पश्चिम नेपाल बस व्यवसायीमा चुनावी सर्गर्मी

 कृष्ण खनाल
बुटवल, १२ कार्तिक ।
नेपालकै सबैभन्दा ठुलो यातायात व्यवसायी संघ पश्चिम नेपाल बस व्यसायी संघको २२ औ अधिवेसन  तथा साधारण सभा नजिकिदै जाँदा विभिन्न प्यानलबाट उमेद्बारी घोषणा गर्ने होडबाजी चलेको छ ।  केही दिन पहिला नेकपा एमाले समर्थीत व्यवसयीहरुले संघको आगामी कार्यकालको लागि उमेद्बारी घोषणा गरे लगत्तै विहिवार एमाओवादी र नेपाली कांग्रेस  निटक व्यवसायीहरुले ‘संयुक्त व्यसायीक प्यानल’ भन्दै उमेद्बारी घोषाणा गरेका छन् ।
एमाले निटक व्यवसायीहरुले केही दिन पहिला एमाले अञ्चल पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उमेद्वारी घोषणा गरेका थिए भने एमाओवादी र कांग्रेस निटक व्यवसायीहरुले विहिवार सिद्धार्थ कटेजमा कार्यक्रम आयोजना गरी उमेद्बारी घोषाणा गरेका छन् ।
वर्तमान अध्यक्ष समेत रहेका दधिराम खरेललाई पुन अध्यक्षको उमेद्वारी बनाईएको छ भने  बरिष्ठ उपाध्यक्षमा कृष्ण ब हादुर खड्कालाई उमेद्बारी बनाईएको छ । त्यस्तै उपाध्यक्ष पदको लागि उपेन्द्रमान  श्रेष्ठ र अर्को उपाध्यक्ष पदमा लोकराज न्यौपानेलाई उमेद्बारी बनाइएको  छ ।
त्यस्तै अहिले कोषाध्य रहेका पदमराज गाहालाई महासचिवको उमेद्बारी बनाइएको छ, भने सचिव पदमा रामचन्द्र भुषाललाई उमेद्बारी बनाइएको छ । कोषाध्यक्ष पदमा किशोर सुवेदीलाई उमेद्बारी बनाइएको छ  । त्यस्तै वर्तमान सह–सचिव महेन्द्र एसीलाई सह सचिव पदमा, सुरेन्द्र श्रेष्ठलाई पनि सह सचिव पदमा उमेद्बारी बनाइएको छ ।
उमेद्बारी घोषणा कार्यक्रममा बोल्दै बर्तमान अध्यक्ष तथा अगामी अध्यक्षका उमेद्वार दधिराम खरेलले पेशागत हितको लागि आफु नेतृत्वको प्यानल खडा भएको भन्दै  आफ्नो प्यानलाई कमजोर नसम्झीनको लागि अनुरोध गरेका थिए ।उनले भने –‘हामी व्याक्तिगत स्वार्थ भन्दा  पेशागत र व्यवसायीको हक हितको लागि आवाज उठाउने व्याक्ति हौ,  त्यसैले जित सुनिश्चित छ ।’
पुर्व अध्यक्ष दामोदर ज्ञवाली र कृष्ण प्रसाद न्यौपानेले सकेसम्म सहमतीको प्रयास जारी रहने भन्दै सहमती नभएर एमाले निकट व्यवसायीहरु घाटा हुने बताएका थिए ।  
यस अघि एमाले निकट व्यसायीले अध्यÔपदमा गणेशबहादुर भट्टराई, बरिष्ठ उपाध्यÔ पदमा  नारायणप्रसाद घिमिरे, उपाध्यÔ पदमा धुर्वराज अर्याल र गोपालबहादुर पौडेल, महासचिव पदमा  जीवनकुमार बञ्जाडे, सचिव पदमा रमेशचन्द्र श्रेष्ठ,  सह–सचिवमा एकदेव खनाल र गोविन्द्र कंडेल तथा कोÈाध्यक्ष पदमा  कुश्माखर रेग्मी लाई उमेद्बारी बनाएका थिए ।
संघको यही कातिर्क २२ र २३ गते बुटवलमा हुने अधिवेशनले ९ जना पदाधिकारी सहित ४८ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ ।
नेपालकै सबैभन्दा धेरै २२ सय २४  यातायात व्यवसायी रहेको संघमा  एक हजार भन्दा बढी एमाले समथिर्त यातायात व्यवसायीहरु रहेको बताइन्छ ।
तस्वीर विवरण ः उमेद्बारी पस्चात समुहिक तस्वीर खिचाउदै एमाओवादी र कांग्रेस निटक व्यवसायीहरु ।  कृष्ण खनाल/बुटवल

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती