‘नमुना’ बन्दै माछा पालन व्यवसाय

कृष्ण खनाल
भैरहवा, २४ मंसिर । 
रुपन्देही जिल्ला मानमटेरिया गाविस वार्ड नम्बर—१ भगलापुरका पुन्यप्रसाद चौधरीले वि.स.२०५८ सालमा माछा पालन सुरु गरे । आजभन्दा ठिक १२ वर्ष पहिला आफ्ना बुबा फौदार प्रसाद चौधरीसंग ३० हजार रुपैया मागेर माछा पालन सुरु गरेका उनले अहिले ६ विगाहा क्षेत्रफलमा माछा पोखरी निर्माण गरी माछा पालन गर्दै आएका छन । 
तिन विगाहा क्षेत्रफल आफ्नै हो भने ३ विगाहा क्षेत्रफल  लिजमा (भाडामा) लिएर माछा पालन गर्दै आएका छन ।
 केही दिन पहिला उनले माछा पालन गरेको  स्थान मानमटेरिया गाविसको भगलापुरमा पुग्दा उनले पालेको माछाको बारेमा जानकारी लिनको लागि र आफैले पनि माछा पालन व्वसाय गर्नको लागि करिव १ दर्जन कृषकहरु भेटिए ।  माछा पोखरको अवलोकान गर्ने क्रममा भेटिएका दया नगर गाविस वार्ड नम्बर २ का ४८ बर्षीय विष्णुप्रसाद भट्राई भन्दै थिए—“माछा पाल्ने तरिका वारे तालिम लिए तर यसको फिल्डमा नै गएर अवलोकन गरौ भनेर आएको ।”  जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीबाट करिव २० जनाको टोलि माछा पालन सम्बन्धी तालिम लिएर  पुन्यप्रसाद चौधरीको माछा पालन गरिएको स्थानमा अवलोकानको लागि आएका  उनले जानकारी दिए ।
 घरमा एउटा मात्र पोखरी रहेको र घरपरिवारममा खानको लागि मात्र माछा पाल्दै आएका विष्णु प्रसाद भट्राईले अवको केही समयमै व्यवसायीक रुपमा माछा पालन गर्ने सोच बनाएको बताएका थिए । बुटवल टुडे संगको कुराकानीमा उनले भने—“अव व्यवसायीक रुपमानै माछा पाल्छु भनेर सोच बनाएको छु हेरै कत्तिको सफल भईन्छ ।” उनी संगै भेटिएका अर्का किसान रुपन्देहीको ठुटिपीपलका सागर खान पनि माछा पालन सम्बन्धी जानकारी लिदै गर्दा भेटिएका थिए । उनको सोँच पनि व्यसायीक रुपमा नै माछा पालन गर्ने र आत्मनिर्भर बन्ने रेहको थियो । 
साँच्चै नै उक्त क्षेत्रमा माछा पालन गर्नेै अधिकांस किसानहरु आत्मनिर्भर बनेका छन । होलसेलरुपमा नै रहु माछा प्रतिकेजी २ सय २५ रुपैया र सिल्भर १ सय ८० रुपैया प्रतिकेजीमा कृषकहरुले बेच्ने गर्दछन । श्री शान्ति मत्स्य नर्सरी फार्म नै खोलेर पून्य प्रसाद चौधरीले कृषकहरुलाई माछा पालन सम्बन्धी तालिम समेत प्रदान गर्दछन । बुटवल टुडेसंगको कुराकानीमा माछापालक कृषक चौधरील भने —“मानिस रुपमा प्रति कठ्ठा क्षेत्रफलबाट बार्षिक ४ क्विन्टल मात्रा तयार हुने गरेको छ ।” विभिन्न माछा व्यवसायीहरु  पोखरीमै गएर माछा खरिद गरि लैजाने गरेको 

फोटो विवरणः
रुपन्देहीको मानमेटरिया गाविसमा पुन्य प्रसाद चौधरीले पालेको माछाका भुरा अवलोकन गर्दै जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख कृष्णभद्र अधिकारी । तस्वीरःकृष्ण खनाल÷बुटवल टुडे । 

जानकारी दिदै चौधरीले भने—“उत्पादन भएको माछा विक्रि नहोलाकी भन्ने छैन, माग पुरा गर्न नै सकिएको छैन ।”उनको भौतिक संरचना निर्माणको लागि जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीले पनि सहयोग गरेको छ । माछा पोखरीमा हुने अक्सिीजनको कमी हुनबाट बचाउनको लागि नयाँ प्रविधिको “एरीडेटर” मेसिन समेत जडान गरिएको छ । जसको कारणले गर्दा माछालाई  चाहिने प्राप्त अक्सिीजनलेगर्दा माछाको छिटो वृद्धि विकास हुने कृषी प्रविधिकहरुको भनाई छ । अहिले उक्त फर्मबाट जिउदो माछाको समेत विक्रि सुरु भएको छ । यसको अतिरिक्त माछाका भुरा समेत उत्पादन कार्य भैरहेको सञ्चालन चौधरी बताउदछन  । माछाको भुरा प्रति वटा २ रुपैयामा विक्रि वितरण हुन्छ । अहिले पनि नेपालमा प्रायाप्तमात्रामा माछा उत्पादन नहुने भएको कारण करिव ६० प्रतिशत भारितिय बजारमा निर्भर हुनुपरेको व्यसायीहरु बताउछन । उता, जिल्ला कृर्षि विकास कार्यालय रुपन्देहीका प्रमुख तथा वरिष्ठ कृर्षी अधिकृत कष्णभद्र अधिकारीले रुपन्देही जिल्लाको खासगरी छपिया क्षेत्रमा माछा पालनका लागि उपयुक्त स्थान भएको कारण यसलाई अझ बढि व्यसायीकीकरण तथा आधुनिकरण गरेर लैजानुपर्ने बताउदछन । 
बुटवल टुडेसंगको कुराकानीमा कृर्षी कार्यालय प्रमुख अधिकारीले भने—“माछा पालन व्यसायलाई आधुनिकरण र व्यसायीकीकरण गरेमा साच्चै नै रुपन्देही माछाको जिल्ला भनेर चिनाउन सकिन्छ ।” यसको लागि जिल्ला कृर्षि विकास कार्यालय बाट विभिन्न सहयोगहरु  जारी रहेको भन्दै उनले माछा उत्पादन हुने क्षेत्रमा माछाको नै विभिन्न परिकारहरु  पाईने “माछा रेष्टुरेन्ट” सञ्चालन गर्न सकेमा अझ वढि भन्दा बढि आन्तरिक तथा वाह्य पर्यटक तान्न सकिने तर्क अगाडी सारे । उनले भने—“ माछा पोखरीबाट ताजा माछा समाएर त्यही नै विभिन्न परिकार बनाएर खानको लागि कस्को पो मन लाग्दैन र ? यसले कृषकहरुको आम्दानी अझ बढाउनकोलागि सहयोग पुर्याउदछ ।”
पछिल्लो समयमा जाडोको मौसम सुरु हुदै गर्दा जिल्लामा माछाको खपत पनि बढेको व्यसायीहरुको भनाई रहेको छ । 




Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती