चाड पर्वमा ठगिदै उपभोक्ता,, बस्तु एक मुल्य अनेक

कृष्ण खनाल

बुटवल, ४  कार्तिक । 
नेपालीहरुको दोस्रो ठुलो  चाड शुभदिपावली अन्र्तगत यमपञ्चक सुरु भएको छ । सोही अनुसार  अहिले  नेपालीहरु  दिपावलीको लागि किनमेलमा व्यस्त छन भने कसैले दिपावलीको लागि खाद्यान्न लगायतका सामानहरुको जोह गर्न लागिरहेका छन् । 
 चाड पर्वको मुखैमा बढि खपत हुने तेल, खाद्यान्नमा मैदान, आटा र सुजी, ध्यु जस्ता बस्तुहरुमा व्यापारीहरुले फरक फरक मुल्य राखि विक्रि वितरण गर्ने गरेको पाईएको छ । मंगलबार बुटवल टुडेले गरेको सर्वेक्षणमा व्यापारीहरुले एउटै बस्तुको मुल्य फरक ÷फरक गरी बेच्ने गरेको पाइएको हो  । खाससगरी रुपन्देही खुद्रा किराना व्यवसायी समिति पदाधिकारीहरुले  नै यसरी फरक फरक मुल्यमा खाद्यान्न बस्तुहरु विक्रि गर्ने गरेको रहस्य बाहिर आएको छ । 

मंगलबार बुटवलको मैत्रीपथमा रहेको पाणिनी स्टोर्समा रुपन्देही खुद्रा किराना व्यवसायी समितिका उपाध्यक्ष महेन्द्र  पोखरेलले धारा तेल प्रतिलिटर १ सय ७५ रुपैयाँ मा विक्रि गरिरहेका थिए । भने उनी आवद्व रहेको रुपन्देही खुद्रा किसाना व्यवसायी समितिका अध्यक्ष न्यौपाने स्टोर्स  बुटवल राजमार्ग चौराहका सञ्चालक लक्ष्मण न्यौपाने सोही  तेललाई  १ सय ७० रुपैयामा विक्रि गरिरहेका थिए । 

त्यस्तै सोही समितिका सचिव दिव्यज्वोती किसाना स्टोर्स बुटवल–१४  जिगतढीका सञ्चालक ज्ञान प्रसाद न्यौपानेले भने उपाध्यक्ष महेन्द्र पोखरेल ले नै विक्रि गरिरहेको रेट अर्थात १ सय ७५ रुपैयाँमा विक्रि गरिरहेको पाइएको थियो ।  यस्तै उपाध्यक्ष पोखरेल ले बुटवल–८ मैत्री पथमा धारा तेल प्रतिलिटर १ सय ७५ रुपैयाँ, स्वाविन तेल १ सय २० रुपैयाँ, तेज तोरिको तेल १ सय ३२ रुपैया र मैदा ४० रुपैयामा फुटकर विक्रि वितरण गरेका थिए भने खुद्रा किराना व्यवसायी समितिका अध्यक्ष न्यौपाने ब्रर्दश बुटवल राजमार्ग चौराहका सञ्चालक लक्ष्मण न्यौपानेले धारा तोरीको तेल १ सय ७० रुपैयाँ प्रतिलिटर, स्वाविनको तेल १ सय २० रुपैया  प्रतिलिटर र मैदा   ४० रुपैयामा विक्रि वितरण गरिरहेका थिए । 

समितिका सचिव दिब्यजोती किराना स्टार्स बेलबासका सञ्चालक ज्ञान प्रसाद न्यौपानेले धारा तोरिको तेल १ सय ७५ रुपैया प्रतिलिटर, स्वाबिन तेल १ सय ३० रुपैयाँ प्रतिलिटर र मैदा ४० रुपैयामा विक्रि वितरण गरिरहेका थिए । 
यो तथ्यांकबाट पनि खुद्रा किराना व्यवसायी होस् या होलसेल व्यापारीहरुले फरक फरक मूल्य निर्धारण गरी उपभोक्ताहरुलाई प्रत्यक्ष रुपमा ठग्ने गरेका छन् । 

रुपन्देही खुद्रा किराना व्यवसायी समितिका अध्यक्ष न्यौपानेका अनुसार चाड पर्वको कराण पछिल्लो समयमा धारा तोरीको तेलमा प्रति पेटी (१० लिटर २० पोका)मा २० रुपैया देखि २५ रुपैया वृद्धि भएको छ ।  भने अन्य बस्तुहरुको मुल्यमा करिव उचारचढाव आएको भएपनि मुल्यमा खासै धेरै परिर्वतन आएको छैन । 

बुटवल टुडे संगको कुराकानीमा अध्यक्ष न्यौपानेले भने चाड पर्वको कारण ह्वातै मूल्य बढेको छैन, तर तेलमा केही मुल्य बढेर आएको छ ।’
उनका अनुसार बजारमा  किनबेच गर्ने उपभोक्ताहरुको भिड विस्तारै बढ्दै गएको छ । पहिलाको तुलनमा करिव २५ देखि ७५ प्रतिशत सम्म करोवार वृद्धि भएको किराना व्यवसायीहरु बताउदछन् । 

उपभोक्ताहरुले अन्य सामानहरु किनमेलको लागि भारतीय बजारमा जाने गरेको कारण खाद्यान्न पनि उतैबाट खरिद गरेर आउने गरेको यस क्षेत्रमा खासै चलहपल नभएको पनि व्यवसायीहरुको भनाई रहेको छ । 
समितिका उपाध्यक्ष महेन्द्र पोखरेलका  अनुसार आलुको मुल्य आकाशिएको छ । पहिला ४२ देखि ४५ रुपैयाँ पर्ने  रातो आलु अहिले ५५ रुपैयामा पुगेको छ भने  पहिला ४० रुपैयामा पाईने सेतो आलु अहिले ५० रुपैयामा पुगेको छ । चार्ड  पर्व नजिकिदै  गर्दा व्यापारीहरुले  विगतका दिनहरुमा मुल्य बढाउने गरेका थिए ।
खुद्रा किराना व्यसायीहरुले माथिबाट नै मूल्य बढेर आएको भन्दै खाद्यान्नको मूाल्य बढाउने गरेका छ्न् । यस बर्ष पनि यस्तो देखिएको छ । यसको लागि सम्बन्धीत सरोकारवाला निकायले समयमै ध्यान दिनुपर्ने बेला आएको छ । 



Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती