शिर्षक एकातिर काम अर्कातिर अपाङ्ग विकास कोषको रकम



शिर्षक एकातिर काम अर्कातिर
अपाङ्ग विकास कोषको रकम

कृष्ण खनाल
बुटवल ११ जेठ ।
चालु आर्थिक बर्षमा जिल्ला बिकास समितीद्धारा अपाङ्ग विकास कोषको अन्तर्गत खर्च गरिएको रकम शिर्षक एकातिर काम अर्कातिर  भएको छ ।
आर्थिक बर्ष समाप्तहुन केहि महिना मात्र बाकि रहेको बेला खर्च गरिएको रकम को केहि हिस्सा जिल्ला परिषदबाट स्वीकृत कार्यक्रम भन्दा फरक ढङले खर्च गरिएको पाईएको हो । जिल्ला विकास समितीबाट अपाङ्ग विकास विकास कोष को नाममा चालु आर्थिक बर्षमा छुट्ट्इएको रकमको केहि भाग स्वीकृत बजेट शिर्षक भन्दा फरक शिर्षकका खर्च गरिएको छ । रुपन्देही जिल्लाको जिल्ला परिषद्बाट स्वीकृत बजेटमा स्पष्ट संग अपाङ्ग विकास कोृषकोे रुपन्देही जिल्ला परिषद्बाट स्वीकृत बजेट शिर्षकहरुमा खर्च नगरीएर अन्य शिर्षकहरुमा बजेट खर्च गरिएकोे हो ।
जिल्ला परिषद्बाट अपाङ्ग विकास कोषको रकम  अपाङ्गगता भएका व्यक्तिहरुको सिपमुलक तथा आयमुलक क्षेत्रमा खर्च गरिने भनेर स्पष्ट संग उल्लेख गरिएको छ ।
जिल्ला विकास समिती रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गाप्रसाद श्रेष्ठले अपाङ विकास काृषको रकम अपाङ्गता भएका व्यक्तिहरुकको सिप तथा आय मुलक क्षेत्रमा खर्च गरिने भनी बजेट विनियोजन भएको जनाकारी दिए । तर उनले अपाङ्ग विकास कोषको रकम अपाङ्गता भएका व्यक्तिहरुको आय तथा सिप मुलक क्षेत्रमा खर्च गरिने भनिएको भए पनी त्यसो हुन सकेको छैन ।
खर्च भएको बजेट  सिप मुलक तथा आय मुलक कार्यमा खर्च नगरी रकम तथ्याङ्क संकलन ,दृश्टीविहिन महिला क्रेकेट संञ्चालन तथा प्रसासनीक कार्यमा खर्च गरिएको छ ।
यसरी खर्च भएको रकम  अपाङ्गता भएका व्यक्तिहरुको नय“ा तथा पुरानो तथ्याङ्क संकलनको लागी ३५ हजार रुपैया  खर्च गरिएको छ भने विनीयोजित शिर्षक भन्दा फरक  राष्ट्रिय महिला दृष्टिवीहीन महिला क्रिकेट प्रतियोगिता संञ्चालनको लागी ५० हजार रुपैया गरि खर्च गरिएको छ । यसरी विना शिर्षक खर्च गरिएको रकमको वारेमा  रुपन्देही जिल्ला सामाजीक साखा अधिृकत दुर्गा प्रंसाद श्रेष्ठले किन खर्च गर्रिएको हो भन्ने बारेमा कुनै जानकारी दिएन्न । विनीयोजन गरिएको शिर्षक हरु मध्ये जिल्ला पसिमितीका पदाधिकारीलाई अपाङ्गता महासन्धि  सि आर पि डी तालिम संञ्चालनको लागी १ लाख रुपैया ,जिल्ला भित्रका गैर सरकारी संस्थाहरु संग संमनय गरि अपाङ्गता भएका व्यक्तिहरुलाई आयमुलक तथा सिममुलक तालिम संचालनकामा २ लाख ५० हजार ,अपाङ्गता उत्थान कार्यक्रम अन्र्तगत जिविस गाउ नगर कार्यक्रम अनुगमन तथा मुल्याङकन  १ लाख २५ हजार रुयैया अझै खर्च हुन सकेको छैन ।
यसरी जिल्ला परिषदबाट एउटा शिर्षकमा रकम विनियोजन गरिने तथा बजेट खर्च गर्दा भने अन्य शिर्षकहरुमा खर्च गर्ने गरिएको कारण जुन लक्षीत समुदायमा जुन उदेश्यको लागी बजेट बनाइएको हो त्यसमा रकम खर्च नहुदा अपाङ्गहरु ले बजेट बाट पाउने लाभ पाउन सकेका छैन्न ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै