दशैमा अवधीभरमा ३ हजार ३ सय ३६ सवारीसाधान कारवाहीमा ६ लाख ४९ हजार ८ सय राजश्व संकलन

कृष्ण खनाल
भैरहवा, ३ कात्तिक ।

 विगतका बर्षहरुमा जस्तै यस बर्षको दशैमापनि ट्राफिक नियम उलंघनका घटनाहरुमा कमी आएन । खासगरी दशैको विदा सुरु भएको दिन असोज २५ गते देखि कात्र्तिक १ गतेसम्म विभिन्न बाहनामा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुले  ट्राफिक नियम उलंघन गरेको पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले जनाएको छ ।
 सवारी साधानहरुको छतमा यात्रुहरु ओर्सार्ने, क्षमता भन्दा बढि यात्रुहरु बोक्ने तथा तोकिएको मापदण्ड विपरित सवारीसाधन संञ्चालन गरेको भन्दै दशंै अवधीभरमा ३ हजार ३ सय ३६ वटा सवारी साधानहरुलाई कावारही गरि ६ लाख ४९ हजार ८ सय राजश्व संकलन गरिएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख एसपी सुशिल यादबले जानकारी दिए ।
उनका अनुसार गत बर्षको भन्दा यस बर्ष ट्राफिक व्यवस्था चुष्त दुरुस्त बनाएको कारण केही मात्रामा भएपनि ट्राफिक नियम उलघंनका घटनाहरुमा कमी थिए । ‘ठाउ“–ठाउ“मा हामीले विशेष व्यवस्था गर्नुको साथै कारवाहीको प्रक्रिया पनि कडाईसाथ लागू गरेका थियौं जसले केही कमी आएको छ ।’–बुटवल टुडेसंगको  कुराकानीमा एसपी  यादबले भने–‘केही हदसम्म घटनामा कमी आएको हामीले पाएका छौ ।’ उनले यस क्षेत्रमा त्यस्तो कुनै ठुलो अथवा अप्रीय दुर्घटनासमेत नभएको जानकारी दिए ।
खासगरी पश्चिमाञ्चल विकास क्षेत्रका १६ वटा जिल्लाहरुको दश“ै अवधीभरमा सबैभन्दा बढि मोटरसाईकल ले ट्राफिक नियम उलघंन गरेका घटना छन । उक्त अवधीभरमा १ हजार ४९ वटा मोटरसाईकले ट्राफिक नियम उलघंन गरेका छन भने सबैभन्दा कम २ सय ८८ वटा ट्रयाक्टरले ट्राफिक नियम उलंघनगरेर कारवाहीमा परेका छन ।  जुन तथ्याङक लुम्बिनी, गण्डकी र धौलागीरी अञ्चलको मात्र हो । लुम्बिनी अञ्चलका अर्घाखा“ची, गुल्मी, पाल्पा, कपिलबस्तु, नवलपरासी  र  रुपन्देही, गण्डकी अञ्चलका गोराख, तनहु, मनाङ्ग, लम्जुङ्ग, कास्की र स्याङ्जा, धौलागीरी अञ्चलका पर्वत, म्याग्दी, मुस्ताङ्ग र बाग्लुङ्ग जिल्लामा ट्राफिक नियम उलंघन गर्नेहरुलाई पश्चिम क्षेत्रीय ट्राफिक  प्रहरी कार्यालयले कारवाही गर्ने गर्दछ ।

पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलका सहायक लेखा अधिकृत बाबुराम कु“वरका अनुसार दशै अवधीभरमा सबैभन्दा बढि मोटरसाईकल १ हजार ४९ वटाले  ट्राफिक नियम उलघंन गरेका छन । भने मोटरसाईकल चालक कारवाहीबाट सबैभन्दा बढि २ लाख २६ हजार ६ सय रुपैया राजश्व  संकलन भएको छ । त्यस्तै ट्राफिक नियम उलघंन गर्ने दोस्रो नम्बरमा ट्रकचालक रहेको छन । सो अवधीमा कुल ७ सय ६८ वटा ट्रकचालकहरुले ट्राफिक नियम मिचेर कारवाहीमा  परेका छन । उक्त कारवाहीमा १ लाख २७ हजार ४ सय ५० रुपैया राजश्व संकलन भएको छ । त्यस्तै तेस्रो नम्बरमा रहेको कार तथा बस का सवारी चलाक (त्रिपल एक्स) ६ सय ६६ वटाले ट्राफिक नियम मिचेका छन । उक्त कारवाहीमा १ लाख ४६ हजार ३ सय रुपैया राजश्व संकलन भएको छ ।

त्यस्तै ५ सय ६५ वटा बस चालकलेपनि  नियम विपरित नै सञ्चालनमा भएको पाइएको छ । जसको कारवाहीबाट पश्चिम क्षेत्रीय ट्राफिक कार्यालय बुटवलले १ लाख ३९ हजार ५० रुपैया राजश्व   संकलन गर्न  सफल भएको छ । त्यस्तै ट्रयाक्टर २ सय ८८ वटाले नियम उलघंन गरेका छन । जसको कारवाहीबाट ४५ हजार ५ सय रुपैया राजश्व संकलन भएको छ ।
सार्वजानिक यातायाताका साधानहरुले ट्राफिक प्रहरी वा नेपाल प्रहरी देखेको समयमा छतमा राखेका यात्रुहरु ओर्राले र केही समय  यात्रुहरुलाई  हिडाए पछि यात्र भित्र कोचेर यात्रा गराएपछि पुन छतमा चढाउने गरेका दृश्यहरु यसपटकको दशै अवधिमा प्रष्टै देखिन्थ्यो । यती मात्र होईन एउटै सिटको टिक ४ जना सम्म मानिसहरुलाई दिएको कारण यात्रुहरुले सास्ती खेप्नुको साथै  बसको गल्लीमा उभिएर यात्रा गर्नु पर्द आक्रोशित समेत देखिएका थिए ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै