सहायक सामग्रीको लागि विदेश कै भर


 कृष्ण खनाल
बुटवल, ३१ असोज । 
तिलोत्तमा नगरपालिकामा  मणिग्राममा रहेको शान्ती उच्चमाविमा कक्षा १२ मा अध्ययनरत गीता र विन्दु अर्याल दुईदिदीवहिने पूर्ण रुपमा दृष्टिविहिन हुन् । 
उनीहरु विद्यालय जाँदा होस् या अन्य कुनै पनि स्थानमा हिडडुल गर्दा उनी सेतो छडी अर्थात ह्वाईट क्यान प्रयोग गर्छन् । उनीहरुले प्रयोग गर्ने सेतो छडी नेपालमा निर्माण हुदैन । यसको लागि उनीहरुले कि त कुनै एनजीओको भर पर्नु पछि कि त आफै काठको लठ्ठी निर्माण गरी प्रयोग गर्नु पर्दछ । 
यि उल्लेख गरिएका अर्याल दिदी बहिनी उदाहरण मात्र हुन ।  नेपालका करिव ३० देखि ३२ लाख अपाङ्गता भएका व्याक्तिहरु भएको अनुमान गरिन्छ । यि मध्ये करिव आधाको संख्याले सहकाय सामग्री  प्रयोग गर्दछन् । सेतो छडी, ह्वील चियर, ट्राई साईकल तथा कृत्रीम अंगहरु नेपालमा उत्पादन हुदैन्न । यि सबै सहायक सामग्रीहरुको लागि अहिले पनि अपाङ्गता भएका व्याक्तिहरुले विदेशीको भर पर्ने पर्दछ ।
अपाङ्गता भएका व्याक्तिहरुले नेपालमा सहज रुपमा नपाईने सहायक सामगी्रको लागि  अन्र्तराष्ट्रिय गैर सरहकारी संस्था तथा  विभिन्न सरकारी संस्थाहरुको मुख ताक्नु पर्ने अवस्था रहेको छ । 
यसरी जहिले पनि विदेशी मुलुकुको भर पर्नुपर्ने अवस्थालाई सधैको लागि अन्त्य गर्नको लागि सरकारी निकायबाट नै सहकायक समाग्रीहरुको उपब्धता हुनुपर्ने माग गर्न थालिएको छ । 
दृष्टिविहिनहरुले प्रयोग गर्ने सेतो छडी (ह्वाईट क्यान), ह्वील चियर, कृतिम अंग लगायतका सहायक सामग्री सरकारबाट निःशुल्क उपलब्ध हुनुपर्ने  माग अपाङ्गता भएका व्याक्तिहरुले उठाएका छन् ।  
अपाङ्गता भएका व्याक्तिहरुले प्रयोग गर्ने ह्वील चियर र सेतो छडी, कृतिम अंक निर्माण गर्ने कम्पनी नभएको कारण विदेशबाट ल्याउनु पर्ने बाध्यताको कारण महङ्गो पर्ने भएकोले स्वदेशमा निर्माण हुनुपर्ने माग राष्ट्रिय अपाङ्ग महासंघ नेपाल पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेलको भनाई रहेको छ ।  उनले अपाङ्गता भएका व्याक्तिहरुलाई विभिन्न कार्यसम्पादनको लागि केही सहज हुने सहायक सम्रगी स्थानिय निकाय, जिल्ला विकास समिति, नगरपालिका तथा गाउविकास समितिबाट उपलब्ध गराउनको लागि माग गरे । उनले भने–‘हामी अपाङ्गता भएका व्याक्तिहरु सवाल राष्ट्रिय सावल बन्नु पर्दछ , सहायक समग्रीहरुको सहज रुपमा उलब्धता पाउनु पर्दछ ।’ उनले राज्यबाट नै यसको व्यवस्थापन हुनुपर्ने भन्दै  अध्यक्ष पोखरेलले अहिले पनि दृष्टिविहिन भएका व्याक्तिहरुले सेतो छडी सम्म नपाईराखेको अवस्थामा अन्य सहायक समाग्रीको आश गर्नु आशा मात्र हुने बताए । 
नेपाल नेत्रहिन संघ रुपन्देहीका अध्यक्ष बालकृष्ण मरासीनले अपाङ्गता कुनै पनि व्याक्तिको रहर नभएर बाध्यता भएको भन्दै  मानिस जुन सुकै अवस्थामा पनि अपाङ्गता हुन सक्ने भन्दै समाजमा अपाङ्गता भएका व्याक्तिहरुलाई हेर्ने दृष्टिकोणमा परिर्वतन ल्याउनको लागि आग्रह गर्दछन् । उनले भने–‘दृष्टिविहिनता भनेको अझ बढि संबेदनशिलता हो, यसमा सरकार थप जिम्मेबार हुनुपर्दछ ।’

बुटवल नगरापालिकाका कार्यकारी अधिकृत धुब्र बहादुर खड्काले अपाङ्गता भएका व्याक्तिहरुले दिएको निवेदनको आधारमा नगरपालिकाले बजेट विनियोजन गरी विभिन्न आयमुलक, चेतनमुकल र सिप मुलक क्षेत्रमा कामहरु गर्दै आएको भन्दै आगामी दिनमा पनि सहकार्य जारी रहने बताएका थिए ।  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी हरीराज वाग्ले ले दृष्टिविहिनता भएका अपाङ्गता भएका व्याक्तिहरुको सम्बेदनशिलता बढि भएको कारण ट्राफिक व्यवस्थापनमा खट्दा प्रहरीले प्रथमिकता दिएको बताएका थिए । उनले विभिन्न समयमा अपाङ्गता भएका व्यायिक्तहरुले यातायात प्रयोग गर्दा आउने समस्याको बारेमा गुनासो गर्ने गरेकोमा आफुहरुले यथशक्य सामाधान गर्ने बताए । 

बुटवल नगरपालिकाका प्रशासकिय अधिकृत कृष्ण प्रसाद ज्ञवालीले विगतका दिनमा नेपाल नेत्रहिन संघ संग नगरपालिकाले गर्दै आएको सहकार्य आगामी दिनमा पनि जारी रहने बताउदै प्रथमिकताको आधारमा अपाङ्गताभएका व्याक्तिहरुको लागि जहिले पनि प्रथमिकतामा राख्ने बताउदछन् । 
रुपन्देही जिल्लामा अपाङ्गता भएका व्याक्तिहरुको यथार्थ तथ्यांक नभएपनि  आर्थिक बर्ष वि.स. २०६७÷०६८ मा अपाङ्गता जिल्ला संमन्वय समितिले रुपन्देही जिल्लामा  ५ हजार ७ सय ५२ जना अपाङ्गता भएका व्याक्तिहरु भएको तथ्यांक सार्वजनिक गरिएको थियो । 
रुपन्देहीमा रुपन्देही नेत्रहिन  संघ र नेत्रहिन पुर्नस्थापना कार्यक्रमले रुपन्देहीले संकलन गरेको तथ्यांक अनुसार १० हजार ४८  जना दृष्टिविहिन तथा अल्प दृष्टिविहिन रहेको पाइएको छ । जिल्लामा २ हजार १ सय १ जना निको नै नहुने खालको दृष्टिविहिन रहेका छन् । जुन पुर्ण रुपमा सेतो छडी प्रयोग कर्ताहरु हुन । उनीहरु सबैको ‘ख’ बर्गको निलो  परिचयन पत्र रहेको छ ।
  उनीहरुले अवको आर्थिक बर्ष देखि नेपाल सरकारले उपलब्ध गराउने मासिक ३ सय रुपैया भत्ता स्वरुप पाउनेछन् ।  रुपन्देहीमा  निको नै नहुने दृष्टिविहिनहरुमा १ सय १ सय ३३ जना महिला दृष्टिविहिनहरु रहेका छन् । 
ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्ण्
 दिवसमा ¥याली तथा अन्र्तरक्रिया
बुटवल संवाददाता
५० औ अन्र्तराष्ट्रिय सतो छडी सुरक्षा दिवसको अवसरमा बुधबार बुटवलमा जचेतनाकुलक दृष्टिविहिनहरुले सेतो छडी सहित ¥याली निकालेका छन् । रुपन्देही नेत्रहिन संघको आयोजना भएको ¥याली बुटवलको नया बष पार्कबाट सुरु भई बुटवल नगरापलिका सभाहलमा पुगेर अन्र्तरक्रिया कार्यक्रममा परिरण भएको थियो । बुटवल नगरपालिकाका कार्यकारी अधिकृत धुब्र बहादुर खड्काको प्रमुख आतिथ्यता भएको रुपन्देही नेत्रहिन संघका अध्यक्ष बालकृष्ण मारासीनीको अध्यक्षता रहेको थियो । 

नेपाल नेत्रहिन संघका लेखा समिति संयोजक कृष्ण जिसीले स्वागत मन्तव्य राखेको कार्यक्रममा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी हरीराज वाग्ले, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष देवी बहादुर पोखरेल, नेपाल नेत्रहिन संघ रुपन्देहीका संस्थापक अध्यक्ष तथा राष्ट्रिय अपाङ्ग महासंघ रुपन्देहीका अध्यक्ष आत्मराम पौडेल, अपाङ्ग पत्रकार संघका केन्द्रीय सदस्य तथा पश्चिमाञ्चल संयोजक कृष्ण खनाल, नेत्रहिन पुर्नस्थापना कार्यक्रम रुपन्देहीका कार्यक्रम संयोजक प्रेम महार्जन, फिल्ड सुपरभ्वाईजर हरी बहादुर भण्डारी लगायतले मन्तव्य राखेका थिए । 

कार्यक्रममा १५ जना विभिन्न तहमा अध्ययनगर्ने दृष्टिविहिन विद्यार्थीहरुलाई  छात्रवृत्ती प्रदान गरिएको थियो । हरी थापा, गिता अर्याल, विन्दु अर्याल, जिवन पोखरेल, रुपेश पौडेल, महादेव क्षेत्री, उमादेवी थापा, विनाकला थारु, रामु गाहा, शंकर रेग्मी,गिता पौडेल,आशा रेगामी, निर्मल पौडेल, शंकर ज्ञवालीलाई प्सलटु लेवलका लाई १ हजार व्याचलर लेवलको लागि १५ सय रुपैया प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चाल नेपाल नेत्रहिन संघ रुपन्देहीका सचिव शिला घिमिरेले  गरेकी थिईन् । 
तस्वीर संलग्न छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती