दशै मनाउन खसी बोका बेच्न बुटवलमा ।


कृष्ण खनाल

बुटवल ११ असोज ।
यसबर्षको दशै मनाउनकालागी पाल्पाका व्यपारिहरु खसी ,बोकाको व्यापारका लागी बुटवल झरेका छन । पाल्पाका विभिन्न ग्रामिण ईलाकाबाट खसीबोका विक्रि गरेर दशै मनाउनकालागी उनीहरु बुटवल आसपासमा लाग्ने विभिन्न साप्ताहिक हाट बजारमा धारउने गरेका हुन  ।
 यनै मध्ये एक हुन ,भुवनसिंह चिदि मगर । बुधवार  पाल्पाको कचल गाविसबाट विहान ४ बजे नै ७ वटा खसी र बोका लिएर हिडेका उनी ९ बजे पाल्पाको दोभानमा आईपुगेका थिए । बुटवल ६ मा रहेको हाटबजारमा भने साढे ९ बजे । विहानको करिव ११ बज्न लाग्दा उनले २ वटा खसीहरु बाहेक अन्य सवै खसी  बोका बेचर २१ हजार रुपैया आम्दानी गरिसकेका थिए । विगत ५ बर्ष यता  दशैको सिजनमा गाउमा खसि बोका खरिद गरेर बुटवलमा ल्याएर विक्रि वितरण गर्ने गर्दछन । उनले दशैको सिजमा खसीबोका विक्रिबाट आएको आम्दानीबाट यस पालीको दशै मनाउने योजना रेहको समेत बताए । उनले भने –‘खसीबोका बेचेर आएको पैसाले यस पालीको दशै खर्च जुटाउछु ’। उनीमात्र होईन अहिले दशैको मौकामा खसि बोका बेच्नको लागी बुटवका साप्ताहिक हाटबजारमा पाल्पाबाट दर्जनौ मानिसहरु बुटवलमा आउने गरेका छन । उनी जस्तै पाल्पाको दोभानबाट खसी बोका विक्रि गर्नको लागी बुटवलको साप्ताहिक हाटबजार मा बुधवार भेटिएका एक जोडीले पनी दशैका  खर्चका लागी आफुहरुले खसी बोका खरिद गरेर बुटवलमा ल्याएर बेचेको जनाकारी दिए । दोभानका पार्वती र घनश्याम पुन । उनीहरुले विहान मा ८ वटा खसी बोका लिएर बुटवल झरेकोमा  मध्यान्न सम्ममा ४ वटा मात्र खसी बोका बेच्नको  बाकी रहेको जनाकारी दिए । उनले केहि घरमा पालेका र केहि गाउघरमा खरिद गरेर बुटवलमा  बेच्नको लागी ल्याएको  बताए । घनश्याम पुनले भने –‘ दशैको व्यापार हो कहिले घाटा हुन्छ कहिले नाफ जे होस अहिले सम्म राम्रो छ । यिनै खसीबोका बेचेर दशैको खर्च जुटाउने गरेको बताउदै उनले आज भन्दा पहिलाका बर्षहरुमा पनी यसरिनै खसीबोका ल्याएर बिक्रि वितरण गर्ने गरेको  समेत जनाकारी दिए ।  हाटबजारमा एक जना मानिसले न्युनतम २ वटा देखी १९ बटा सम्म खसी बोला विक्रिकालागी ल्याउने गरेको छन ।
पछिल्लो समयमा दशै नजिकिदै जा“दा खसी बोकाको व्यापार बढेको व्यापारीहरु ब्ताउछन । रुपन्देहीमा के कति मात्रामा खसीबोकाहरुको व्यापार हुने गरेको भन्ने बारेमा यकिन तथ्याङ्क  नभएपनी  व्यापार राम्रो हुने गरेको पाइएको छ । राजधानीमा जस्तै खाद्य संस्थानले यस क्षेत्रमा खसीबोका खरिद बिक्रि नगर्ने गरेको कारण समेत एकीन तथ्याङ्क नभएको हो । अहिले यस क्षेत्रमा  खसीबोकाहरु न्युनतम २ हजार देखी ११ हजार सम्मका खसी बोकाहरु विक्रि वितरण हुने गरेको पाइएको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती