चोरीको मोटरसाईकलमा प्रहरी

कृष्ण खनाल
भैरहवा, ७ माघ ।

केही दिन अगाडी रुपन्देहीको सिद्धार्थनगर भैरहवामा रहेका एक व्यवसायी सिद्धार्थ सिंह स्कुटीमा हिड्दै गर्दा एक्कासी झस्कीए । कारण थियो उनी चढेको स्कुटरको नम्बर र उनकै अगाडी हुईकीरहेको मोटरसाईकलको नम्बर एउटै थियो । उनी पहिला अचम्मीत भए, अनि तुरुन्त ट्राफिक प्रहरीलाई सम्पर्क गरी जनाकारी गराए । 
फोटो विवरण
व्ययवसायी सिद्धार्थ सिंहको स्कुटरको नम्बर राखेर चलाइएको  चोरीको मोटरसाईकल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको परिषरमा । उक्त मोटरसाईकलको नम्बर उजुरी परेपछी परिर्वतन गरिएको छ । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे 
ट्राफिक प्रहरीबाटउनले उक्त ‘उक्त मोटरसाईकल पछ्याउनु’  भन्ने जवाफ पाए । तुरुन्त बुद्धचोकबाट नारायण पथ हुदै हुईंकीएको गाडीलाई पछ्उदै गर्दा बर्मेली टोलमा ट्राफिक फेला पारे । ट्राफिकलाई आफ्नो स्कुटरको पछाडी बस्न लगाई उक्त गाडी पछ्याउदै लागे । उनीहरु मोटरसाईकल पछ्याउदै गर्दा झन अच्चमीत भए ।
मोटरसाईकल नारायण पथको बोटो हुदैँ प्रहरी टोलमा पुगेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा प्रवेश गर्यो । यसरी एउटै नम्बरको मोटरसाईलक अरु कसैले नभई घुमुवा प्रहरीले चढेको कुरा वाहिर आएको छ ।  भैरहवाका ब्यवसायी सिद्धार्थ सिंहको नाममा दर्ता रहेको बा ४४ प ६१५२ नम्बरको मोटर साईकलको दुरुस्तै नम्बर प्लेट(नक्की) बनाएर प्रहरी नै चढेको  पाइएको हो ।
उता, यस विषयमा रुपन्देहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक न्यौपानेले नक्कल गर्न पनि अक्कल चाहिने र आफु मातहतको प्रहरी कर्मचारीबाट त्यो अक्कल प्रयोग नगरेको स्विकार गरेका छन ।
व्यसायी शाहले चोरीका सवारी नियन्त्रण गर्ने प्रहरी नै त्यसको दूरुपयोग गरेको देखेपछि पुस ३० गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी लिएर गएका थिए  तर  प्रहरीले उनको उजुरी नै दर्ता गरेन व्यवसवायी बताउदछन ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरिक्षक चिन्तामणि बुढाथोकीले  “उजुरी आएको तर उहालाई सम्झाई बुझाई गरे पछि मानेको र उजुरी फिर्ता लिएको ।” बताएका छन ।
यता प्रहरीले लिखित उजुरी दर्ता गर्न नमाने पछि मौखिक उजुरी दर्ता गराए तर सो सम्बन्धमा के कस्तो कार्यवाही भयो आफुलाई जानकारी नभएको शाहले बताएका छन । बा ४४ प ६१५२ नम्बरको सवारी स्कुटी भएको र सोही नम्बरको अर्को प्लेट भएको सवारी बजाज कम्पनीको रातो र कालो रङ्गको प्लेटिना मोटरसाईकल भएको शाहले जानकारी गराए ।
अहिले रुपन्देहीमा चोरीका सवारीहरु भन्सार नबुझाई प्रहरीद्धारा नै ब्यापक दुरुपयोग गरेको पाईएको हो । यसरी चोरीका सवारी साधन प्रयोग गर्नेमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र यस मातहतका अन्य ईलाका प्रहरी कार्यालय तथा प्रहरी चौकीहरु रहेका छन ।
जिल्लाका यस्ता बिभिन्न प्रहरी युनिटबाट नक्कली नम्बर प्लेट प्रयोग गरिएका सवारी साधनले असली सवारी धनिहरु मर्कामा परेको बताउछन । प्रहरीले सामान्य नागरिकको नाममा दर्ता रहेको नम्बर प्लेट प्रयोग गर्नु अवैधानिक हो कतै दुर्घटना वा अन्य केही बदमाशी गरे यसको मार असली सवारी धनिलाई पर्ने सरोकारवालाहरु बताउछन ।
यसरी चोरीका सवारी साधनमा नक्कली नम्बर प्लेट प्रयोग गरि सवारी साधन चलाउनेमा भने अधिकांश प्रहरी अधिकृतका घुमुवाहरु रहेका छन । रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरिक्षक बिक्रम सिंह थापा जिल्लाको ईन्चार्ज भएर आए लगतै अब उपरान्त म आफै घुमुवा हुने र आफ्नो कुनै घुमुवा नरहने उदघोष गरे पनि अहिले त्यो भनाईमा मात्र सिमित भएको छ ।  थापा आए पछि राहत महशुश गरेका रुपन्देही वासी प्रहरीको यो कर्तुतले प्रहरीद्धारा नै त्रसित भएका छन ।
 जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दिपक न्यौपानेले सादा पोशाकका प्रहरीहरु प्रिचालन गरिए पनि उनिहरुलाई घुमुवा भन्न नमिल्ने बताए ।“अपराध नियन्त्रणको लागि अनुसन्धानको सिलसिलामा सादा पोशाकका प्रहरी खटाउनु पर्ने हुन्छ । ” उनले भने —“सोही क्रममा कुनै प्रहरीद्धारा सो मोटर साईकल प्रयोग गरिएको हुन सक्छ ।” प्रहरीको यो गोप्य कार्यले वा कर्मचारीले नागरिकलाई कुनै प्रकारको हानी नगर्ने उनको दावी रहेको छ ।



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै