सालमा स्थापना भएको ईलाका प्रशासन कार्यालय पहिला बुटवल–१० मा रहेको एक नीजी घरमा बसेको थियो । त्यसपछि वि.स.२०५४ साल देखि २०५७ साल सम्म नगर पञ्चायतमा बसेको थियो । जहा विभिन्न असहज स्थिती आएपछि  त्यहाबाट पनि सारिएको थियो  । 
पछिल्लो समयमा वि.स.२०६१ साल देखि ईलाका प्रशासन कार्यालय बुटवलको सडक डिभिजन कार्यालयमा रहेको छ । सडक डिभिजन कार्यालयको मातहातमा रहेको दुई वटा भवनमा अभाव अभावको कारण  गर्जो टार्दै बसिएको ईलाका प्रशासन कार्यालय बुटवलका शाखा अधिकृत यज्ञश्वर मरासेनी बताउँदछन् । 
बुटवल टुडे संगकको कुराकानीम शाखा अधिकृत मरासीनीले भने–‘लाखौ राजश्व उठाउने भवनको अवस्था यस्तो छ के गर्ने हामी त सरणमा नै बसेका छौ ।’ उनले एउटा छुटै स्थानमा सुविधा सम्पन्न ईलका प्रशासन कार्यालय बुटवलको भवन स्थापना हुनुपर्ने समेत माग गरेका छन । थप प्रष्टाउदै भने–‘एउटा राम्रो भवनको आवश्यकता छ ।’  अहिले ईलाका प्रशासन कार्यालय रहेको दुईवटै भवन केही  समयमै यातायात व्यवस्था कार्यालयले नायाँ भवन निर्माण  गर्नको लागि टेन्डर समेत आह्वान गरिसकको छ । 
तर ईलाका प्रशासन कार्यालयको भने कुनैपनि थातथलो नै छैन । यसको लागि सरकारी क्षेत्रबाट नै व्यवस्था हुनुपर्ने अधिकृतको माग रहेको छ । विगतको  समयमा मेला महोत्वस समेत आयोजना हुने गरेको स्थान सडक डिभिजन कार्यालयको माताहातमा रहेको छ । जुन स्थानमा करिव आधा दर्जन भन्दा बढि भवनहरु निर्माण भएका छन । 
जुन भवनहरु अधिकांस जिर्णअवस्थामा छन् । उता, सडक मापदण्ड भित्र परेका सडक डिभिजनकार्यालय बुटवलका ४ वटा भवनहरु अहिले सम्म पनिभत्काइएको छैन । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै