रुपन्देहीमा ‘च्याउ खेती’को लहर

कृष्ण खनाल
भैरहवा, १६ मंसिर ।

केही दिन पहिला जिल्ला कृषि  विकास कार्यालय रुपन्देहीले जिल्लाका करिव ३० जना  कृषकहरुको लागि च्याउ खेती  गर्ने तरिकको वारेमा तालिम आयोजना गर्ने निणर्य गर्यो । तर यसको माग यती धेरै भएकोकी उक्त तालिम लिनकोलागि करिव ४ सय जना भन्दा बढि कृषकहरुले ईच्छा  देखाए । जिल्ला कृषि विकास कार्यालयलाई सिमित स्रोत र साधनमा तालिम प्रदानको लागि अफ्ठारोे भयो । ३० जना बाहेक अन्य कृषकहरुलाई गाँउ— गाँउमा गएर तालिम प्रदान गर्ने  निर्णय समेत गरियो । यो कृषकहरुमा आएको उत्साहको एउटा नमुना मात्र हो । अहिले  रुपन्देहीका अधिकांस क्षेत्रमा च्याउ खेती गर्ने कृषकहरुको संख्या उल्लेखनिय रहेको छ । अहिले सम्म जहा च्याउ खेतीको लागि जिल्ला कृषि विकास कार्यालयले तालिम अयोजना गर्दछ त्यहा कृषकहरुको सहभागीता उत्साजनक हुने गरेको छ ।
जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका  प्रमुख विष्णुभद्र अधिकारी अनुसार च्याउ खेती गर्नको लागि तालिम लिनको लागि जिल्ला कृषि विकास कार्यालयमा आउने कृषकहरुको संख्या  अधिक रहेको छ । बुटवल टुडेसंगको कुराकानीमा जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख  विष्णुभद्र अधिकारले भने—“अहिले रुपन्देहीका कृृषकहरुमा च्याउ खेतीमा एक प्रकारको लहरनै आएको  छ तालिम प्रदान गरेर नभ्याईने भयो  ।” उनले थपे —“सस्तो तथा छोटो समयमा राम्रो आम्दानी हुने गरेको कारण अहिले कृषकहरु च्याउ खतीमा आर्कर्षित भएका छन ।”
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लामा अहिले करिव आधा दर्जन जती  कृषकहरुले व्यवसायीक रुपमा च्याउ खेती गरेका भएपनि अधिकांसले अहिले आफ्नो परिवारमा उपभोगको लागि च्याउ खेती गर्ने गरेका छन । धेरै मिहिनत पनि गर्न नपर्ने र छोटो समयमै घरको कुनै एक स्थानमा च्याउ उत्पादन गर्न सकिने भएको कारण पनि यस प्रति कृषकहरुको आर्कषण बढ्को कृषी प्राविधिकहरुको भनाई रहेको छ । यस बर्ष मात्रै जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले करिव २ सय जना कृषकहरुलाई  च्याउ खेतीको लागि तालिम प्रदान गरेको छ । खासगरी रुपन्देही जिल्लाको पश्चिम क्षेत्र दवदह, खैरेनी लगायत का गाविसको अधिकांस गाविसहरुमा  कृषकहरुले अहिले विभिन्न परिमाणमा च्याउ उत्पादन गर्ने गरेका छन ।
तराईमा अहिलेको वातावरण च्याउ खेतीको लागि अनुकुल मानिन्छ । खासगरी यस क्षेत्रमा राम्रो उत्पादन हुने “कन्ने” च्याउ उपयुत्त मानिन्छ । अहिले तराईको तापक्रम २८ डिग्री सेल्सीयस भन्दा बढि नहुने भएको कारण यस्तो मौसममा च्याउ उत्पादन छिटो र राम्रो हुने गरेको जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका एक कृर्षि प्रवाधिकले जानकारी दिए ।  अहिले यो क्षेत्रमा पाईने च्याउ कृषककले प्रतिकेजी ३ सय रुपैयामा विक्रि गर्ने गरेको पाईन्छ । तर  सिजनको समयमा काठमाण्डौमा प्रतिकेजी १ सय रुपैयामा समेत पाईन्छ ।
अत्याधिक रुपमा प्रोटीन पाईने गरेको कारण अहिले धेरै जसो मानिसहरुले घरको कुनै कुना या सिडीकोे नजिकै दुई चार वटा परालको पोको पारेर च्याउ रोप्ने गरेको पाईन्छ । अहिले जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले ठाउ ठाउमा गएर कृषकहरुलाई च्याउ खेतीको लागि तालिम दिदै आएको । जसको लागि जिल्ला कृषि विकास कार्यायले विउ पनि सहुलियतमा उपलब्ध गराउदै आएको छ । प्रतिपोका १ सय रुपैयामा च्याउको विउ वितरण गरिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पछिल्लो समयमा बुटवलमा च्याउको विउ प्रसोधन केन्द्र स्थापाना हुने अन्तिम चरणमा पुगेको छ । जुन च्याउको विउ उत्पादन हुने केन्द्र बुटवलमा सञ्चालनमा आएपछि अहिले काठमाण्डौबाट च्याउको विउ ल्याउनुपर्ने बाध्याता अन्त्य हुने कृषि प्राविधीकहरुको भनाई रहेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती