‘नमुना’को भष्ट्राचार छानविनमा आनाकानी

आफु दुई दिन सम्म रिहाव सेन्टरमा बसेको ९ हजार रुपैयाको विल देखाउदै प्रितम शाह । 
कृष्ण खनाल
भैरहवा, २२ पुस ।
नमुना एकिकृत विकास परिषद् भैरहवा विरुद्ध परेको भष्ट्राचार सम्बन्धी मुद्धाको छानविनका लागि अहिले सम्म कुनै पहल थालिएको छैन । भष्टचार सम्बन्धी अख्तिार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा  उजुरी परेको एघार दिन वितीसक्दा पनि क्षेत्रीय कार्यालयले  कुनै पहल नथालेको हो । भष्टचार नियन्त्रणको लागि भन्दै खुलेको अख्तियारले नै छानविन नथालेपछि  सम्बन्धीत कार्यालय(नमुना)बाट कागजपत्र हिनामिना गर्न सक्ने आशंका समेत बढेर गएको छ ।
नमुनाले विभिन्न वाहनामा पुर्व कर्मचारी एव्म  उपचारमा आएका लागु औषध प्रयोग कर्ताबाट नक्कली दुईवटा विल बनाएर ठग्दै आएको प्रमाण सहितको उजुरी पर्दा समेत आयोगबाट छानविनमा ढिलाई भएपछि थप आंशका बढ्दै गएको हो ।
आवश्यक छानविनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टान्सपेरेन्सी ईन्टरनेशन नेपाल (टीआई नेपाल), पारदर्शी नेपाल र राष्ट्यिता सर्तकता केन्द्रमा उजुरी परेको थियो । तर यि संस्थाहरुले अहिले सम्म कुनै पनि कानुनी प्रक्रिया थालेका छैन्न ।
टान्सपरेन्सी ईन्टरनेशन नेपाल, पारदर्शी नेपाल सिद्धार्थनगरमा मिति २०७० साल मंसिर २७ गते उजुरी परेको थियो भने  अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखरामा पुस ११ गते कुरीयर मार्फत उजुरी परेको हो ।
जिल्ला प्रसासान कार्यालय रुपन्देहीमा भष्ट्राचार सम्बन्धी निवेदन दर्ता गर्न खोज्दा निवेदन दर्ता गर्न नमानेपपिछी चार जना स्थानिय व्याक्तिहरुले विभिन्न निकायहरुमा निवेदन दर्ता गरेका थिए । तर अहिले आएर रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले  उजुरी दर्ता गर्ने बताएका छन् । बुटवल टुडे संगको कुराकानीमा उनले भने—“उजुरी आएको छैन आएमा दर्ता गर्नेछौ ।”
विश्व बैंकको  सहयोग  र नेपाल सरकारको राष्ट्यि एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा लागू औषध प्रयोग कर्ताहरुलाई न्युनतम तथा निःशुल्क रुपमा विभिन्न सेवा सुविधा प्रदान गर्नको लागि स्थापना भएको संस्थाले उल्टै लागू औषध प्रयोगकर्ताहरुसंग रिहाव सेन्टरमा राखेको रकम अशुल्ने गरेको, कर्मचारीहरु तलब बाट ‘नमुना फन्ड’ भन्दै ५ देखि १० प्रतिशत रकम काटेको र नेपाल सरकारको तलब खाएका र उक्त संस्थाको सहर्कायमा काम गरिरहेका खगेन्द्र बहादुर क्षेत्री र खड्क प्रसाद दाहाललाई विदेशमा अध्ययनको लागि पठाएको भन्दै उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका क्षेत्रीय प्रमुख दुर्गा प्रसाद पोखरेलले आयोगमा  नमुना विरुद्ध परेको  उजुरीको छानविनको लागि अध्ययन भैरहेको बताए । तर स्थलगत अध्ययनको लागि अझै हप्ता दिन बढि लाग्ने बुटवल टुडेलाई प्रतिक्रिया दिए ।
भष्टचारको रुपन्देही जिल्ला जिल्लाका  विभिन्न राजनीतिक दलहरुले घोर भत्सना गरेका छन । नेपाली कांग्रेस, सद्भावना पार्टी लगायतले भष्टा्चारको  कडा भन्दा कडा छानविन हुनुपर्ने माग गरेका छन ।
भष्टा्चारमा  नगरेको भन्दै  चोखिनको लागि  पत्रकार सम्मेलन गरेको नमुना एकिकृत  विकास परिषद्को पत्रकार सम्मेलनमै  भष्टा्चार गरेको कुरा बाहिर आएको हो ।
पत्रकार सम्मेलन गर्नको सोमवार बोलाइएका पत्रकार समुन्ने  पहिला पिडीतकै पक्षबाट विभिन्न निकायमा उजुरी दिएका व्याक्ति सिनपा.३ का  ३८ बर्षिय राजेश कारुसले गत  कार्तिक २० गते दुईवटा बिल बनाएर  नमुना लागू औषध परामर्स, उपचार तथा पुर्नस्थापना  गृहमा दुई दिन सम्म बसेका सिनपा वार्ड नम्बर ८ का ४१ बर्षिय प्रितम शाहबाट ९ हजार रुपैया लिएको पुष्टि भएको छ ।  करुसले गत कार्तिक २० गते उहि मितिमा ३ हजार र ९ हजारको दुई वटा विल बनाएर ठगी गरेको पुष्टी भएको हो ।
कारुसले आफुुले उक्त बिल नकाटेको र बिल कहाबाट आएको भन्ने बरेमा कुनै थाहा नभएको बताएपनि  नमुनाका कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले संस्थाले ९ हजारको विल  काटेको स्वीकार गरेका छन । उनले पहिला ९ हजार रुपैयाको बिल काटेको र पछि धेरै रकम भएको भनेर निवेदन आएपछि तिन हजार रुपैया फिर्ता गरिएको बताएका  थिए । पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले संस्थाले भने—“पहिला ९ हजार काटेका थियौ पछि बढि भएको निवेदन आएपछि  रकम फिर्ता गरेका हौं ।”
विगत लामो समय देखि उक्त कार्यालयमा कार्यरत कर्मचारीहरुको तलबबाट “नमुना फण्ड ” ५ देखि १० प्रतिशत रकम काट्दै आएको पुर्व कर्मचारीहरु बताउँछन । उक्त संस्थामा विभिन्न पदमा सन् २००५ देखि सन् २०११ फेब्रअरी महिना सम्म काम गरेकी रिमा विसीले  आफ्नो तलबबाट  १५ प्रतिशत सम्म तलब काटेको बताईन । 
पिडीतहरुले सोमबार विहान  आयोजना गरेको अर्को पत्रकार सम्मेलनमा संञ्चारकर्मी तथा मानवअधिकारवादी समेत रहेकी रिमा वि.सी.ले भनिन्—“मैले पहिला तलबमा ८ हजार सिग्नेचर गर्दथे तर पाउथे ५५ सय मात्र पाउथे । ” उनले थपिन्—“पछि १७ हजार तलबमा हस्ताक्षर गरेपनि जम्मा साढे १२ हजार  मात्र दिने गर्दथ्यो ।”
अख्तियारमा रुपन्देही जिल्ला हार्टी बनगाई ४ का ४० बर्षिय गोपाल बञ्जाडे, सिनपा वार्ड नम्बर ८ का ४१ बर्षिय प्रितम शाह, सिनपा  ३ का ३९ बर्षिय शुनिल चौधरी, सिनपा ३ का  ३८ बर्षिय राजेश कारुसले निवेदन दिएका थिए । तर अहिले आएर राजेश कारुसले आफुले कुनै निकायमा उजुरी  नदिएको  र आफ्नो हस्ताक्षर नक्कली प्रयोग गरिएको समेत बताएका छन । पत्रकार सम्मेलनमा उनले आफु पन्छीनको लागि उजुरीमा प्रयोग गरिएको हस्ताक्षर नक्कली भएको दावि गरे । उनले दावि गरेपनि आफैले काटेको  नक्कली बिल र सक्कली विलमा हस्ताक्षर एउटै छ  । तर उनले पत्रकार सम्मेलनमा बाडेको प्रेस विज्ञप्तीमा अर्कै हस्ताक्षर  प्रयोग गरेका थिए ।
व्यक्तीगत रुपमा प्रेस विज्ञप्ती बाडेका उनले बुटवल टुडे प्रति गम्भिर आरोप समेत लागाएका छन् । उनले जारी गरेको प्रेस विज्ञप्तीमा  गत पुस १२ गते प्रकाशित नमुना विरुद्ध अख्यिारमा उजुरी शिर्षको समाचारमा नक्कली विल बनाएर छापिएको भन्दै आरोप लगाएका थिए । ताकी उक्त विल संस्थाका कार्यक्रम संयोजक खगेन्द्र क्षेत्रीले संस्थाले नै काटेको पत्रकार सम्मेलनमा  बताएका थिए । 
उक्त संस्थाले कर्मचारीहरुबाट काटेको रकम स्टान्डर्ड च्याटर्ड बैंक को खाता नम्बर ०१—१३६२९६८—०१ र लक्ष्मी बैंकको खाता नम्बर ००१७१०४००००९१७ मा जम्मा गर्न लगाउदै आएको छ । तर अहिले कुनैपनि फण्ड संस्थाको नाममा नभएको नमुनाका खगेन्द्र बहादुर क्षेत्री बताउदँछन । उनले आफु विदेश अध्यानको लागि गएको र अहिले केही दिन यता नेपाल आएको पत्रकारसम्मेलनमा बताएका थिए । 
नमुनाका कर्मचारी खगेन्द्र बहादुर क्षेत्री र खड्क प्रसाद दाहाललाई लक्ष्मी बैंकको  व्याक्तिगत खाता नम्बर ००१७११०९००००१०९ र ०००८२३१००००९९२ मा रकम जम्मा गरेर विदेश अध्ययनको लागि स्टेट युर्निभसिटी अफ बंगलादेशमा पठाएकोमा समेत नमुनाले स्वीकारेको छ ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै