सरकारी भवन यौन क्रिणस्थल बन्दै

कृष्ण खनाल
बुटवल, १२ माघ ।

आईतबार साझको करिव ९ बजे मिलनचोक व्यापारी तिर्थ काफ्ले ईभिनिङ्ग वाक(साझको हिडाईं) को क्रममा बुटवलको अस्पताल लाईन, बसपार्क हुदै मिलनचोक तर्फ झर्दै थिए । बुटवलको नयाँ बर्ष पार्क नजिकै रहेको सडक डिभिजन कार्यालय र इलाका प्रशासन कार्यालय नजिकै जाँदा उनी एक पटक अच्चमीत भए ।  
तस्वीर बुटवलको नयाँबसपार्क नजिकै सडक डिभिजनकार्यालयको पर्खाल वाहिरको भवन । जहा रातको समयमा यौन क्रियाकलाप हुने गर्दछ । तस्वीरःकृष्ण खनाल /बुटवल टुडे ।

कारण थियो ईलाका प्रशासन कार्यालय बुटवलको को कम्पाउण्ड वाहिर पुराना भएर पनि नभत्काइएको भवनबाट आवाज केही आवाजहरु आईरहेका थिए । रातको समयमा त्यैपपनि सरकारी भवनको वाहिरपट्टीका खाली कोठामा केही युवा युवतीहरुको आवाज आईरहेको सुनेपछि उनी झनै अचम्मीत भए । यसो नजिकै गएर नियालेर हेर्दो त भित्र केही  युवा युवतीहरुलाई आपत्तीजनक अवस्थाम फेला पारे ।
‘पहिला त कुनै बास नभएको मानिसहरु होलान् भनेर सोचेको पछि त उनीहरु बाहिरबाट आउने गरेका मानिसहरुपो रहेछन ।’–व्यापारी काफ्लेले भने । बाहिर एक छेउमा मोटरसाईकल पार्कीङ्ग गरेर उनीहरुले भित्र यौन क्रियाकलाप गर्ने गरेको पाइएको हो ।
पछिल्लो  समयमा  लोडसेडिङ्गको समयमा अझ बढि मात्रामा  युवा युवतीहरु उक्त स्थानमा पुग्ने गरेको जानकारहरु बताउदछन । सडक डिभिजनकार्यालयले निर्माण गरेको ४ वटा भवनका ४ वटा कोठाहरु अहिले कम्पाउन(वाल ) भन्दा बाहिर छन । जसको कारण उक्त कोठाहरुमा यौन क्रिकलापको लागि वाहिरका मनिसहरुलाई सहज  हुने गरेको छ ।
 ४ वटा कोठाको वाहिरको ढोका खुल्लै हुने गरेको कारण त्यहि कोठामा बसेर कहिलेकाही मादक पदार्थ सेवन गरेका बेबारिसे मानिसहरुले रातभर हो हल्ला गर्ने गरेको भित्र बसोबास गर्ने मानिसहरु बताउदछन ।  जसको कारण कहिलेकाही त रातको समयमा सुत्न समेत नपाईने सडक डिभिजन भित्र बसोबास गर्ने एक जना व्याक्तिले भने–‘कहिलेकाही त चिच्याएको आवाजले  सुत्न सकिन्न ।’
सरकारी खर्चमा निर्माण गरिएका भवनहरु सडक मापदण्ड भित्र पर्नेभएपछि  कोठाहरु नभत्काईकन त्यतिकै छोडिएको कारण  अहिले अनैतिक क्रियाकलपा  गर्नेहरुलाई सहज भएको छ ।  उक्त कोठाहरुमा ढोका बन्द नगरिएको कारण पनि सहज हुने गरेको छ । कयौ पटक सडक डिभिज कार्यालयमा बसोबास गर्ने मानिसहरुले उक्त स्थानमा यौनक्रिकलापमा  गर्न आउने मानिसहरुको साईकल समेत नियन्त्रणमा लिनेगरेको  समेत जानकारी गराएका छन । अहिले उक्त कोठाहरुको अवलोकन गर्ने हो भने कण्डम तथा अन्य यौजनन्य बस्तुहरु छरप्रस्ट रुपमा देख्न सकिन्छ । कुनै कोठाहरुलाई पनि सडक बालाबालिकाहरुले सौच गर्ने स्थानको रुपमा समेत प्रयोग गर्ने गरेका छन ।
सरकारी लगानीमा निर्माण भएका उक्त भवनको केही कोठाहरुलाई समयमै नभत्काउनेहो भने यो विकृतरुप अझ बढ्न सक्नेजानकारहरु बताउदछन ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै