रुपन्देहीमा ‘कोर्ट म्यारिज’ नगन्य

कृष्ण खनाल
बुटवल, २४ असोज । 
कानूनी रुपमा बैद्यानिकता पाउने ‘कोर्ट म्यारिज
’ गर्नेहरु रुपन्देहीमा नगन्य मात्रामा रहेका छन् । कानूनी बाधा अड्चन आएको बेला ‘पोष्ट म्यारिज’ (अरु विवाह) गर्ने मानिसहरुको संख्या केही बढि भएपनि जिल्ला प्रशासन कार्यालयमा ‘कोर्ट म्यारिज’ गर्ने निवेदन दिनेहरुको संख्या न्युन रहेको छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा अन्तरजातिय विवाह गरेका जोडीहरुले प्रशासनबाट पाउने पुरस्कार(सहुलियत)को कारण कोर्ट म्यारिज गर्ने गरेको भएपनि अन्य मानिसहरु भने कोर्ट म्यारिजको लागि जिल्ला प्रशासन कार्यालयमा धाउदैन्न् । 

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका विवाह दर्ता फाँटका नायव शुब्बा प्रेम रोका का अनुसार प्रशासन कार्यालय रुपन्देहीमा ४÷५ बर्षमा करिव जम्मा १ सय ५० वटा मात्र कोर्ट म्यारिज र पोष्ट म्यारिजको लागि निवेदन दर्ता भएका छन् । 

खासगरी बैदशिक कार्य प्रयोजनको लागि ‘पोष्ट म्यारिज’ गर्ने क्रम केही बढेको भएपनि कोर्ट म्यारिज गर्ने परिपाटी न्यून रहेको नायव सुब्बा रोका को भनाई रहेको छ । बुटवल टुडेसंगको कुराकानीमा नायव सुब्बा रोकाले भने–‘पछिल्लो समयमा कोर्ट म्यारिजको लागि आउनेको संख्या नगन्य नै छ भन्दा पनि हुन्छ  ।’ उनले थपे–‘जुन स्थानबाट पनि गर्दा हुने भएको ले पनि रुपन्देहीमा कम देखिएको हो की ।’

रुपन्देही जिल्लामा गत आर्थिक बर्ष मात्र ‘पोष्ट म्यारिज’को लागि १० वटा निवेदन दर्ता भएका थिए भने यस आर्थिक बर्षमा जनम्मा ४ वटा मात्र निवेदन दर्ता भएका छन् ।
 कोर्ट म्यारिज र पोष्ट म्यारिजको लागि गएको पाँच बर्षमा करिव १ सय ५० वटा मात्र निवेदन दर्ता भएका छन् । 
श्रीमान वैदशिक रोजगारमा वा श्रीमती बैदशिक रोजगार र उत्तै बसोबास गर्नको लागि जाने भएमा प्रमाणको लागि पोष्ट म्यारिज (अरु विवाह) गरेको प्रमाण चाहिने भएको कारणले पनि जिल्ला प्रशासन मार्फत प्रमाण पत्र लिने हरुको संख्या  केही बढि रहेको छ । 

खासगरी विदेशको नागरिक संग विवाह गरि बैदेसिक रोजगार वाट उतै विदेशमा नै बस्नुपर्ने अवस्थमा यस्तो प्रकारको प्रमाण आवश्यक पर्दछ ।  
केही बर्ष पहिला गाविस कार्यालयमा  पञ्जाधिकारीले विवाह दर्ता गरेको प्रमाण पत्र  नेपालमा लेखिएको दिने भएको कारण जिल्ला प्रशासन कार्यालयमा गई नेपाली र अग्रेजीमा लेखिएको प्रमाण पत्र लिने क्रम बढेको थियो । तर पछिलो समयमा स्थानिय निकाय, गाविस, नगरपालिकामा पनि नेपाली र अग्रेजी माध्यममा लेखिएको प्रमाणपत्र पाईने भएको कारणले पनि जिल्ला प्रशासनमा मानिसहरु कमै मात्रामा जाने गर्दछन् ।  
के हो कोर्ट म्यारिज ? 
घरपरिवार र सामाजले अन्तरजातीय बिहेलाई सजिलै पचाउन नसकेकालेहरुले औपचारिकता दिनको लागि कोर्ट म्यारिज रोज्ने गर्दछन् । यो विवाह कानुनी रुपमा दरिलो प्रमाणको रुपमा रहेको अधिवक्ता ओम पंगेनीको भनाई रहेको छ । धेरै झन्झटीलो नहुने भएको कारणले पनि कोर्ट म्यारिज उपयुक्त हुने उनको तर्क रहेको छ । 

कोर्ट म्यारिजको लागि केटा वा केटीको उमेर २० बर्ष पुरा भएको हुनु पर्दछ । विदेशी नगरिक भएमा उसको भिसा लागेको पासर्पोट(राहदानी)को प्रतिलिपी र केटा र केटीको स्वीकृत सहित ३ जना आफन्तहरुले साक्षी बस्नु पर्दछ । 
नेपाली नगरिकको लागि पनि दुबै केटा, केटीको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी र ३ जना साक्षिको आवश्यकता हुन्छ । यो विवाहको लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको १५ दिन भित्रमा जिल्ला प्रशासन कार्यालय आवश्यक प्रमाणहरु बुझेर प्रमाण पत्र दिने गर्दछ । 
केटा र केटी करिव २ महिना संगै बसेको हुनुपर्ने कानुनमा व्यवस्था गरेको छ । 
पोष्ट म्यारिज के त?
पोष्ट म्यारिज भनेको पहिला नै औपचारिक रुपमा विवाह गरिसकेका व्याक्तिहरुले प्रमाणको लागि जिल्ला प्रशासन वा स्थानिय निकायबाट बिवाह गरेको प्रमाण पत्र लिनुलाई पोष्ट म्यारिज वा अरु विवाह दर्ता  भनिन्छ । यस्तो विवाह वैदशिक रोजगारको लागि श्रीमान् श्रीमती संगै जाँदा प्रमाणकोलागि गरिन्छ भने कुनै  पनि कार्यमा श्रीमान् श्रीमतीको नाता प्रमाणीकरणको लागि पनि यो विवाह गरिने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । 

सांस्कृतिक–सामाजिक प्रक्रिया झन्झटिलो, समय धेरै लाग्ने, खचिर्लो हुने र आफूले खोजेको जीवनसाथीलाई समाजले पचाउन नसक्नेलगायत कारण ‘कोर्ट म्यारिज’ गर्ने गरेको   सामाजसास्त्रीको भनाई रहेको छ । 

कानूनअनुसार उमेर पुगेका जुनसुकै अविवाहित नेपाली नागरिकले बिहेका लागि जिल्ला प्रशासन कार्यालयमा दरखास्त दिन सक्छन् । प्रहरी–प्रशासनले उनीहबारे बुझेर बिवाह दर्ता गरी प्रमुख जिल्ला अधिकारीले प्रमाणत्र प्रदान गर्दछन ्। 

कोर्ट म्यारिज नै नगरे पनि सांस्कृतिक परम्परागत अनुसार बिहे गर्नेहरु घटेका छन ्। मन्दिरमा बिहे गर्ने र बिहे गर्दा लाग्ने खर्चले सडक बालबालिका, अनाथ, असहाय, आश्रम बसेका वृद्धवृद्धलाई भोज खुवाउने, उनीहरुलाई कपडालगायतका सामान दिने र सामाजिक काममा सहयोग गर्न सकिने कतिपयको भनाई रहेको छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती