योजना अघि बजेट पछि


कृष्ण खनाल
बुटवल, ११ भदौ ।
बेलैमा काम भएको भए यतिखेर बुटवल खानेपानी सुदृढीकरण आयोजना पूरा भएको दुई वर्ष भइसक्थ्यो । नगरबासी खानेपानीको हाहाकारबाट मुक्त भइसक्थे । 
आयोजनाको पहिले छनौट भएको मुहानमा समस्या, टेण्डर प्रक्रिया र बजेट निकासामा भएको ढिलाईले खानेपानी आयोजना पूरा हुने समय अनिश्चित छ । २० करोड रूपैयाँको यो आयोजना सुरु भएको चार वर्ष बितिसकेको छ । धेरै आयोजनाको अवस्था बुटवल खानेपानी सुदृढीकरण आयोजनाको जस्तै छ । बुटवललाई नमुना शहर बनाउन अघि सारेका आयोजना कतिपय सुस्त गतिमा अघि बढेका छन् । कतिपय धमाधम भइरहे पनि बेलैमा सकिने छाँटकाँट छैन । 
पाँच वर्षअघि बुटवलमा नेपालमै पहिलो अन्तर्राष्ट्रिय स्तरको सिटी हल बनाउने ठूलै हल्ला चल्यो । सिटीहलका लागि काम अघि बढ्न सकेको छैन । आर्थिक बर्ष २०७०÷७१ मा सरकारले सिटी हल बनाउनको लागि निश्चित बजेट विनियोजन गरेको छ । तर काम भने अगाडि बढ्न सकेको छैन । एउटा अन्तर्राष्ट्रिय स्तरको हल र अन्य दुईवटा साना सिटीहल सहित विभिन्न विकासका पूर्वाधार निर्माण गर्ने भनेर नक्सा समेत स्वीकृत भैसकेको बुटवल नगरपालिकाले जनाएको छ । 
‘बुटवल मण्डप गुरुयोजना’ नाम दिएर पूर्वाधार विकासको काम अगाडि बढाउने भनिएको उक्त आयोजनाको काम द्रूत गतिमा अगाडि बढ्न सकेको छैन । बुटवल मण्डपलाई पर्खाल लगाएर घेर्नुबाहेक अन्य निर्माणको काम अघि बढेको छैन । केही वर्ष पहिला सार्वजनिक गरेको नक्सा अनुसार निर्माण गर्ने भनेको बुटवल मण्डप गुरुयोजनाको जग्गाको क्षेत्रफल भन्दा बढी क्षेत्र ओगट्ने भएको कारण विवादमा समेत तानिएको छ । बुटवल नगरपालिकाले निर्माण गरेको गुरुयोजना पहिला स्वीकृत नगरिएको र पछि सहरी विकास तथा भवन निर्माण विभागले निर्माण गरेको गुरुयोजना यथार्थ क्षेत्रफल भन्दा बढी भएको कारण गुरुयोजना स्वीकृत भई काम अघि बढ्न सकेको छैन । ‘गुरुयोजनाअनुरूप काम सुरु हुन नसक्नुको प्रमुख कारण समयमै बजेट प्राप्त नभएकोले हो’, बुटवल नगरपालिकाका अधिकृत रामप्रसाद अर्यालले भने । 
सिटी हलको लागत ७८ करोड रूपैंया अनुमान गरिएको छ । केही वर्ष अघि बुटवल नगरपालिकाले नक्सा समेत सार्वजनिक गरेको थियो । चालु आर्थिक बर्ष २०६९÷०७० मा केन्द्रीय सरकारसँग ५० करोड रूपैयाँ र अघिल्लो आर्थिक बर्ष २०६८÷०६९ मा ५० करोड रूपैयाँ र आर्थिक २०६७÷०६८ मा पनि ५० करोड रूपैया बुटवल नगरपालिकाले केन्द्रसँग माग गरेको थियो । राष्ट्रिय योजना अयोगले आयोजना स्वीकृत गरी नगरपालिकाले माग गरेको रकम विनियोजन गर्न चासो नदिएको बुटवल नगरपालिकका योजना अधिकृत अर्यालको भनाइ छ । 
बुटवल मण्डपमा नगरपालिकाले अहिलेसम्म पर्खाल लगाउन, खानेपानीको बोरिङ्ग गाड्ने, विद्युतीकरण गर्ने र समान्य ग्राभेल गर्ने काममा साढे २ करोड रूपंैया लगानी गरिसकेको छ । बुटवलमा पर्यटन पवद्र्धन गर्न बुटवल नगरपालिकाले हिलपार्क गुरुयोजना अघि सारेको दसक नाघेको छ । बजेटको अभावले हिलपार्क गुरुयोजनामा विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । ‘बजेट अभावले हिलपार्कमा गर्न खोजेका काम अघि बढाउन सकिएको छैन–बुटवल नगरपालिकाका पुर्व नगरप्रमुख समेत रहेका हिलपार्क विकास परिषदका पुर्वअध्यक्ष भोज प्रसाद श्रेष्ठले भने । 
हिलपार्क गुरुयोजना अन्र्तगत हिलपार्क–लक्ष्मीनगर गुरुयोजनाको लागि आर्थिक वर्ष २०६९÷०७०मा ५० लाख र सोही आर्थिक बर्षमै हिल हारवेस्टीङ्ग पोण्ड हिल पार्कको लागि ५० लाख रूपैया केन्द्रीय निकायसंग बुटवल नगरपालिकाले बजेट माग गरेको थियो । 
त्यस्तै बुटवलको अर्को आयोजना आकाशे पुल निर्माण पनि अघि बढ्न सकेको छैन । अहिले त्यसको संभाव्यता अध्ययन भैरहेको छ । बर्सेनी हुने सवारीसाधनको बढ्दो चाँपलाई मध्यानगर गर्दै आकाशे पुल निर्माणको आयोजनालाई अघि बढाउन खोजिएको हो । बुटवलको राजमार्ग चौराह, मिलनचोक र अस्पताल लाईनमा लगायतका स्थानहरूमा आकासेपुल निर्माण गर्ने योजना छ । उक्त योजनाको लागि आर्थिक वर्ष २०६८÷०६९ मा १ करोड रूपैंया माग गरिएको भएपनि बजेट प्राप्त नहुंदा उक्त योजना पनि आश मात्रको योजना बन्न पुगेको हो । 
बुटवल नगरपालिका अनुसार उक्त योजनाको आर्थिक वर्ष २०६७÷०६८ मा १ करोड र लागि चालु आर्थिक बर्ष २०६९÷७० मा केन्द्रीय सरकारसँग बजेट माग गरिएको भएपनि अहिले सम्म बजेट प्राप्त हुन सकेको छैन । त्यस्तै समयमै बजेट प्राप्त नहँुदा प्रभावित बनेको आयोजना हो बुटवल–१३ देवीनगरमा रहेको एन्फा एकेडेमी स्टेडियम निर्माण । बुटवल नगरपालिकाका योजना अधिकृत रामप्रसाद अर्यालले प्रत्येक बर्ष नगरपालिकाले योजना बनाउँदा केन्द्रसँग बजेट माग गर्दै आएको छ । नगरपालिकाले गत आर्र्थिक बर्ष २०६८÷०६९मा २ करोड रूपैयाँ माग गरेको थियो । त्यसैगरी आर्थिक वर्ष २०६७÷०६८ मा २ करोड र २०६८÷६९ मा २ करोड र गत आर्थिक वर्ष २०६९÷७० मा पनि २ करोड रूपैयाँ नगरपालिकाले माग गरेको थियो । 
अर्को कागजमा मात्रै सीमित भएको आयोजना हो बुटवलको बेलवास–नुवाकोट–झुम्सा शान्ति मार्ग । चालु आर्थिक वर्षमा ३ करोड, अघिल्लो आर्थिक वर्ष २०६८÷६९ मा ५ करोड र आर्थिक वर्ष २०६७÷०६८ मा ५ करोड रूपैयाँ नगरपालिकाले सरकारसँग माग गरेको थियो । शान्तिमार्गको चर्चा मात्रै भएको छ । सिद्धार्थ राजमार्ग अन्र्तगत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबाको पहिरोका कारण दजर्नौ मानिसले ज्यान गुमाउनु परेको छ । जुन सडकलाई बुटवल–पाल्पा सडकको विकल्प सडकको रूपमा लिइएको छ । बुटवलको राजमार्ग चौराहा देखि धागो कारखाना सम्मको सडक चारलेन सडकको रूपमा विस्तार गर्ने योजना पनि अहिले सम्म सुरु हुन सकेको छैन । बर्सेनि करोडौं रूपैयाँ केन्दमा माग गरेपनि नआएपछि उक्त योजना पनि अलपत्र परेको छ ।
बुटवलमा अन्तर्राष्ट्रिय स्तरको सभा हल, ६ लेनको सडक, हिलपार्क उद्यान , आकाशेपुल र स्टेडियमको विकास गर्न सके बुटवल नमूना सहरको रूपमा विकास हुनेछ । ‘अघि सारिएका यी आयोजना समयमै पूरा गर्न सरोकारवाला निकायले ध्यान दिन सके बुटवल साच्चिकै नमुना सहरको रूपमा विकसित हुने छ स्थानीय खिम प्रसाद श्रेष्ठले भने । 
http://butwaltodaynews.com/index.php?listId=1336

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती