भाँचीएकोे हड्डीमा निःशुल्क रड

कृष्ण खनाल
बुटवल, १० कार्तिक । 
तपाईं कतै दुर्घटनामा पर्नुभयो र हात वा खुट्टाको हड्डी भाँचीएर रड राखेर उपचार गर्नुपर्ने भयो भने यसको लागि खुसिको खबर छ । भैपरी आउने दुर्घटनाबाट हात, खु्ट्टाको हड्डी भाँचीएर रड राखि उपचार गर्नुपर्ने  विरामीहरुको लगि यस क्षेत्रमै पहिलो पटक निःशुल्क उपचार हुने भएको हो । यसरी निःशुल्क हड्डी राख्ने व्यवस्था रुपन्देहीको मणिग्राममा रहेकोे क्रिमशन अस्पतालले प्रदान गर्ने भएको हो । 
यसरी यस क्षेत्रमा पहिलो पटक  निःशुल्क रुपमा भाँचीएको हड्डीलाई जोड्नको लागि निःशुल्क रुपमा रडक राख्नको लागि विरामीको करिव २० देखि ३० हजार रुपैया जोगिन सक्ने अस्पतालका हाडजोर्नी तथा ट्रमा सर्जन विशेषज्ञ डा.योगेन्द्र अग्रहरी भनाई रहेको छ । 
साईन फ्युचर केयर ईन्टरनेशनल नामक एक विदेशी
गैर सरकारी संस्थाको आर्थिक सहयोगमा उक्त सेवा सञ्चालन गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डट मनोज ढुंगानाले जानकारी दिए ।
डा. अग्रहरीका अनुसार  विदेशी गैर सरकारी संस्थाको सहयोगमा सञ्चताल  गर्न लागिएको यो कार्यक्रम यस क्षेत्रमा पहिलो पटक हो । उनका अनुसार अस्पतालमा  हड्डी भाँचीको कारण रड राखेर उपचार गर्नुपर्ने विरामीहरुको लागि एक जनालाई ६ वटा सम्म निःशुल्क रड प्रदान गरिनेछ । उपचारको लागि लाग्ने खर्च स्वयम् विरामीले व्यहोर्नुपर्ने छ भने रडको मात्र खर्च अस्पतालले निःशुल्क रुपमा प्रदान गर्ने छ । 
अमेरिकामा एउटा रडको मूल्य करिव २ सय देखि ३ सय अमेरिकी डलर पर्ने र नेपालमा करिव २० देखि ३० हजार रुपैया पर्ने गर्दछ । 
यस क्षेत्रमा माहिनामा करिव १० देखि १५ जना विरामीहरु हड्डी भाँचीएको कारण रड राख्नको लागि आउने गरेको एक तथ्यांकमा पाईन्छ । पुर्व पश्चिमा राजमार्ग र सिद्धार्थ राजमार्गमा हुने दुर्घटनाको कारण अधिकांस विरामीहरुको हात खुट्टा भाँचीने गर्दछ । 
हाड जोर्नि विशेषज्ञ डा. अग्रहरीले भने–‘सरकारी क्षेत्रबाट  प्रदान गर्न नसक्ने सेवा निजी क्षेत्रबाट विदेशी  दातृ निकायको सहयोगमा प्रदान गर्नु राम्रो कुरा हो । ’ 
उनले थपे–‘हामीले यस्तो प्रकारको विरामीलाई महिनौ सम्म राख्दैनौं उसको अवस्था हेरेर करिव ३÷४ दिनमा डिस्चार्ज गछौ, जसले विरामीको खर्च पनि जोगिन्छ ।’  अस्पताले यस क्षेत्रमा हाडजोर्नी तथा ट्रमा विभागलाई सेवा तथा सुबिधायुक्त बनाउने उदेश्यले साइन संग सहकार्य गरिएको अस्पतालका लेखा संयोजक केवल ज्ञवालीले बताए । 
अस्पतालले अहिले रुपन्देहीजिल्लाको तिलोत्तमा नगरपालिका वार्ड नं ६ स्थित १ विगाहा १० कठ्ठा एक क्षेत्रफलको आफ्नै जग्गामा  नेपाल सरकारको अस्पताल भवननिर्माण राष्ट्रिय संहिताअनुसार अत्याधुनिक सुबिधा सम्पन्न ¥याम र लिफ्ट सहितको ४ तले आफ्नो भवनबाट हाल १० शैयाको सघन उपचार कक्ष सेवा(आईसीयु सेवा) र  २४ सै घण्टा आकस्मीक सेवा सेवा उपलब्ध गराउदै आईरहेको छ ।  निकट भविश्यमा एनआईसीयु सेवा समेत सञ्चालन गर्ने र अस्पताललाई २०० शैयाको को बाउने लक्ष्य अस्पतालको रहेको छ ।
अस्पताले शुरुमा तिघ्रा र खुट्टाको रडहरु र आगामिदिनहरुमा मेरुदण्ड र अरु इम्प्लान्टहरु पनिनिःशुल्क रुपमै उपलब्ध गराउने लक्ष्य लिएको छ ।  साईन नामक संस्था २ सय ८१ भन्दा बढि अस्पतालहरुमा ५२ भन्दा बढि मुलुकहरुमाआफ्नो सेन्टर खोलेको छ । 
१९९९ देखि हाल सम्मकरिब १,३९,३०३ बिरामिहरुको सफलउपचार साइन संस्थाले गरिसकेको तथांकमा पाईन्छ । विगत १३ वर्ष देखि पोखरा विश्व विद्यालयबाट सम्बन्धनप्राप्तगरी विविए, विसीए, बिसिआईएस, वि फार्माका कक्षाहरु सञ्चालनगर्दै आइरहेको यस क्रिमसनकलेज अफ टेक्नोलोजीले विगत ३ वर्ष देखि रुपन्देहीको मणिग्राममा ५० शैयाको क्रिमशन अस्पताल मार्फत सेवाप्रदानगर्दे आईरहेको हो । 
तस्वीर संलग्न छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती