हस्तानान्तरण भए पनी संञ्चालन हुन गह्रो




कृष्ण खनाल
बुटवल ६ अशोज ।
विश्व स्थाथ्य संङगठना (डब्लु एच ओ )र एपिडिनियोलोजी रोग नियन्त्रण महासाखा काठमाडौबाट रक्त संञ्चार सेवा केन्द बुटवलमा हस्तानान्तरण गरिएको करिव २२ लाखको प्लेटिलेट्स सेपेरेटर मेशिन विद्युत नियमित नहुदा संञ्चालमा कडिनाई हुने भएको छ । सुक्रवारमात्रै सक्त संञ्चार सेवा केन्द्र बुटवलमा हस्तानान्तरण भएको उक्त मेसिन लोडसेडिङ्गको कारण संञ्चालन हुनमा अनौलता छाएको छ । विगत बर्षमा डेङ्गुरोगको कारण रुपन्देहीमा प्लेटिलेट्सका लागी काठमाडौ जानु पर्ने बाध्यता थियो । काठमाडौको सेवा बुटवलमा र यस आसपासका जिल्लाहरुका स्थानिय बासिन्दाहरुले पाउने भएको भए पनी अझै केहि समय कुर्नु पर्ने भएको छ । रक्तदाताबाट संकलन गरिएको रगतबाट रातो रक्तकोेष र प्लेटिलेट्स छु्ट्टउने मेशिन विद्युत आपुर्ती नियमीत  नहुदा संञ्चालमा शमस्या आएको रक्त संञ्चार केन्द्र  बुटवलका संयोजक प्रेमलाल उदासले जनाकारी दिए । उनका अनुसार उक्त मेशिनका संञ्चालनका लागी  २४ सै घण्टा विद्युत आवश्यक पर्दछ ।  विद्युत नियमित नभएको र घण्टौको लोडसेङ्गिका कारण रगतबाट छुट्याइएको  प्लेटिलेट्स बचाउन गाहे हुन्छ ।  प्लेटिलेसलाई  माईनस ४० डिगी्रको तापक्रम आवश्यक पर्ने भएको कारण नियमित  विद्युतको आवश्यक पर्ने केन्द्रिय रक्त संञ्चार केन्द्र कठमाडौका बरिष्ठ प्राविधिक अनिल महर्जनले जनकारी दिए । रक्त संञ्चार सेवा केन्द्र बुटवलका संयोजक प्रेमलाल उदासले  रक्त संञ्चार सेवा केन्द्रमा लुम्बिनी अञ्चल अस्पतालमा रहेको टास्फर्मरबाट २४ सै घण्टा विद्युत विद्युत आपुर्ती गर्नका लागी पहल गरिएको भएपनी उपलब्ध हुन सकेको जानकारी दिए । उता लुम्बिनी अञ्चल अस्पताल विकास समितीका अध्यक्ष राम बहादुर कार्कीले अस्पतालमा भएको २४ सै घण्टाको विद्युत आफुहरुले रक्त संञ्चार सेवा केन्द्रलाई उपलब्ध गराउने भनेको भए पनी अहिलेको विद्युतबाट अञ्चल अस्पताललाई नै नपुगेको कारण समश्यमा परेको बताए । उनले भने –‘ हामिले यहाको विद्युत दिने भनेको भए पनी यहा नै विद्युत पुगेको छैन ।  नेपाल रेडक्रस सोसाईटी जिल्ला रुपन्देही जिल्ला सभापती निधानन्द श्रेष्ठले २४ सै घण्टा विद्युत आउने संभावना नभए पनी तत्काललाई जेनेरेटरको व्यस्था गरेर मेशिन संञ्चालन गर्नु पर्ने आवश्यकता भएको बताए । उनले जेनेरेटरको लागी जिल्ला विका्स समिती स्थानिय व्यसायी तथा उद्योगीहरुबाट सहयोगमिल्ने समेत आशा ब्यक्त गरे । उता रुपन्देही जिल्ला स्थानिय विकास अधिकारी  नारायण ज्ञवालीले एउटा सामाजीक संस्था भएको कारण आफुहरुले सक्दो सहयोग गर्ने बताए । उनले यस क्षेत्रमा डेङ्गुरोग गत बर्षमा जस्तै फेरि पनी आउन सक्ने संभावना नकार्न नसकीने भन्दै प्लेटिलेट्स सेपेरेटर मशिन आवश्यक रहेको बताए । नेपाल रेडक्रस सोसाईटी केन्द्रिय शदस्य शुर्दशन प्रसाद नेपालले विगतका बर्षमा रुपन्देहीमा डेङ्गुरोगको संक्रमण फैलिएकोमा कयौ विरामीहरुले उपचारको लागी काठमाडौ जानु पर्नै वाध्यायता रहेको जनाकारी दिए ।  उता बुटवल उद्योग बाणिज्य संघ का बरिष्ठ उपाध्यक्ष  डा.रोहितराज क्षेत्री र उपन्देही व्यपार संघका द्धितिय उपाध्यक्ष पदम क्षेत्रीले व्यवसायीको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।
यस क्षेत्रमै पहिलो पटक भित्रीएको यो सेवा संञ्चालानमा आएपछी प्लेटिलेट्स को अभावबाट काठमाडौ लगाएतका स्थानमा जानु पर्ने  विरामीहरुले राहात पाउनेछन । भने डेङ्गुको सक्रमण भएका विरामीहरुको स्थानीय स्तरमै उपचार हुने हुदा विरामीहरुले राहत पाउने छन ।

प्लेटिलेटेस् सेपेरेटर मेशिन हस्तनान्तरण
बुटवल ६ असोज ।
विश्व स्वाथ्य संङगठन (डब्लु एच ओ ) र एपिडीमियोलोजी तथा रोग नियन्त्रण महासाखा काठमाडौको सहयोगमा  नेपाल रेडक्रस सोसाईटी रक्त सेवा केन्द्र बुटवल का प्लेटेटिलेट्स सेपेरेटर मेशिन सुक्रवार हस्तानान्तरण गरिएको छ । रुपन्देही जिल्ला स्थानिय विकास अधिकारी नारायण ज्ञवालीको प्रमुख आतिथ्यता तथा नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला सभापती निधानचन्द्र श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो । करिव २२ लाख रुपैया पर्ने मेशिन संञ्चालमा आएपछी डेङ्गुरोगको उपचारको लागी राजधानी जानुपर्ने वाध्यता टर्ने जनाएको छ । कार्यक्रममा बुटवल नगरपालीका का बरिष्ट अधिकृत विष्णु खनाल ,बुटवल उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष डा.रोहितराज क्षेत्री ,रक्त संञ्चार सेवा केन्द्र बुटवलका संयोजक प्रेमलाल उदास ,लुम्बिनी अञ्चल अस्पताल विकास समिती अध्यक्ष राम बहादुर कार्की ,रुपन्देही व्यापार संघका उपाध्यक्ष पदम श्रेष्ठ ,नेपाल रेडक्रस सोसाईटी केन्द्रिय सदश्य सुरेन्द्र प्रसाद नेपाल ,रक्त संञ्चार सेवा केन्द्र का बरिष्ठ प्रविधिक अनिल महर्जन लगाएतले बोलेका थिए ।




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती