कालिकाको शाख उच्च पार्नेहरु

कृष्ण खनाल
बुटवल,  असोज ।  
विज्ञान संकाय सञ्चालन गरेको पहिलो दोस्रो बर्ष कालिका उच्च माविबाट सहभागी कक्षा १२ की छात्रा आशा खनाल छात्रा तर्फ पश्चिमाञ्चल प्रथम भईन् । ८३.२ प्रतिशत अंक ल्याएकी उनी अहिले पूर्ण छात्रावृत्तीका पुलचोक ईन्जिनियर कलेजमा अध्ययन गर्दै आएकी छिन् । 

२०६९ सालको व्याचकी गंगा श्रेष्ठले ८१.४ प्रतिशत र जमुना श्रेष्ठ ७८.८ प्रतिशत अंक ल्याए र उनीहरु जुम्ल्या दिदीबहिने अहिले मणिपाल क्याम्पसमा  पूर्ण छात्रावृत्तिमा अध्ययन गरिरहेका छन् । 
व्यवस्थापन संकायमा २०६८ मा क्षेत्रीय प्रथम भएका तेज बहादुर बुढाथोकी पनि अहिले पोखरा विश्व विद्यालय अन्र्तगत बुटवलको एक्सीस उच्च माविमा पूर्ण छात्रवृत्तमा अध्ययन गरिरहेका छन् । 
–हालै प्रकाशित विज्ञान समुहको कक्षा १२ को नतिजामा दिपक कुँवर ले ८४.४ प्रतिशत अंक ल्याएर सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम भए । 

*********************
यी प्रस्तुत गरिएका उदाहरण बुटवल–१२ कालिकानगरमा रहेको कालिका उच्च माविका विद्यार्थीहरुले हासिल गरेका नतिजका केही अंशहरु मात्र हुन । भर्खरै मात्र सार्वजनिक भएको प्रविणता प्रमाणपत्र तह अर्थात कक्षा १२ को विज्ञान संकायमा सोही विद्यालयबाट सहभागी गुल्मीका विद्यार्थी दिपक कुँवरले सामुदायिक विद्यालय तर्फ नेपाल प्रथम भएका छन् । उनले ८४.४ प्रतिशत अंक हासिल गरेका थिए ।

 उनी अहिले  विद्यार्थीहरुको लागि प्रेरणाको  पात्र बनेका छन् । आफु भन्दा तल्लो कक्षाका विद्यार्थीहरुको लागि अहिले उनी कसरी अध्ययन गर्दा सफल भईन्छ भन्ने विषयमा प्रशिक्षण तथा कार्यशालामा समेत सहभागी  हुदै ज्ञान बाढिरहेका छन् ।  
केही बर्ष यता यस क्षेत्रमा सामुदायिक विद्यलयमा छुट्टै विशिष्ट पहिचान बनाउन सफल भएको कालिका उच्च माविले पछिल्लो समया यस क्षेत्रका निजी र ठुला भनिएका उच्च माविहरुलाई चुनौती दिईरहेको छ । 
सोही उच्च माविमा  अध्यनरत विद्यार्थी सचिन गहतराज ७८ प्रतिश अंक ल्याएर उत्र्तीण भएका थिए । उनी अहिले रामापुर कृर्षी क्याम्पस चितवनमा पूर्ण छात्रावृत्तमा बिएस्सी एजी अध्ययन गरिरहेका छन् । 
त्यस्तै ६८ प्रतिशत अंक ल्याएका शुनिलदेव ढकाल पनि काठमाण्डौ विश्व विद्यालयमा मेकानिकल ईन्जीनियरिङ्गमा पुर्ण छात्रवृत्तीमा अध्ययन गरिरहेका छन् । यति मात्र र्होन व्यवस्थापनमा छात्रा तर्फ पश्चिमाञ्चल प्रथम भएकी निर्माला घिमिरेले अहिले राममणी क्याम्पससमा पूर्ण छात्रावृत्तीमा विबिएस अध्ययन गरिरकी छिन् । 

मन्टेश्वरी अर्थात शिशु कक्षा देखि नै कक्षा १० सम्म नै अंग्रेजी माध्यममा अध्यापन गराउँदै आएको कालिका उच्च माविले राष्ट्रिय स्तरको समेत थुप्रै पुरस्कार पाईसकेको छ  ।  
शिक्षिक शिक्षीकाहरुको विचमा हुने ‘टिम’ वर्को र विद्यार्थीहरुलाई अध्यापन गराउने शैलीमा नीजि भन्दा पनि कमी नराखि विद्यालयले अध्ययान अध्यायपन गराउदै आएको कारण शैक्षिक नतिजा तर्फ नीजि विद्यालयहरुलाई समेत चुनौती दिईरहेको प्राचार्य घनश्याम पाठकको भनाई रहेको छ । 
मङ्गगो शुल्क लिएर पनि गुणस्तरिय शिक्षा प्रदान गर्न नसक्ने  अन्य निजी  उच्च मावि तथा विद्यालयहरुलाई दरिलो जवाफ अत्यन्तै न्युन शुल्कमा आफुहरुले दिन सकेको प्राचार्य पाठको तर्क रहेको छ । पाठशाला संगको कुराकानीमा प्राचार्य पाठकले भने–‘शिक्षक शिक्षीकाहरुको टिम वर्क  राम्रो रहेको छ, सबैको प्रयाश रहेमा एक दिन अवश्य सफल भईन्छ भन्ने हाम्रो मान्यता हो, शिक्षक पद्धितीमा आधुनिकता संगै शिक्षक र विद्यार्थी र अभिभाव विचको त्रिकोणात्मक संमन्वयबाट समेत हामी शैक्षिक गुणस्तर सुर्धानको लागि सफल भएका छौ ।’

उच्च मावि तर्फका ईन्चार्ज दिनेश थापाले शैक्षिक समग्री तथा शैक्षिक पद्वतीमा आधुनिकता ल्याएको बताउछन् । उनले पछिल्लो समयमा आएको विज्ञान प्रविधिको परिर्वतन संगै नयाँ नयाँ प्रयोगबाट विद्यार्थीहरुलाई अध्ययन प्रभावकारी बन्दै गएको बताए । उनले भने–‘हामी विस्तारै आईटी प्रविधिको प्रयोग गर्दै विद्यार्थीहरुको लागि आधुनिक शिक्षा प्रद्वतीबाट अध्यापन गराउदै आएका छौ जसको कारण विद्यार्थीहरुको सिकाईमा केही  फरकपन आएको छ ।’
शैक्षिक कुरा मात्र नभई अन्य अतिरिक्त क्रियाकलापमा समेत उक्त उच्च माविले नीजि तथा ठुला भदौदा उच्च माविहरुलाई चुनौती दिईरहेको छ । उक्त विद्यालयबाट सहभागी विद्यार्थीहरु जिल्ला व्यापी खुल्ला चेस प्रतियोगीतामा कक्षा १० का शंगम खत्रीले जिल्ला प्रथम भएका छन् भने दिव्या लामिछाने निवन्ध प्रतियोगीतामा नगर प्रथम भएकी छिन् । 

अघिल्लो बर्ष नगरस्तरिय भलिवल प्रतियोगीतामा प्रेम पुनको समुह प्रथम भएको थियो ।त्यस्तै  चित्रकला प्रतियोगीतामा द्धितिय स्थान र जिल्ला स्तरिय कविता प्रतियोगीतामा पनि प्रथम भएको तियो कालिका उच्च मावि । जिल्ला स्तरिय बक्तृत्व कला प्रतियोगीतामा आस्था लोहनी दोस्रो भएकी थिईन् भने कोकाकोला फुटवल कपमा नेपालमै दोस्रो भएको थियो जुन २०६५ सालको कुरा हो । 

विद्यालयतह अतिरिक्त क्रियाकलाप प्रमुख विष्णुहरी ज्ञवालीले प्रत्येक हप्ता विद्यालयको क्यालेन्डरमा प्रकाशित सेडुल अनुसार दै साप्ताहिक विभिन्न क्रियाकलापहरु गर्ने गरेको बताउँछन् । उनले प्रत्येक बार्षिक उत्सव कार्याक्रममा साता व्यापी कार्यक्रम आयोाजना गर्नुको साथै प्रत्येयक बर्ष पुस ६ गते शेर बहादुर गुरुङ्ग खुला कविता प्रतियोगीता समेत विद्यालयले आयोजना गर्दै आएको बताए । उनले पछिल्लो समयमा विद्यालयमा खेल शिक्षक नभएको भएपनि विद्यार्थीहरुले विभिन्न प्रतियोगीतामा सहभागी भएर पुरस्कारहरु हातापार्दै आएको भएपनि खेल शिक्षकको व्यवस्था हुन सकेमा अझ प्रभाविकारी हुने बताए  । उनले भने–‘खेल शिक्षक नहुदा नहुदै पनि विद्यार्थीहरुले यतिको राम्रो गरेका छन्, अझ शिक्षकको व्यवस्था हुन सकेमा अझ विद्यार्थीहरुको प्रतिभा प्रस्फुटन हुने थियो ।’

उता, उच्च मावितह अतिरिक्त क्रियाकलाप  प्रमुख लोकराज घिमिरेका अनुसार उच्च मावि तर्फ यसै बर्ष जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगीतामा प्रकृती पाठक प्रथम भएकी छिन् । त्यस्तै हजिरी जवाफ, बादविवाद, भलिवल प्रतियोगीतामा पनि विद्यार्थीहरुले सहभागीता जनाउदै विभिन्न स्थान हासिल गर्दै आएका छन् । 
उक्त उच्च माविमा विद्यालय स्तरतर्फ कक्षा १ देखि ५ सम्म मुना, कोपिला, पुष्प र मञ्जारी गरी ४ वटा सदन बाढिएको छ भने कक्षा ६ देखि १० सम्म गुरास, सगरमाथा, देवकोटा, कर्णाली, सिद्धार्थ, भानु गरी ६ वटा सदनमा विभाजन गरिएको छ । त्यस्तै उच्च मावि तर्फ फेकेल्टीवाईज समुहरु निर्माण गरेर आन्तरिक प्रतिस्पर्धा हुदै आएको छ । 
अहिले उच्च माविमा कक्षा ११को विज्ञान संकायमा १ सय २५ जना, व्यवस्थापन संकायमा २ सय ४० जना र शिक्षा संकायमा ७० जना र मानविकी संकायमा २० जना विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । त्यस्तै कक्षा १२ मा विज्ञान संकायमा ९८ जना, व्यवस्थापनमा २ सय जना , शिक्षा संकायमा ७० जना र मानविकी संकायमा २४ जना विद्यार्थीहरुले अध्ययन गरिरहेका छन् ।  
त्रिभुवन विश्व विद्यालयबाट वि.स.२०७० सालमा ४ बर्षे स्नातक तहको सम्बन्धन प्राप्त गरी कालिका उच्च माविमा बुटवल कालिका क्याम्पस समेत सञ्चालनमा आएको छ । अहिले विबिएसमा ७० जना विद्यार्थीहरुले अध्यन गरिरहेका छन् । 

ढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढढ


गुणस्तरिय प्राविधिक शिक्षा प्रदान गछौं ः प्राचार्य पाठक
घनश्याम पाठक
वि.स. २०१८ सालमा गोठको विद्यालयको रुपमा स्थापना भएको कालिका उच्च मावि अहिले स्नातक लेवलको विबिएस सम्मको कार्यक्रम चलाउन हामी सक्षम भएका  छौ ।  पछिल्लो समयमा गुणस्तरिय र प्राविधिक शिक्षामा जोड दिदै आएको हामीले अहिले कक्षा शिसु देखि नै अंग्रेजी माध्यममा अध्यायपन गराईरहेका छौ । सामुदायिक विद्यालयमा हामी रुपन्देहीमा मात्र होईन पश्चिमाञ्चल विकास क्षेत्रमै उत्कृष्ठ विद्यालयको रुपमा पहिचान बनाएका छौ । हाम्रो विद्यालयमा पुर्णरुपमा सक्षम र गुणस्तरिय शिक्षक शिक्षीकाहरु रहुनुभएको छ । उहाहरुको मिहिनेतको कारढण नै हामी अहिले यो स्थानमा आएका छौ । आगामी दिनमा पनि यस उच्च माविको साख उच्च राख्नको लागि कुनै पनि समि हुने छैन भन्ने मैले आशा लिएको छु । 

ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
नयाँ प्रविधिको प्रयोगबाट  फड्को मार्दै छौ–ईन्चार्ज थापा
दिनेश थापा 
–हामी कुनै पनि कुरा भन्ने मात्र होईन त्यो पुरा गरेरै छोड्छौ  सामुदायिक विद्यालय तर्फ नेपालमै प्रथम स्थानमा पु¥याउने हाम्रो लक्ष्य रहेको छ । पछिल्लो समयमा विज्ञान प्रविधिको युग संगै हामीले अध्यन अध्यापन कार्यमा समेत नयाँ नया प्रविधीको प्रगोग गर्दै आएका छौ जसको कारण विद्यार्थीहरुको सिकाई पद्वतीको गुणस्तरमा वृद्धि भएको छ । आगामी दिनमा पनि हामीले यसलाई निरन्तता दिदै जानेछौ ।  रुपन्देही जिल्लामा हामी अग्रभागमा नै छौ, यसको विस्तार हामी क्षेत्रीय हुदै केन्द्र सम्ममा पनि हामी नाम कमाउन चाहान्छौ । विद्यार्थीहरुले पनि पछिल्लो समयमा राम्रो गर्दै गएका छौ । यसको एकमात्र श्रेय भनेको टिम वर्क हो । हामी सबै शिक्षक शिक्षीकाहरुको सामुहिक प्रयाशबाट मात्र यो संभव भएको हो । यसलाई हामी निरन्ता दिदै अगाडी बढ्ने छौ ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती