चेलिवेटी बेचविखनको बाटो परिर्वतन हुदै

कृष्ण खनाल
भैरहवा, ९ भदौ ।

चार्डपर्वको मौका छोपेर रुपन्देहीमा चेलिवेटी बेचविखन बढ्दै गएकोले चिन्दा व्यक्त गर्न थालिएको छ ।  पछिल्लो समयमा विभिन्न प्रलोभनमा पारि रुपन्देहीको बेलहिया नाका हुदै नेपाली चेलिहरु भारतामा बेच्नको लागि लैजाने क्रम समेत बढ्दै गएको छ ।
तर पछिल्लो समययमा रुपन्देहीको बेलहिया नाकामा प्रहरी प्रशासनको बढ्दो सक्रियातको कारण मानवतस्करहरुले यहाको बाटो परिर्वतन गर्न थालेका छन । उनीहरुले सुनौली नाका(बोडर) लागि ‘सजिलो एरिया’को रुपमा प्रयोग गर्दै आएकोमा रुपन्देही प्रहरी प्रमुखमा विक्रम सिंह थापा आएपछि मानब तस्कारहरुले बटो परिर्वतन गर्न थालेको छन ।
केही समया अगाडी बेलहिया नाकाबाट भारतमा बेच्नको लागि भनेर दोलाखाका लादु गाविसमा एकै गाउका ४ जना युवतीहरु लाई काकरभिट्टा पु¥याउदै गर्दा वडा प्रहरी कार्यालय अञ्चल पुरले पडसरीबाट ४  जना युवती सहित मानव तस्करमा संलग्न ४ जनालाई समेत प्रक्राउ गरेको थियो । यसबाट रुपन्देहीको बाटो परिर्वतन गरेर मानव तस्करहरुले अन्य बाटो ‘काकटभिट्टा’को बाटो प्रयोग गरेका थिए । ४ दिन सम्म काठमाण्डौमा राखेपछि विदेश पठाईदिने भन्दै रुपन्देहीमा ल्याएर ३ दिन सम्म एक घरमा राखेका थिए । भैरहवाको पडसरीमो एक घरमा राखिरहेको अवस्थामा वडा प्रहरीले काकटरभिट्टा लैजाने तरखर गर्दा पक्राउ गरेको थियो । वडा प्ररही कार्यालय अञ्चल पुरका प्रमुख डिल्लीनारायण पाण्डेले पछिल्लो समयमा मानव बेचविखनको बाटो केही परिर्वतन हुदै गएको बताए ।  उनले रुपन्देहीमा पछिल्लो समयमा प्रहरी प्रशासनले सुरक्षामा कडाई गरेपछि तस्करहरुले पनि बाटो परिर्वतन गरेका बताएका छन । 
गत हप्ता तिन दिन्नमा मात्र १० जना नेपाली चेलीहरुको हरुको भैरहवाबाट उद्धार गरिएको थियो । गएको शुक्रबार र शनिवार ३÷३ जना गरी ६ जनाको माईती नेपालले उद्धार गरेको हो भने आईतबार वडा  प्रहरी कार्यालय अञ्चल पुरले  ४ जना चेलिहरुको उद्धार गरेको थियो ।
माईती नेपाल शाखा प्रमुख प्रभा खनालले पछिल्लो समया अनेक वाहनामा चेलिवेटि बेविखनका विभिन्न तरिकाहरु अपनाउदै गएको बताएकी छिन । उनले विभिन्न भारतिय सिनेमा खेलाईदिने बाहनामा  समेत चेलिबेटीहरु बेच विखन हुदै आएको बताईन ।
केही दिन अगाडी दोलखा लादु गाविस वडा नं. २ बस्ने २७ वर्षिय कृष्ण घिमिरे, रुपन्देही पडसरी–१ का छुबहादुर गुरुङ र झापा सतासी गाविस–५ निबासी २८ वर्षिय मुकेश शाहलाई प्रहरीले पक्राउ गरी आवश्यक प्रक्रिया अगाडी बढाएको छ । बेचबिखनका लागि लैजान लागिएका युवतीहरु एउटै गाउका १७ देखि २० वर्ष उमेरका थिए । उनीहरु माईती नेपालको सरक्षणमा रहेका छन । उनीहरुलाई आफन्तको जिम्मा लगाउने प्रक्रियामा रहेका छन । 
केही दिन अगाडी माईती नेपालले पनि भारतमा सिनेमा खेलाउन जैजाने भन्दै बेचविखनको लागि लैजादै गर्दा भारतिय प्रहरीको सहयोगमा ६ जना पोखराका  चेलीहरुलाई उद्धार गरिएको माईती नेपालकी अध्यक्ष प्रभा खनालले जानकारी दिएका थिईन ।
प्रहरीले पक्राउ गरेका मध्ये घिमिरे आफ्नै गाउँका छिमेकी रहेको युवतीहरुले बताएका छन् ।  उनीहरुलाई भैरहवाको नाका बाट  भारततर्फ पठाउनको लागि संभव नभएपछि मानव तस्कररुहले काकट्भिट्टा पु¥याउने प्रयास गरिएको छ । ‘हामीलाई दिल्ली हुँदै दुबई लैजाने भनेर ल्याइएको हो, काँकडभित्ता जाने भन्ने थाहा थिएन”–उद्दार गरिएकी एक तामाङ्ग थरकी युवतीले प्रहरी संग बताएकी थिईन ।
युवतीहरुलाई दिल्ली लैजाने भनेर भैरहवा बसपार्कबाट काँकडभित्ताको टिकट काटिएको थियो । उनीहरुलाई अभियुक्त घिमिरेले दुबई पठाउने भन्दै दोलखाबाट काठमाडौं ल्याएका थिए ।
  उनीहरुलाई काठमाडौंको ठमेलमा रहेको आफ्नो डेरामा उनले घरबाहिर ननिस्कन भन्दै चार दिनसम्म राखेका थिए । काठमाडौं एअरपोर्टबाट दिल्ली लैजाने बताएका उनले उमेर नपुगेकाले एअर पोर्ट छिर्न दिएन भनेर बसबाट रुपन्देहीको पडसरीस्थित शोभा गुरुङको घरमा ल्याएका थिए ।
  उनको घरमा तीन दिन राखेपछि शोभाका श्रीमान् छुबहादुर गुरुङले चारैजना युवतीको काँकडभित्ताको टिकट काटी मुकेश शाह मार्फत पठाउने तयारी गरेका थिए । त्यसक्रममा प्रहरीले युवतीहरुलाई गुरुङकै घरबाट गाडी चढ्न निस्कंदै गर्दा उद्दार गरेको हो । प्रहरीका अनुसार शोभा यसअघि बेचबिखनकै अभियोगमा जिल्ला प्रहरी कार्यालयको टोलीद्वारा पक्राउ परी छुटेकी थिइन् । “सुरक्षित तरिकाले भारत पु¥याउन काँकडभित्ताको नाका प्रयोग गर्न खोजेको देखिन्छ”–वडा प्रहरी कार्यालय अञ्चलपुरका प्रहरी निरीक्षक डिल्लीनारायण पाण्डेले भने ।
  पीडित युवतीहरुले आफूहरुको राहदानी गाउँकै छिमेकी अभियुक्त घिमिरेले काठमाडौंबाट बनाइदिएको बताएका छन् । पक्राउ परेका मध्ये गुरुङले भैरहवाबाट काँकडभित्ता पठाएबापत प्रतिव्यक्ति ४० हजार रुपैयाँ दिने गरी सहमति बनेको बताए । प्रहरीले अभियुक्तहरुलाई थप अनुसन्धानका लागि आइतबारै जिल्ला प्रहरी कार्यालयमा पठाएको छ । उनीहरुलाई मानव बेचबिखन ऐन अनुसार मुद्दा चलाइने प्रहरी निरीक्षक पाण्डेले बताए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै