मानवअधिकार शिक्षा तालिम समापन


कृष्ण खनाल
बुटवल १५ असोज– मानवअधिकार तथा सामाजिक रुपान्तरण अभियान नेपाल (काहुराष्ट) रुपन्देहीले राजनितीक दलमा आवद्द युवाहरुको लागी लक्षित गरी आयोजना गरेको मानवअधिकार,  शान्ति र नागरिक शिक्षा तालिम आईतवार समापन भएको छ । संस्थाका जिल्ला अध्यक्ष नेत्र वहादुर पाण्डेको अध्यक्षतामा भएको समापन कार्यक्रममा प्राध्यापक तथा प्रगतिसिल लेखक दिल शाहनीले मानवअधिकारको परिभाषा फरक–फरक अवस्थामा फरकफरक व्याख्या गरेपनि मावनको जन्मशिद्ध अधिकार नै मानवअधिकार भएको वताए ।  सहभागिको तर्फवाट कमल थापा र दानमाया थापाले आफुले सिकेको कुरा व्यवहारमा लागु गर्न र मानवअधिकारको वारेमा अन्य युवा वर्गलाई जानकारी दिन प्रतिवद्ध भएको वताए । दुई दिने तालिममा पहिलो दिनको तालिममा प्राध्यापक रामलाल जोशी, नेत्र पाण्डे र राजेन्द्र कु“वरले सहजीकरण गरेका थिए भने दोश्रो दिन अधिवक्ता वावुराम पाण्डेले अन्तराष्ट्यि मानविय कानुन र जेनेभा महासंन्धी,  पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दीपक ज्ञवालीले मानवअधिकार , मिडिया र यसको महत्व  तथा पोष्ट वहादुर वुढाले शान्ति प्रकृयामा युवाहरुको भुमिका विषयमा सहजीकरण गरेका थिए ।  त्यसै गरी  सचिव राजेन्द्र कु“वरले नागरिक शिक्षा यसको विषयवूस्तु र महत्व, केन्द्रिय सदस्य नेत्र पाण्डेले मानवअधिकारको संरक्षण शान्ति स्थापनामा राज्यको दायित्वको वारेमा प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई समुहगत छलपल गराई स्थानिय तहमा नागरिक तथा मानवअधिकार वारे प्रशिक्षणको लागी कार्ययोजना तयार गरेका थिए ।  तालिममा जिल्लामा क्रियासिल विभिन्न दलका ४० भन्दा वढि युवाहरुको सहभागिता रहेको थियो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती