विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ
कृष्ण खनाल बुटवल, बैशाख । कृषि मन्त्रालय, बाली संरक्षण निर्देशनालय र व्यवसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट नेपाल) को संयुक्त लगानीमा बुटवलमा निर्माण भ एको विषादी परीक्षण केन्द्र सञ्चालनमा आउन सकेको छैन । बुटवलको ‘बुटवल कृषि उपज तथा थोक बजार केन्द्र’मा नेपालका सातवटा प्रदेशमा सात स्थानमा विषादी परीक्षण केन्द्र स्थापना गर्ने केन्द्रीय कार्यक्रम अनुसार स्थापना भएको केन्द्र सञ्चालनमा आउन सकेको छैन । यस क्षेत्रमा जिल्ला कृषि विकास कार्यालय रुपन्देहीको संयोजनमा केन्द्रको स्थापना गरिएको छ । बुटवल कृषि उपज थोक बजार केन्द्रको दोस्रो तल्लामा उपकरण जडान कार्य, प्रयोगशाला स्थापना गर्नुको साथै कर्मचारी समेत व्यवस्थापन गरिए पनि निर्वाचन आचारसंहिताको कारण समुद्घाटनमा ढिलाइ भएको जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जनाएको छ । जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ कृषि विकास अधिकृत भोजराज सापकोटाकाअनुसार उपज केन्द्रमा उपकरण जडान तथा कर्मचारीको समेत व्यवस्थापन भैसकको छ । उनी भन्छन्– ‘एकजना अधिकृतस्तरको कर्मचारी, एक जना प्राविधिक र एकजना कार्यालय सहयोगीको...