संविधान सभा निर्वाचन २०७० ५ सय ४३ मतदान केन्द्रमा ३ वटा मात्र अपाङ्ग मैत्री

कृष्ण खनाल
भैरहवा, १६ अशोज ।

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीको गेटको छेवैमा ‘संविधान सभा निर्वाचनमा भाग लिऔं’ लेखिएको पोष्टर टा“सिएको छ । जुन पोस्टरमा नेपालका अधिकांस समुदायको झल्को दिने गरि ‘डमी’ (मानिसहरुको चित्र) कोरिएको छ ।
 लगभग सबै जाती जनतातिहरुको झल्को दिने गरि निर्माण गरिएको चुनाव प्रचार सामग्रीमा मिसाइएको छ ह्वली चियर प्रयोग गरिकी महिला, सेतो छडी प्रयोग गरेका पुरुष, बैशाखको सहायतामा हिडडुल गर्ने मानिसहरु ।
तर यसरी समावेशी रुपमा तयार गरिएको निर्वाचनको पोष्टर टासिएको जिल्ला निर्वाचन कार्यालयमा कुनै काम विशेषले जादा कुनै पनि अपाङ्गता भएका व्याक्तिहर जान सक्दैन्न । किन भने उक्त कार्यालय अपाङ्ग मैत्री नै छैन । जिल्ला निर्वाचन कार्यालय भाडामा सञ्चालन गर्नुपरेको कारण अपाङ्गमैत्री भौतिक संरचना निर्माण गर्न नसकिएको जिल्ला निर्वाचनन अधिकृत तुलसीराम ज्ञवाली बताउदछन ।‘हामी भाडामा बसेको कारण अपाङ्ग मैत्री बनाउन सकिएन ।’ उनले थपे–‘भाडामा भएको भवन कति समय प्रयोग गर्ने टुंगो नै छैन ।’ केही भाग त ह्वील चियर प्रयोग गर्न सकिने थियो नी भन्ने संवादादातको जिज्ञासामा उनले भने–‘यो हाम्रो मात्र होईन सबैको समस्या हो सरोकार वाला निकायले ध्यान दिन सकेमा राम्रो हुन्छ । भवन  अपाङ्ग मैत्री बनाउने काम निर्वाचन आयोगको होईन । ’

जिल्ला निर्वाचन कार्यालय अपाङ्ग मैत्री हुन त स्वभाविक हो । निर्बाचनामा भोट हाल्नको लागि सरकारले शाररिक तथा मानिसक अथवा बौद्धिक अपाङ्गता भएका व्याक्तिहरुलाई अनुरोध गरेको छ । तर पोष्टरमा समावेसी बनाएर प्रचार गरिएको भएपनि रुपन्देहीका ५ सय ४३ मतदान केन्द्र मध्ये जम्मा ३ वटा निर्वाचन (मतदान) केन्द्र मात्र अपाङ्गहरुको पहुचमा पुग्ने केन्द्रहरु छन । त्यै पनि जिल्ला निर्वाचन कार्यालयले बनाएको नभाई आफै त्यहाको विद्यालयले निर्माण गरेका हुन ।
रुपन्देही जिल्लाको भैरहवमा रहेको लिलाराम रुपन्देही उच्च मावि, धकदही गाविसमा रहेको रामनरेश उच्च मावि र मणिग्राम नमुना गाविसमा रहेको शान्ती नमुना उच्च मावि केन्द्र मात्र अपाङ्ग मैत्री निर्वाचन केन्द्र रहेका छन ।

जुन निर्वाचन केन्द्रहरुमा शाररिक रुपमा अपाङ्गता भएका व्याक्तिहरु, दृष्टिविहिन तथा ह्वील चियर प्रयोग गर्ने व्याक्तिहरु समेत भोट खसाल्न जान सक्दछन ।
निर्वाचन कार्यालय भैरहवाले अपाङ्गता भएका व्याक्तिहरुको लागि मंसिर ४ गते मंगलबार हुने संविधान सभा निर्वाचनमा विशेष व्यवस्था गरिएको जनाएको छ । यसको लागि अपाङ्गता भएका व्याक्तिहरलाई अन्य सर्वसाधारण मानिसहरुले जस्तै लाईनमा बस्न नपर्र्र्र्र्ने र यसको  लागि निर्वाचनमा खटिएका कर्मचारी वा स्यमसेवकबाट सहयोग गर्ने जिल्ला निर्वाचन अधिकृत ज्ञवालीले बताए ।‘यसको लागि अपाङ्गता भएका व्याक्तिहरुलाई छुटै लाईनको समेत व्यवस्था हुने छ हामीले निर्वाचनमा खटिने कर्मचारीहरुलाई प्रथामिकता दिनको लागि प्रशिक्षण समेत दिएका छौ ।’–उनले भने ।

उता, अपाङ्ग महासंघ नेपालका पश्चिमाञ्चल अध्यक्ष देवी बहादु््र  पोखरलले सबै निर्वाचन केन्द्र अपाङ्गमैत्री नहुनु दुःखको कु्रा भएको बताए । बुटवल टुडे संगको कुरामा उनले भने–‘यो दु्ःखको कुरा हो सरकारले सबै निर्वाचन केन्द्र अपाङ्ग मैत्री बनाउनु पर्दछ ।’ रुपन्देही जिल्लामा कुल ३ लाख ८८ हजार ३ सय ७ जना मतदाताहरु रहेका छन  ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै