कहिले बन्ने सरकारी कार्यालय अपाङ्गमैत्री





कृष्ण खनाल
बुटवल १३ असोज ।

 रुपन्देही पर्रोहाकी मैया लम्सालले काम लिएर जिल्ला विकास समिती र गाउँ विकास समितिको कार्यालयमा जाँदा कैयन् पटक झन्झट भोग्न बाध्य भइन्् । स्थानिय निकायका कार्यालय भवन अपाङ्गमैत्री नभएका कारण हिवलचियरको सहायताले मात्र हिडडुल गर्ने लम्सालले अनेकन् पटक सास्ती व्यहोर्न परेको छ । लम्सालले भनिन्, ‘नवलपरासी जिल्लाको वेनिमणीपुरमा जन्मिए । अहिले अपाङ्गताका क्षेत्रमा काम गर्छु । जिल्ला विकास समिति, रुपन्देहीका सरकारी कार्यालय र गाउँ विकास समितिका कार्यालयमा जाँदा सम्बन्धित व्यक्तिलाई भेट्न मुश्लिक पर्छ ।’
जिल्ला विकास समिति रुपन्देहीको सामाजिक विकास शाखा माथिल्लो तलामा छ । अपाङ्गता हेर्ने यो सामाजिक विकास शाखामा हिवलचियर चढेर जान सम्भव छैन । सामाजिक विकास अधिकृतलाई भुईमा बोलाएर आफ्नो काम लिदैँ आएका अपाङ्गता भएकाहरू कार्यालय आफ्नो अनुकुल नरहेको बताउ“छन् ।

नवलपरासी अपाङ्ग पुर्नस्थापना केन्द्रकी अध्यक्षसमेत रहेकी लम्सालले कामका लागि स्थानीय विकास अधिकारीलाई उस्तै धौ हुने बताइन् । उनले भनिन् ‘हिवलचियर प्रयोगकर्तारूले की त हिवलचियर घरमा छाडेर सहयोगी लिएर जानुप¥यो, यदि हिवलचियरमा जाने हो भने भेट्न चाहेको व्यक्तिलाई तल बोलाउनु पर्छ । तर यी दुबै कुरा हाम्रा लागि सहज छैनन् ।’ रुपन्देहीमा बैसाखीको सहायतामा हिड्डुल गर्ने, सेता छडी प्रयोग गर्ने दृष्टिविहीन तथा शारीरिक रूपमा अपाङ्गता भएका नागरिकको संख्या करिव २ हजार २ सय अपाङ्गता भएका व्यक्तिहरूले सजिलोसँग सेवा पाउन सकेका छैनन् । सामाजिक विकास शाखा नै अपाङ्गहरूका समस्या र गुनासो सुन्ने कामलाई कम प्राथमिकता दिने गरेको छ । बुटवल नगरपालिका वार्ड नं. १३ देविनगरमा बसोवास गर्दे आएका ब्रिजेश कुमारले जिल्ला विकास अन्र्तगतको सामाजिक शाखामा जा“दा दुःख पाएको बताए । बैशाखीको सहायतामा हिडडुल गर्ने उनी जिविसको सामाजिक शाखा जान आफूलाई सि“डी चढेर जा“दा धेरै अप्ठेरो हुने गरेकोसमेत जानकारी थिए । अपाङ्गगता भएका व्यक्तिहरूको गुनासो सुन्ने र अधिकार दिलाउने निकाय अनुकुल नहुनु एउटा दुखद अवस्था हो । ‘यस्तो अवस्थामा हाम्रा समस्या कसरी संकलन गर्ने, के का आधारमा प्राथमिकता निर्धारण गर्ने, अपाङ्गता भएकालाई कार्यक्रम ल्याउने सन्दर्भमा प्रष्टता भेटिन’ लौ भन्नुस हामी के गरौँ ? उनले प्रश्न गरे । जिल्ला विकास समितिका अन्य धेरै शाखाहरू तल्लो तलामा छन् तर सामाजिक विकास शाखा भने माथिल्लो तल्लामा छ । माथिल्लो तल्लामा रहेको सामाजिक शाखामा पुग्न लौरोको सहारामा हिड्डुल गर्ने अपाङ्गता भएका व्यक्तिहरूका लागि समय लाग्ने गरेको छ । हिवलचियरको सहायतामा हिड्डुल गर्ने व्यक्तिहरूको सहयोगी लिएर मात्र जान सक्छन्, तर सहयोगी खोज्न कहाँ जाने ?  

जिल्ला विकास समिति रुपन्देहीका सामाजिक विकास अधिकृत दुर्गाप्रसाद श्रेष्ठले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरेर नयाँ सामाजिक विकास शाखा भवन बनाउने योजना रहेको जानकारी दिए । तर यो भवन निर्माणको सम्भावन तत्काल देखिदैन । ‘राजनैतिक खिचातानीको कारण भवन बनाउने कार्यमा अन्यौलता छाएको छ ।’ उनैले त्यो सम्भावन नरहेको संकेत गरे । सामाजिक विकास अधिकृत श्रेष्ठले भने, ‘अपाङ्गमैत्री भवन बनाउने हाम्रो योजना हो, तर राजनैतिक दलहरूले पायक पर्ने स्थानमा जग्गा खरिद गरेर भवन बनाउनु पर्ने धारण राखेका छन् । दलहरूबाट फरकफरक कुरा आएकाले अन्यौलता छाएको हो ।’ सर्वदलीय संयन्त्रमा रहेका राजनीतिक दलले आफ्नो पार्टी र कार्यकर्ताको हित अनुकुल विचार राख्ने गर्दछन् । उनले थपे ‘म अपाङ्गता भएकाहरूका बारेमा गम्भिर छु । तर राजनतिक दलहरूले यो संवेदनशीलतालाई नबुझेका कारण अर्काको भवनमा काम चलाउनु परेको छ ।’
नेपाल सरकारले अपाङ्गता मैत्री कार्यालय भवन बनाउन निर्देशन गरेको छ । भवन निर्माण आचारसंहिता २०६० मा अपाङ्गतासम्बन्धि अधिकार सार्वजानिक संरचनामा भौतिक प“हुचको व्यवस्था अन्र्तगत ‘जिल्ला वा केन्द्रियस्तरमा सरकारी, गैर–सरकारी वा निजी क्षेत्रको सहयोगमा बन्ने जुन सुकै सार्वजनिक भौतिक संरचनाहरुलाई अपाङ्गमैत्री बनाउनु पर्ने प्रावाधान रहेको छ’ भनी स्पष्ट रुपमा उल्लेख गरेको छ । सरकारको निर्देशन र भवन निर्माण आचारसंहिता थन्काएर भवन बनाउने प्रचलन कायम छ । सरकारले महिला बालबालिका कार्यालयलाई अपाङ्गहरूको तथ्याङ्क संकलन गर्ने, परिचयपत्र प्रदान गर्ने र सहयोगात्मक कार्यक्रम गर्ने जिम्मेवारी दिएको छ ।
सरकारले भवन निर्माण तथा शहरी विकास कार्यालयलाई भवन निर्माण आचारसंहिता पालना गराउने अख्तियारी दिएको छ । रुपन्देहीका दर्जनौ सरकारी कार्यालय र बुटवल नगरपालिका तथा अधिकांश गाउँ विकास समितिका कार्यालय भवनहरू अपाङ्गमैत्री बन्न सकेका छैनन् । सरकारी भवन निर्माणमा भवननिर्माण आचारसंहिता लागू गराउन सम्बन्धित निकायले ध्यान दिनु पर्ने देखिन्छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती