जिसिअले नै गरे सरकारी गाडीको दुरुपयोग छोरीलाई सरकारी गाडीमा दिनभर लुम्बिनीको भम्रण

कृष्ण खनाल
भैरहवा, ४ कात्तिक ।

रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले सरकारी गाडीको दुरुपयोग गरेका छन । आफु प्रमुख रहेको कार्यालयको गाडीलाई आफ्नो छोरी र छोरीका साथीहरुलाई दिनभर घुम्नको लागि लुम्बिनीमा पठाएर उनले सरकारी सम्पतीको भज्जी उडाएका हुन ।  छोरी र छोरीका साथीहरुलाई  गौतम बुद्धको जन्म स्थान  लुम्बिनीमा पठाउनको लागि उनले जिल्ला शिक्षा कायालयका सरकारी कर्मचारी ‘गाडीचालक’नै पठाएर थिए । जस्को  प्रमाण सोमबार दिउसो लुम्बिनीमा फेला परेको छ ।

सोमबार विहान करिव १० बजे आफु कार्यालयमा आएर जिशिअ अधिकारीले बा १ झ ९५११ नम्बरको टाटा सुमो गाडीलाई आफ्नी ‘छोरीलाई लुम्बिनीमा घुमाउनु’ भन्दै  चालक तीलक बहादुर बुढाथोकीलाई पठाएका थिए ।
भैरहवा बाट २१ किलोमिटर दक्षिणमा रहेको लुम्बिनीमा घुमघामको लागि आएको लुम्बिनी क्षेत्र भित्रको शान्ती स्तुुपामा नजिकै भेटिएका जिसीअ अधिकारीका छोरीले भनिन–‘बाबाले पठाउनु भो आइम्’
उनीसंगै उक्त गाडीमा एकजना चालक, जिशिअअधिकारीका एक छोरी, एक जना युवक र अन्य २ जना युवतीहरु समेत रहेको थिए ।  दिउ“सो करिब  २ बजे सम्म उक्त गाडी लुम्बिनी क्षेत्रमा घुमिरहेको थियो  । करिव २ बजे संवाददाता त्यहा पुगी तस्वीर खिच्ने क्रममा उल्टै संवाददातालाई नै हर्काने प्रयास समेत गरेका थिए ।

लुम्बिनी परिषरमा भेटिएका गाडी चालक तिलक बहादुर बुढाथोकीले १० बजे कार्यालयमा हाकीम (कार्यालय प्रमुख जिसिअ) लाई पु¥याएर आफु लुम्बिनी आएको बताएका थिए । ‘हाकीमले घुमाएर ल्याउनु भन्नु भयो र यहा आएको हो ।’ संवाददताको जिज्ञासामा उनले भने–‘१० बजे उहा(जिसिअ) लाई  अफिस पु¥याएर  यहा“ आएका हौ केही समय घुमाएर लैजाने हो । ’
उता,
जिल्ला शिक्षा कार्यालय रुपन्देहीका  जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद अधिकारीले आफुले गाडी पठाएको स्वीकार गरेका छन । उनले छोरी सहित अन्य ४ जना मानिसहरु सरकारी गाडीमा लुम्बिनीमा घुम्नको लागि पठाउनु भएको रहेछ नी ? भन्ने संवाददाताको प्रश्नमा उनले भने–‘तपाईले जसरी बुझ्े बुझ्नुस् गएहोलानी नि घुम्न ।’
पहिला आफुलाई गाडी कहा“ गएको छ भन्ने विषयमा जानकारी नै नहुने भन्दै तर्किन खोजेका थिए । ‘मलाई थाहा भएन ’ भनेर तर्कीन खोजेका जिशिअ अधिकारलाई ‘तपाई एउटा जिम्मेवार कार्यालय प्रमुख भएर गाडी कहा“ गएको छ भन्ने विषयमा थाहा हुदैन ?’ भन्ने प्रश्न पछि घुमाउरो पाराले आफुले  घुम्न पठाएको स्वीकार गरेका थिए ।
यसरी एउटा  शिक्षा जस्तो संवेदशिल र जिम्मेवार जिल्ला  शिक्षा कार्यालयको प्रमुख पदमा रहेका व्याक्तिले नै हाका हाकी रुपमा  कार्यालय समयमा सरकारी गाडीको दुरुपयोग गर्दा उनको कार्य सम्पादनमा समेत शंका उब्जीएको छ ।









Popular posts from this blog

विषादी परीक्षण केन्द्र सञ्चालनमा ढिलाइ

यस बर्ष सय प्रकारका ब्रान्डीङ्ग उत्पादन बजारमा ल्याउदै छौं

प्रभावकारी हुन सकेन अनलाईन कम्पनी दर्ता