किसानलाई ५ सय ८३ टन सहुलीयतमा गहुँको विउ

 कृष्ण खनाल
बुटवल, १३ कार्तिक । 
रुपन्देही गहुँको उत्पादनमा  हुने प्रमुख जिल्लाको रुपमा चिनिन्छ । सोही अनुरुपमा रुपन्देहीका किसानहरुलाई लक्षित गरेर गर्त वर्ष जस्तै यस बर्ष  पनि  नेपाल सरकारको अनुदानमा जिल्ला कृर्षी विकास कार्यालय रुपन्देहीले आजबाट अनुदानको गहुको विउ वितरण गर्दै छ । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका अनुसार यस बर्ष ५ सय ८३ मेट्रिक टन गहुको विउ सहुलियतमा वितरण गर्न लागिएको हो । जसको लागि सहकारी मार्फत वितरणको प्रबन्ध मिलाईएको छ ।  जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा राष्ट्रिय विउविजन कम्पनी लिमिटेड मार्फत गहुको विउ वितरण गर्न लागिएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृर्षि अधिकृत कृष्ण भद्र अधिकारीले  जानकारी दिए । 

उनका अनुसार   गहुको विउँ  ६० रुपैँया प्रतिकिलो पर्दछ, यसमा  नेपाल सरकारको अनुदान २१ रुपैया पछि किसानहरुले प्रतिकिलो ३९ रुपैयाँमा गहुको विउ पाउने छन् । 
जिल्ला कृषि विकास कार्यालयको सिफारिमा  भृकुटी, विजय, एनएल् २९७, एनएल् ९७१, गौतम, आदित्य लगायतका  गहुँ रुपन्देहीमा कृषकहरुले लगाउदछन् । 
जिल्ला कृषी विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषी विकास अधिकृत कृष्ण भद्र अधिकारीले भने–‘गत बर्ष जस्तै यस बर्ष पनि हामी कृषकहरुलाई सहुलियतमा गहुको विउ वितरण गर्र्दै छौ ।’ उनले थपे–‘गहु उत्पादनमा रुपन्देही उत्कृष्ठ जिल्ला मानिन्छ , अनुदानको विउको लागि कृषकहरुको माग  पनि बढि छ  ।’

उनका अनुसार रुपन्देहीको ३० हजार हेक्टर क्षेत्रफलमा गहु  लगाईने गरिन्छ ।  रुपन्देही जिल्लामा पनि नीजि कम्पनीहरुले गहुको विउ उत्पादन गर्दै आएका छन् । रुपन्देहीबाट मात्रै ७ सय ५० टन गहुको विउ उत्पादन भएको छ । जुन विउ रुपन्देही जिल्लाको अलवा यस क्षेत्रको आसपासका जिल्लाहरुमा पनि निर्यात हुने गरेको छ ।  रुपन्देही जिल्ला गहुको विउ उत्पादनमा आत्मनिर्भर मानिन्छ । 
नेपालमा अयाात गरिने अधिकांस खाद्यान्नको विउ विदेशबाट  आयात गरिने गरे पनि गहुको विउको लागि  नेपाल आत्मनिर्भर रहेको छ । 
रुपन्देहीका किसानले उत्पादन गरेको गहुंको बीउ अन्य जिल्लामासमेत निर्यात गर्ने गरेको  जिल्लाल कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत कृष्णभद्र अधिकारीले जानकारी दिए ।  
रुपन्देहीमा उत्पादित गहुंको बीउ नवलपरासी, कपिलवस्तु, पाल्पा, तनँहु लगायतका जिल्लामा निर्यात हुने गरेको छ । अहिले  रुपन्देही जिल्लामा विजय, भृकुटी, गौतम, एनएल२९७  र एनएल ९७१ जातका  गहुंको बीउ उत्पादन हुने गरेको छ । 

अन्यका तुलनामा यी बीउको उत्पादकत्व राम्रो र रोगप्रतिरोधात्मक शक्ति बढी भएकाले यस जिल्लामा उत्पादित बीउ अन्य जिल्लामासमेत लोकप्रीय हुने र निर्यात हुने गरेको जिल्ला कृर्षी विकास कार्यालय रुपन्देहीले जनाएको छ । 
रुपन्देहीमा दुई वटा सहकारी र तीन वटा नीजी कम्पनीले २ हजार ९ सय मेट्रीक टन गहुँको उन्ननत बीउ उत्पादन गर्ने गरेका छन् । रुपन्देहीका ४० हजार किसान गहँु खेतीमा संलग्न छन् भने ३० हजार हेक्टर क्षेत्रमा गहुँ खेती गरिन्छ । त्यसका लागि ३ हजार ७ सय टन बीउ आवश्यक पर्छ ।
जसबाट प्रतिहेक्टर उत्पादन ३.२ मेट्रिक टन हुने गरेको छ ।  जिल्लामा ८ सय टन बीउ मात्र अनुदानमा आएको थियो । अनुदानको बीउ ४० किलोलाई १३ सय ६० रुपैया पर्छ भने बाहिर २ हजार रुपैया मूल्य छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती