सक्रिय छैनन् रुपन्देहीका अपाङ्ग संघ–संस्थाहरु




कृष्ण खनाल
बुटवल १३  जेठ ।

अपाङ्गको हितमा काम गर्नें भनेर रुपन्देहीमा दर्जनौ संघ–संस्था स्थापना भएको भए पनी उनीहरुको ले अपाङ्गता क्षेत्रमा उल्लेखनिय काम गर्न सकेका छैन्न ।
चालु आर्थिक बर्षमा जिल्ला विकास समिती रुपन्देहीबाट छुट्याईएको  अपाङ्गविकास कोषको रकम आर्थिक बर्ष सामाप्त हुन एक महिना भन्दा कम  समय मात्र बा“की रहदा खर्च भएको रकम भन्दा दोब्बर रकम खर्च अपाङ्गको हितमा खर्च नहुनु  यसको एउटा गतिलो उदाहरण हो ।
जिल्ला विकास समिती रुपन्देही बाट अपाङ्ग विकास कोषको नाममा स्थापना भएको ९ लाख रुपैयाबाट आर्थिक बर्ष सामाप्त हुन केहि महिना बा“की रहदा  ३ लाख ८ हजार रुपैयामात्र खर्च भएको छ  ।
जिल्ला विकास समिती सामाजिक विकास अधिकृत दुुर्गा प्रंसााद श्रेष्ठका अनुसार  अपाङ्गता भएका संघ संस्था  सक्रिय नभएको कारण अपाङ्ग कोषको रकम खर्च हुन सकेको छैन ।  उनले बुटवल टुडे संगको कुराकानीमा भने  – हामि संग पैसा छ तर खर्च हुने ठाउ छैन ।   रुपन्देहीमा भएका केहि संस्थाले अपाङ्ग विकास कोषको रकम बाट केहि क्षेत्रका सिमित व्यक्तिहरुलाई तालिम प्रदान गर्ने गरेको भएपनी  अन्य लक्षित अपाङ्ग सम्म उक्त रकम पुग्न सकेको छैन ।
केही महिना यता बुटवलको देविनगरका नेपाल अपाङ्ग आश्रम स्थापना गरेर अपाङ्गको क्षेत्रमा काम  गर्दे आएका संस्थाका अध्यक्ष डोल बहादुर राामजान  ले आफुहरुलाई सरकारी निकाय बाट कुनै सहयोग नपाएको बताए । उनले आफुलाई विभिन्न  क्लब, आमा समुह ले केही मात्रामा सहयोग गरेको भए  पनी जिल्ला विकास समिती तथा अपाङ्गहरुको छाता सगठन राष्ट्रिय अपाङ्गमहासंले कुनै पनी सहयोग गरेका  छैन्न ।

अपाङ्गको नममा  जती सुकै नारा लगाएर निजी स्वार्थको लागी स्थापना भएका संस्थहरुले सरकारबाट प्रदान गर्ने रकम समेत अपाङ्गको हितमा  खर्च गर्न नसक्नु अपाङ्गको हितमा काम गछौ भन्ने भनाईमा कुनै प्रमाण भेटिदैन । उता राष्ट्रिय अपाङ्ग महासंघ पश्चिम क्षेत्रीय कार्यालय बुटवलका सक्रिय सदश्य तथा नेपाल दृष्टिबिहीन उत्थान संघ बुटवलका अध्यक्ष होमनाथ अधिकारी ले आफुले अपाङ्गता क्षेत्रमा काम गर्देआएको दाबि गरे ।  आफुले जिवीस बाट रकम ल्याएर दृष्टिविहिनहरुको लागी ब्रेल लिपी कार्याक्रम संञ्चालन गरेको उनको भनाई छ  । जिविसमा  अङ्गता सम्बिन्धी  कार्यक्रमको संयोजक समेत रहेका उनले जिल्ला विकास समिती रुपन्देहीबाट चालु आर्थिक बर्षमा छुट्याएको रकम फ्रिज हुन नदिने उनको दावि दवि छ । उनले भने – व्यतताको कारण  जिवीस संघ छलफल हुन नसेकेको कारण रकम खर्च हुन बा“कि रहेको हो ,जुन रकम  छिटै नै खर्च हुन्छ  ।
उनले अपाङ्ग विकास कोषको खर्च हुन बा“की झण्डै विनीयोजित बजेटको दुई तिहाई रकम आर्थिक बर्ष समाप्त हुन छोटो समय  रहेको बेला सम्पुर्ण रकम अपाङ्गता को हितमा प्रयोग हन्छ  भन्ने कुरामा विस्वस्त हुने ठा“उ  छैन ।  अपाङ्गको नाममा रुपन्देहीमा दजनौ संस्था स्थापना भएको भए पनी ति संस्थाहरुले विदेशी संघ संस्थाबाट आएको सहयोगको रकम पचाउने काम मात्र गरेका छन ,भने जिविसबाट अपाङ्गको क्षेत्रमा  खर्च गरिने रकम समेत खर्च गर्न सकेका छैनन् जस्को कारण सरकारी निकाय बाट केहि मात्रामा सहयोगको अपेक्षा गरेका अपाङ्गताभएका मानिसरुको आश आशमा मात्रै सिमित  भएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै