गाउँमै “ग्रडिङ्ग मिल” स्थापनापछि गृहणीलाई राहत

कृष्ण खनाल

भैरहवा, २३ मंसिर । 
रुपन्देही जिल्ला मानपकडी गविस वार्ड नम्बर ५ केवलपुरकी ३१ बर्षीय तिला  चौधरी केही दिन पहिला मानपकडी गाविसमा रहेको अन्नपूर्ण विउ उत्पादक सहकारी संस्थाको परिषरमा भेटिईन । उनी उक्त कृषक सहकारीमा नगद जम्मा गर्नको लागि या अन्य सहकारीको कामले भने आएकी होईन्न । विहान करिव ६ बजेतिर उक्त स्थानमा  उनी अन्य कुनै कामले भन्दा पनि धान कुटाउनको लागि आएकी थिईन । केही दिन पहिला धान ल्याएर सहकारी परिषरमा रखेकी उनको पालो  करिव  ३ दिन पछि मात्र आएको थियो । 
सहकारीको “खल”मा धान सुकाउदै मानपकडी गाविसका तिला चौधरी र शिवा भुषाल । तस्वीरःकृष्ण खनाल ÷बुटवल टुडे । 

कारण हो उक्त मिलमा  धानकुटाउनेको लामो सुचीनै हुनेगर्दछ । घर छेउमै अन्य साधारण मिल भएपनि उक्त क्षेत्रका  कृृषकहरु भने अन्नपूर्ण कृषि सहकारीको मिलमा नै आउने गर्दछन । कारण हो उक्त मिलमा धान कुटाएपछि कुनै पनि ढुंगा, माटोको मिसावट हुने कुरा त परै जाओस किसानहरुले ग्रडिङ्ग अर्थात स्तर अनुसारको चामल पाउदँछन  अन्य स्थानमा भन्दा धेरै सस्तो रेटमा  । उच्च गुणस्तर, मध्यम गुणस्तर र न्युन गुणस्तरगरी ३ प्रकारको चामल कुटाउन सकिन्छ । 
जसको लागि केही बर्ष पहिला अन्नपूर्ण विउ उत्पादक सहकारी संस्थाको पहलमा स्थापना गरिएको विउ स्तरिकरण गर्ने मिलमा नै किसानहरुको लागि धान कुट्ने समेत व्यवस्था गरिएको कारण  किसानहरुलाई झनै सहज भएको छ । 
वि.स.२०६३ सालमा स्थापना भएको उक्त कृषि सहकारी संस्थाले अहिले सहुलियत दरमा किसानहरुले उत्पादन गरेको धानलाई घरबाट ट्याक्टरमा ल्याए घर सम्म पुर्याउने समेत काम गर्दै आएको संस्थाका अध्यक्ष नुर बहादुर रानाले जानकारी दिए । उक्त स्थानमा मानपकडी गाविस वार्ड नम्बर ५ की शिवा भुषाल पनि  खल मा धान सुकाउदै गर्दा भेटिई्न । विगतका बर्षहरुमा धान कुटाउनकोलागि टाढा जानुपर्नै वाध्याता थियो ।
 एक त टाढा जानुपर्ने  अर्को तर्फ चामल केलाएर मात्र खानु पर्ने बाध्याता । गाउका गृहणीहरुलनै चामलई चामल केलाउनको लागि धेरै समय लाग्दथ्यो । तर  अहिले एक टुक्रा पनि भुस नभएको चालम स्थानिय सहरकारी मार्फत स्तर अनुसार कुटाउन पाउदा स्थानिय गृहणीहरुमा खुसिको  सिमा छैन ।  धान सुकाउदै गर्दा भेटिएकी तिला चौधरी र शिवा भुषाल भन्दै थिए—“अहिलेत हामीहरुको दैनिकी नै यसले परिर्वतन गराईदिएको छ ।” बुटवल टुडे संगको कुराकानीमा उनले भनिन्—“धान पनि यहि सुकाउन पाईन्छ , पैषा पनि तत्काल नदिएपनि हुन्छ, पछि धान या चमल बेचेर दिएपनि मान्छन ।” गाउ घरमा नै गई धान संकलन गरेर कृषकहरुको नै घरमा पुर्याउने व्यवस्था गरिएको सहकारीका सल्लाहकार मोहन प्रसाद अर्याल बताउदछन । खासमा विउ उत्पादनको लागि स्थापना गरिएको उक्त मिलमा धान कुट्ने समेत प्रविधि जडान गरिएको छ । “विउ प्रसोधन पनि हुने कृषकहरुलाई पनि राहत हुने भएको कारण  मेनिस स्थापना गरेका हौ ।” सल्लाहकार भुषालले भने—“यसकबाट कृषकहरुले राहत पाएका छन् । ” अहिले प्रतिक्विन्टल २ सय ५० रुपैयामा धन कुटान गरी कृषकको घरसम्मा पुर्याउने कार्य सहकारीले गर्दै आएको छ । 
उक्त मेसिनबाट धान, गहु र घाँसको समेत विउ स्तरिकरण हुने गरेको छ । त्यहा उत्पादन भएका विभिन्न विउहरु रुपन्देही जिल्लाको अतिरित्त पाल्पा, गुल्मी, अर्घाखाँची, दाङ्ग, रौतहट सम्म जाने गरेको छ ।  क्षेत्रीय विउविजन प्रयोगशाला बाट ल्याव टेष्ट गरी क्षेत्रीय कृषि  सामग्री केन्द्र लिमिटेड मार्फत विभिन्न स्थानहरुमा विउहरु सप्लाई हुने गरेको जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारी बताउदछन । रुपन्देही जिल्लामा सावाँ, राम, सर्जु, सावित्री, गोरखनाथ लगायतको धानहरु  विउहरु उत्पादन हुने गरेका छन । 
अघिल्लो आर्थिक बर्षमा उक्त सहरकारीले  गहुको विउ १ सय २० मेट्कि टन ४० हेक्टर क्षेत्रफलमा र धान को  विउ १ सय ८३ मेट्किटन ४० हेक्टरमा र जई घासको विउ ५ हेक्टर क्षेत्रफलमा ३ मेट्कि टन उत्पादन गरेको छन । जसबाट गहुँको विउ  विक्रिबाट ६६ लाख, धानको विउ विक्रिबाट ६३ लाख २० हजार र जैई धानको विउ विक्रिबाट २ लाख रुपैया आम्दान गरेका छ । 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती