विदेशको भगाई स्वदेशमा कमाई


कृष्ण खनाल
बुटवल (शुभ मंगल विशेष )
करिव ५ बर्ष सम्म खाडी मुलुकमा पसिना बगाएपछि कपिलबस्तु जिल्ला चान्द्रौटा वार्ड नम्बर ९ का देवप्रकाश न्यौपाने अव कहिल्यै विदेशको भुमिमा गएर पसिना नबगाउने प्रण गरे । कतारमा अटो मेकानिक्कल सम्बन्धी कम्पनीका काम गरेका न्यौपानेले अहिले ५ बर्ष सम्म विदेशको भुमिका सिकेको सीप प्रयोग गरेर स्वदेशमा राम्रो आम्दानी गरेका छन् । भर्खरै मात्र २७ बर्षमा लागेका न्यौपाने युवा व्यवसायी हुन् । विदेशमा गएर पसिना बगाएपछि अहिले उनले आफ्नै लगानीमा मोटरसाईकल मर्मत गर्ने तथा  मोटरपार्टस् सेन्टर खोलेर राम्रो आम्दानी गर्दै आएका छन । ‘ पा“च बर्ष सम्म विदेशमा गएर पसिना बगाए तर अव आफ्नै देशम केही गर्नको लागि लागेको छु ।’ बुटवल टुडे संगको कुराकानीमा उनले भने–‘अव विदेको भमी पनि टेक्दिन ।’  कतारमा जादा उनको सुरुका दिन अत्यन्तै कष्टप्रदरुपमा विते । करण थियो उनले यहा मेकानिकलको काम पुर्ण रुपमा जानको थिएन्न । ठुला गाडीहरुको केही मात्र काम जानेका उनलाई त्यहाको प्रविधी र हवापानी वातावरणसंग घुलमिल हुन उनलाई धेरै समय लाग्यो । तर केही समय कडा परिश्रम गरेपछि उनले त्यहाको वातावरणसंग घुलमिल भएर काम गर्न सक्ने भए । जनतेन ५ बर्ष सम्म विदेशमा पसिना बगाएपछि उनले स्वदेशमै लगानी गरेर आफ्नै व्यवसाय सुरु गर्ने बताएका अठोट गरेका थिए ।  केही समय अगाडी  आएपछि उनले करिव १० लाख रुपैया लगानी गरेर आफुले  विदेशमा सिकेको सिप प्रयोग गरेर मोटरसाइकल ममर्तत संभारको काम सुरु गरेका न् । यो उदाहरणमात्र हो । उनी जस्ता कयौ युवाहरुले विदेशमा गएर कमाएर आएको केही रुपैया स्वदेशमा लगानी गरेर आम्दानी गर्दे गएका छन । ‘अन्य साथीहरुले विदेशबाट कमाआएर आएको रकम उत्पादनशिल क्षेत्रमा भन्दा पनि अन्य विलासिताका सामानहरु खरिद गर्नमा खर्च गर्दछन् तर मैले यो  क्षेत्रमा लागानी गरेको छु ।’ उनले थपे–‘जसबाट हाम्रो आम्दानी समेत दिएको छु । सुरुमा १० लाख रुपैया लगानी गरेको भएपनि अहिले उनको लगानी करिव २० लाख पुगेको छ । विवाह समेत गरिसकका उनका परिवारमा एक छोरी पनि छिन् । युवा उद्यमीको रुपमा पहिचान बनाएका उनले भने–‘यहिबाटै नै परिवार  पाल्न सकेको छु, आम्दानी पनि राम्रै भएको छ ।’ उनले मिहिनेत गर्न सकेमा स्वदेशमा पनि राम्रो आम्दानी गर्न सक्ने भनाई राख्दछन । ‘मैले मात्र होईन यहा अन्य दुई जनालाई पनि रोजगारी दिएको छु ।’ उनले भने–‘मासिक रुपमा सम्पूर्ण खर्च कटाएर ३० हजार रुपैया जती आम्दानी गर्ने गरेको छु । 
त्यस्तै , 
आँट, जोश र जाँगर भयो भने सफलता पाउन कुनै गाह्रो हुँदैन यसै भनाइलाई चरितार्थ गरेका छन नवलपरासीका जाँगरीला युवाहरु हरी भण्डारी र गुप्त पोखरेलले । भर्खर युवा अवस्थामा प्रवेस गर्दा मलेशिया पुगेका यी दुइ युवाहरु विदेशी भुमिमा धेरै पसिना चुहाए तर जुन सपना बोकेर विदेश पुगेका थिए सोँचाइ भन्दा वास्तविकतामा धेरै अन्तर पाएपछि अन्ततः आफ्नै भूमिमा केहि गर्ने अठोटका साथ स्वदेश फर्किए । नेपालमै ब्यवशायिक रुपले पशुपालन, कुखुरा पालन तथा मत्यपालन गर्ने र नमुनाको रुपमा आफूहरुलाई स्थापित गर्ने योजना बनाए उनीहरुले । नवलपरासीका हरी र स्याङ्गजाका गुप्तले मलेशिया बसाइका क्रममा नेपालमा कुनै ब्यवशाय गर्ने योजना बनाए र अन्य १० जना युवाहरु समेत संगठित भई २०६५ सालमा “युवा एकिकृत कृषि फर्म तथा अनुसन्धान कम्पनी” नामको कम्पनी दर्ता गरी काम सुरु गरे ।
      नवलपरासीको रामनगर–२, बडेरास्थित शाहिद स्मृती रङ्गशाला नजिकै करिव ६ विगाहा क्षेत्रफल बार्षिक ६० हजार बुझाउने गरी जग्गा भाडामा लिएर करिव ६० लाख रुपैया लगानी गरी बँगुर, कुखुरा र माछापालन सुरु गरेका थिए । अतित सम्झदै हरीले भने ‘ सुरुमा ६० वटा बँगुर, ५० हजार माछाका भुरा र ८ हजार कुखुराको चल्लाबाट ब्यवशाय सुरु गरेका थियौ तर बँगुरमा स्वाइन फ्लु र कुखुरामा बर्ड फ्लु देखा परेपछि निरास बनायो’ उनले थपे ‘ १२ जना उत्साहि युवाहरुले सुरु गरेको ब्यवशायमा पहिलो गासमै ढुँगा भने झै भयो’ ।
      ‘सुरुवाती चरणमै अपेक्षा गरेभन्दा उल्टो नतिजा आउने देखेपछि अन्य साथीहरुले ब्यवशायबाट अलग्गिने निर्णय गर्नु भयो’ अर्का जाँगरीला युवा गुप्तले भने ‘माछा विक्रिबाट आएको रकम साथीहरुको साँवा वापतको रकम फिर्ता गर्दै गयौं’ ।
      ब्यवशाय सुरु गर्दा सोँचेभन्दा फरक नतिजा आएपनि यि दुइ युवाहरुले भने हिम्मत हारेनन् र लगनशिल भइ ब्यवशायलाई निरन्तरता दिँदै आएका छन । अहिले ३ जना युवालाई रोजगारी दिइ भाडाको ६ विगाहा र आफ्नै ३ विगाहा जग्गामा कुखुरापालन र मत्स्यपालन गरेका उनीहरुले वार्षिक १०–१२ लाख रुपैया आम्दानी हुने गरेको बताए । ‘ बँगुरको खोरलाई ब्यवस्थित गरेर त्यसमा गाइपालन समेत गर्ने योजना बनाएका छौं’ आँटिला युवाले भने ‘हाम्रो लक्ष्य भनेको कृषि प्रधान मुलुक जहिले पनि कृषि उपजको लागि परनिर्भर हुनु नपरोस भन्ने हो’ । भविष्यमा कृषिक्षेत्रमा पनि लगानी गरी ब्यवशायिक रुपमा तरकारी खेती गर्ने योजना समेत बनाएको उनले बताए ।
      सुरुमा भौतिक संरचना निर्माण गर्दा, अनुभवको कमिका कारण ब्यवशायिक रुपमा सफल हुन केहि गाह्रो भयो तर अनुभव र लगनशिलताका कारण अहिले ब्यवशाय फस्टाउँदै गएको युवा ब्यवशायि बताउछन । लगनशिल भएर काम गर्न सकेको खण्डमा विदेश जान खर्चने रकम र विदेशमा बगाउने पसिना नेपालमै बगाउन सके विदेशको भन्दा सम्मानजनक जिवन र पैसा कमाउन सकिने उनीहरुको तर्क छ ।
      स्याङ्गजाका स्थायी वासिन्दा पोखरेल अहिले नवलपरासीलाई कर्मथलो बनाएका छन । सुरुमा ब्यवशाय गर्दा प्रति शेयरसदस्य ५ लाखबाट सुरु गरे पनि उनीहरुलाई समय समयमा आर्थिक अभावले भने पिरोलीरहेको तितो अनुभव पनि छ । ‘ जग्गाधनी प्रमाणपूर्जा साथमा लिएर बुटवल देखी नारायणघाट सम्मका करिव सबै बैंक तथा वित्तिय सँस्था धायौं तर धितो राखेरै भएपनि कहिँबाट  ऋण समेत पाएनौ’ केहि भावुक हुँदै पोखरेलले भने ‘सरकारले पनि कृषि क्षेत्रमा लगानी गर्ने भनेर योजना त बनाउछ तर कहिले पनि कार्यन्वयन गर्दैन’ । युवा स्वरोजगार कोषको स्थापना गरी युवाहरुलाई विभिन्न पेशा तथा ब्यवशायमा संलग्न गराउने भनेर सरकारले घोषणा गरेपनि आफूहरुले निकै पहल गर्दासमेत नपाएको उनीहरुको गुनासो छ । ‘राजनैतिक पँहुच भएकाहरुको लागि वितरण गरिन्छ तर वास्तबमै जो युवा ब्यवशाय गरि आत्मनिर्भर बन्न चाहान्छ उसलाई न्युनतम सेवा सुविधाबाट समेत बञ्चित गरिन्छ’ केहि आक्रोसित हुँदै हरीले भने ।
    विदेशमा दक्ष जनशक्तिद्धारा बैज्ञानीक तरिकाले खेती गरिनु तथा ब्यवस्थित ढँगले पशुपालन गरिनु विकासको आधार भएको मान्यता उनीहरुको छ । नेपालमा दक्ष जनशक्तिको अभाव, सरकारको उदासिनता र युवाहरुलाई कृषि पेशाप्रति आकृष्ट गर्न नसक्नु सरकारको कमजोरी भएको उनीहरुको ठम्याइ छ ।
      देशमा हरितक्रान्ति गरि देशलाई कृषि उपजमा आत्मनिर्भर गराउन देशमा बेरोजगार भएका लाखौं युवापुस्तालाई कृषिपेशामा आकर्षण बढाउन सकेमा पक्कै पनि देशको अर्थतन्त्रले काँचुली फेर्न सक्नेछ विश्वस्त हुँदै पोखरेलले भने ।
त्यस्तै रुपन्देही  योगिकुटिका कृष्णप्रसाद पन्थ  ब्यबसायिक रुपमा पशुपालनमा लागेका छन ।  डेढ वर्षअघि करहियाको प्रगतिनगरमा पुजा कृषि फार्मका नाममा गाईफार्म खोलेका  पन्थले बिगतमा विदेश गएर आफूले गल्ती गरेको समेत बताएका थिए ।  भारतको मुम्बई र पन्जावमा गरी २० वर्ष, दुबईमा पाँच वर्ष र कुबेतमा २ वर्ष वैदेशिक रोजगारीको अनुभव संगाल्नुभएका पन्थले आफूले कसैको प्रेरणाबाट नभै विदेशको दुःख देखेर नेपालमै लगानी गर्ने अठोटका साथ  पशुपालन व्यवसायमा लागेको बताए । दैनिक ५०० लिटर सम्म दुध संकलन गर्ने पन्थले सिजनमा दुध बेचेर मासिक २ लाख सम्म बचत गर्न सकिने बताउदछन ।  सिजनमा दैनिक ५०० लिटर सम्मद ध संकलन हुने गर्दछ भने अन्य समयमा २०० लिटर सम्म संकलन हुने गर्दछ ।
विभिन्न देशमा रोजगारीको शिलशिलामा पुग्दा ज्यान फालेर काम गर्नुपर्दा उनले यत्तिको मिहिनेत नेपालमै गरे झन् धेरै आम्दानी हुन्छ भन्ने सोंचे । विदेशमा बगाउने पसिना र मिहिनेत नेपालमै लगाउने अठोटका साथ २७ वर्षको  वैदेशिक रोजगारीको अनुभव उनले  पशुपालनमा लगाएका हुन् । 
अहिल उनको फार्ममा  फार्ममा अहिले जर्सि ,होलस्टिन, जर्सीक्रस , होलस्टिन क्रस र न्यूजिल्याण्ड जर्सी गरी ७० वटा गाई र पाँचवटा भैंसी छन् । ती मध्ये ३८ वटा ब्याउने गाई छन् भने अरु सबैले दुध दिन्छन् । ४० लाख लगानीबाट २०६८ माघ २५ गतेदेखि सुरु भएको फर्ममा अहिले ८८ लाख लगानी पुगेको छ ।  पहिले डिडिसलाई मात्र दुध बिक्री गर्दै आएकोमा अहिले व्यक्तिलाई पनि बिक्री वितरण गर्न लागिएको छ भने बुटवल,भैरहवा ,योगिकुटि लगाएतका बिभिन्न स्थानमा दुध बिक्रि हुने गर्दछ ।  
  अहिले हामीले नाफालाई हेरेका छैनौ ,तीन वर्षसम्म आम्दानी नहेरेर लगानी वृद्धि गर्दै जाने हो, त्यसपछि सोंचे अनुसार आम्दानी हुन्छ”–पंन्थको भनाई छ ।  ।  चार बिगाहा जग्गा भाडामा लिएर व्यावसायिक पशुपालन गरेका पन्थको फर्ममा बिहानैदेखि दुध लिन आउनेको भीड लाग्छ । भाडामा लिएको चार बिगाहा मध्ये दुई बिगाहामा नेपिएर,टियोसेन्टि,बाज्रा लगाएतका विभिन्न प्रजातिका घाँस उत्पादन गर्नुभएका पन्थले गाईभैंसीका लागि सिजनमा परालको बढी प्रयोग हुने गरेको बताए । 
  कहिलेकांही दानको अभावमा समस्या झेल्नुपरेको पन्थको अनुभव छ । “दानाको ठूलो हिस्सा भारतबाट आयात हुने भएकाले फर्ममा आइनपुग्दै म्याद सकिन्छ, म्याद गुज्रिएको दाना खुवाउँदा विभिन्न रोगको संक्रमण फैलने खतरा रहन्छ”–उहाँले दुःखेसो पोखे । भारतीय बाहेक मणिग्राम कफी कम्पनी र शारदा फिट्स साल्झण्डीबाट पनि दाना आउने गर्दछ ।  
  पंन्थको गाईफार्ममा अन्य १२ जनाले पनि रोजगारीको अवसर पाएका छन् । बिहान उज्यालो भएदेखि राति अबेरसम्म नै फार्ममा भेटिने पंन्थलाई उनकी श्रीमति अम्बिका पंन्थले पनि निकै सघाउनु भएको छ । अम्बिका भन्छीन–‘हामीले सुरुमा लगानी लगाउदा सबैले अलिकति बिदेशमा कमाएको पैशा पनि भ्याउने भए भनेर भन्थे तर अहिले सबैले राम्रो गरेको भन्दै प्रशंसा गर्छन् ।  आफ्नो घरजग्गा धितो राखेर कृषि विकास बैंकबाट क्रृण लिएर पशुपालन सुरु गरेको पन्थको भनाई छ । “सुरुमा डर लागेपनि गरे जे सुकै काममा सफल भइने रहेछ”–पन्थले भने ।  । व्यावसायिक कृषिको विकासका लागि राज्यले कृषिमा लगानी बढाउने हो भने नेपाल आर्थिक रुपले सबल हुने उनको विश्वास छ ।
http://butwaltodaynews.com/index.php?listId=1324
 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती