फुटबलमा समर्पित गाउँ,प्रत्येक घरबाट गच्छे अनुरुपको सहयोग



कृष्ण खनाल
बुटवल, १७ भदौ । 
एक महिनासम्म सिं गाउ“ नै फुटबलमा समर्पित हुन्छ । ‘हामीलाई त यो दशंै आए जस्तो हो ।’ अधिकांश स्थानीयको साझा भनाइ हो यो । आर्थिक रुपमा सबल भएको परिवारले नगद र नहुनेले श्रम दिएर सहयोग गर्दछन । 
यो परम्परा चलेको आज होईन करिब २७ बर्ष भन्दा बढी नै भैसक्यो । बुटवलबाट केही किलोमिटर दक्षिण लागेपछि आउने  रुपन्देहीको आनन्दवन गाविस वडा नम्बर–६ मा रहेको कुञ्जलापुर गाउ“ले आफ्नो पहिचान नै फुटवल गा“उ बनाएको छ । यो सिंङ्गो गाउँमा अबको करिब एक महिना मेला पर्व आएजस्तो हुनेछ । करिब २७ बर्ष अघिदेखि निरन्तररुपमा आयोजना हुँदै आएको झरना रनि· शिल्ड फुटबल प्रतियोगिता आयोजनामा सिंगो  गाउँ नै  समर्पित भएर लागेको छ । करिब २ सय ५० घरधुरी रहेको उक्त  गाउ“का प्रत्येक घरबाट कम्तिमा  ३ सय रुपैयाँ संकलन गरिएको छ  फुटबल आयोजना गर्नको लागि ।  राष्ट्रियदेखि अन्तर्राष्ट्रिय खेलाडीहरुको समेत सहभागिता हुने प्रतियोगिताको सुरुवात  वि.स.२०२७ सालमा भएको जानकारहरु बताउँछन् । 
झरना क्लबका  संस्थापक खेलाडी ६० बर्षीय पदम बहादुर थापा मगरका अनुसार अनौपचारिक रुपमा वि.स.२०२७ सालामा  सुरु भएको भएपनि टुर्नामेन्टको  रुपमा जुनियर फुटबल प्रतियोगिता वि.स.२०३९ सालमा भएको हो । स्थानीय बयोवृद्ध व्यक्ति तथा क्लबका सल्लाहकार रहेका क्लबका पूर्व रेफ्री ७८ बर्षीय टेकबहादुर बुढाथोकी को स्मरण छ  सुरुमा टुर्नामेन्ट खेलाउँदा करिब ६० देखि ७० घरधुरीले  २ रुपैयाँ प्रतिघर उठाएर खेल आयोजना गरिएको थियो ।  ‘त्यतिबेला सुरुमा हामीले प्रति घर  दुई रुपैयाँ उठाएर खेल खेलाएका हांै,’ बुुढाथोकीले भने । 
 क्लबका अध्यक्ष छत्रवहादुर दर्लामीसँग सुरुका दिनमा  फुटबल खेल्नको लागि बुट (जुत्ता) नपाइने भएको कारण भारतको नौतुनवाबाट खुट्टामा लगाउने एक प्रकारको  छालाको ईन्केल  लगाएर खेल्ने गरेको सम्झना अहिले पनि ताजै छ ।  फुटबल (बल) यहाँ उपलब्ध नहुने कारण भलिबलको व्लाडरमा भित्र कपडा राखेर फुटबल बनाएर खेल्ने गरेको यसको ईतिहासमा पाइन्छ । अहिले पा“चौ पटक सम्म अध्यक्ष बनेका दलार्मीमगरले झरना कप निरन्तररुपमा चलेको भए अहिले ३४ औ शृङ्खला हुने बताउ“दछन् ।  
तर बीचमा भएको माओवादी द्वन्द्वको कारण धेरै बर्ष प्रतियोगीताले निरन्तता पाएन । ‘निरन्तता पाएको भए यो ३४ औं खेल हुन्थ्यो होला तर अहिले २७ आंै प्रतियोगिता हो,’ अध्यक्ष दर्लामी मगरले भने । झरना क्लब फुटवल आयोजना गर्ने मात्र नभई विभिन्न स्थानहरुमा गएर फुटबल पनि खेल्ने गरेको यसको ईतिहासमा पाइन्छ ।  पाल्पामा हुने गरेको ‘करुवा कप’ हो या नारायणगढका हुने गरेको ‘त्रिभुवन च्यालेन्ज कप’ प्रतियोगितामा पनि सहभागी भएर पुरस्कार हात पारेको यसको ईतिहासमा पाइन्छ । 
स्थानीय उमा निमाविको मैदान जहाँ अहिले पनि फुटबल प्रतियोगिता हुन्छ त्यही मैदानमा फुटबल खेलेर श्याम थापा, बसन्त थापा, मधु कार्की, पुकार गहतराज, निराजन मल्ल, शिव श्रेष्ठ जस्ता राष्ट्रिय फुटबल खेलाडीहरु खेल खेलेका थिए ।
 पाल्पामा हुने ‘करुवा कप’ खेल्न जा“दा दुई दिनको बाटो हिँडेर गएको र दुई दिनका लागि आफूलाई चाहिने खाद्यान्न यहीँबाट बोकेर गएर फुटबल खेलेको ताजा अनुभव छ झरना क्लबका कोषाध्यक्ष तथा पूर्व खेलाडी धनेन्द्र पौडेलको  । ‘नारायणगढमा हुने खेलमा बसको छतमा बसेर जान्थ्यौं, बसको छतमा चढेपनि पैसा नलाग्ने यसरी पनि फुटबल खेलियो,’ उनले भने  ।  झरना क्लवका संस्थापक खेलाडी तथा उत्कृष्ट गोलकिपर सुशील घिमिरेको अनुभव पनि रोचक छ । पाल्पामा  हुने गरेको करुवा कप खेल्नको लागि जा“दा एक पाथी चामल र १० रुपैयाँ नगद गोजीमा हालेर हिँड्दै तानसेन गएको उनको मानसपटलमा अहिले पनि  ताजै छ । वि.स.२०२७ सालमा करिब दुई बर्ष देखि विना बुट खाली खुट्टा खेलेको उनको अनुभव छ । ‘कहाँबाट जुत्ता, बुट पाउने केही बर्ष खाली खुट्टा नै खेलियो ।’ उनले थपे–‘पछि खाली खुट्टा खेल्न नपाईने नियम बनाएपछि आफै घरमा भएको खाद्यान्न बेचेर जुत्ता किनेको थिए । ’  उनले तिलोत्तमा गोल्ड कप, पाल्पाको करुवा कप, नारायणगढको त्रिभुवन च्यालेन्ज, कालिका कप जस्ता खेलहरु खेलेका छन् । गाउ“कै गौरव बनेको फुटबल गाउँलेहरु सिंगो गाउ“ नै एक महिनासम्म फुटबलमै समर्पित हुने गर्दछ । गाउ“बाट विदेश गएका दाजुभाइहरु पनि ‘गाउँमा झरना कप हँुदै छ है’ भनेर छुट्टी मिलाएर आउने गरेको  समेत स्थानीय बताउ“दछन । अहिले आयोजना हुन लागेको खेलकुदको खेल संयोजक तथा रुपन्देही जिल्ला फुटबल संघका महासचिव लोकबहादुर पुन पूरै व्यवस्थापनमा गाउँलेको सक्रिय सहभागिता रहने बताउँछन् । पहिलाको भन्दा केही  फुटबल आयोजना गर्ने परम्परा र अवस्था पनि बदलिएको उनको तर्क  थियो । ‘हामी युवाहरुले आएपछि केही परिर्वतनहरु गरेका छौ ।’ उनले भने–‘पुरस्कार राशि पनि बढाएका छौ र अन्य कार्यक्रम पनि व्यवस्थित बनाउँदै लगेका छांै ।’
झरना कप कुञ्जलापुरले साँच्चै नै गौरव गर्ने खालको प्रतियोगिता भएको स्थानीय ४२ बर्षीया संगीता गुरुङ्ग बताउँछिन् । उनले आफू आएपछि प्रत्येक बर्ष झरना कपमा लाग्ने गरेको अनुभव सुनाउँदै गाउँको पहिचान नै झरना फुटबल भनेर भएकोमा  आफू हर्सित भएको प्रतिक्रिया दिइन् । त्यस्तै स्थानीय निमा उमाविमा शिक्षिका तथा विगतको प्रतियोगिताभर स्वयंमसेवक (भोलिन्टेयर) को भूमिका निभाउँदै आएकी देवमाया रानाले केही बर्षदेखि पूर्णरुपमा खेलकुद कार्यक्रममा स्यंमसेविकाको भूमिका निर्वाह गर्दै आउँदा साँच्चै केही भएपनि गाउँको लागि   योगदान दिएको महसुस हुने गरेको बताइन् । 
महिलाहरुको लागि फुटबल अवलोकनको लागि निःशुल्क व्यवस्था समेत गराइको  प्रतियोगिताबाट गाउँमा थप मनोरञ्जन समेत हुने गरेको रानाको भनाइ थियो । ‘हामी जस्ता करिब २ सय भन्दा बढी  स्यंमसेवक सहभागी हुन्छौ ।’ उनले भनिने–‘यसबाट खेल व्यवस्थित बनाउनको लागि गा“उको लागि पनि सहयोग हुन्छ ।’ अर्की  ३० बर्षीय स्वयं सेवक मन्जु राना फुटबलमा रुचि भएको बताउँदै  गाउँको पहिचानको  रुपमा झरना कप फुटबल भएको बताइन् । 

गाउ“को पहिचान नै फुटबल भएको छ’ 
छत्रबहादुर दर्लामी मगर
अध्यक्ष, झरना  स्पोर्टस क्लब  
यसको ईतिहास लामो छ ।  वि.स.२०२७ सालबाट हामीले यत्तिकै विना क्लब फुटबल खेल्न थालेका थियौं । म यस क्लबमा रहेर रेफ्रिको भूमिका पनि काम गरेको छु । अहिले म करिब १५ बर्ष पहिला देखि निरन्तर  ५ औ पटक अध्यक्ष पदमा रहेर काम गरेको छु । यस क्लबको आवद्ध भएर थुप्रै राष्ट्रिय कलाकारहरुले उत्पादन भएका छन ।  यो फुटबल प्रतियोगिता आयोजनाको लागि सिंङ्गो गाउँले नै सहयोग गर्ने गरेका छन् । यो एकपटक मात्र होइन वर्षैं देखि नै  यसमा सहयोग हँुदै आएको छ । आर्थिक हुनेले आर्थिक नहुनेले भौतिक तथा श्रम गरेर सहयोग गर्दै आएका छन् । यो फुटबल क्लब ग्रामिण क्षेत्र रहेको  संभवत निरन्तर खेलकुद आयोजना गर्ने पहिलो क्लब हो । विगतका बर्षहरुमा केही समय यस प्रतियोगितालाई द्वन्द्वको कारण निरन्तता दिन नसकेको भएपनि फेरी सुरु भएको हो । अहिले २७ औ शृङ्खला हो । तर निरन्तता भएको भए यसले ३५ औ शृङ्खला सम्म पुग्दथ्यो हो । यो प्रतियोगिता आयोजना गर्नको लागि सबैको साथ र सहयोग रहेको छ । 

‘झ्यालबाट हाम फालेर विद्यार्थी खेल हेर्न आउ“थे’
सुशील घिमिरे
संस्थापक खेलाडी, झरना स्पोर्टस क्लब
 अहिले विगतका दिन सम्झँदा पनि रमाइलो हुन्छ । म यो संस्थामा वि.सं.२०२८ सालदेखि आवद्ध भएर खेल खेल्दै आएको  थिए ।  झरना क्लबमा म किपर भएर खेलेको हँु । मणिग्रामको  टिम र किपर आएको छ रे भन्ने सूचना पाएपछि गाउँ गाउँबाट मान्छे आउँथे । हामी पाल्पामा करुवा कप खेल्न जाँदा एक पाथी चामल र १० रुपैयाँ नगद बोकेर गएका थियौं । त्यहाँ गएर हामी सेकेन्ड रनरअप भएका थियौं । करुवा कप खेल्न जाँदा मणिग्रामको टिम आएको छ भन्दा स्कुलका विद्यार्थीहरु झ्यालबाट हाम फालेर आउने  गर्दथे । मेरो खेल देखेर पाल्पाको मिसन अस्पतालमा निःशुल्क रुपमा उपचार गरिदिएको थियो । यसको अलवा हामीले तिलोत्तमा गोल्ड कप, कालिका कप पनि खेलेका छौ । क्लबको नाम पहिला लोफर रहेको थियो  । पछि परिर्वतन गरेर झरना राखिएको हो ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

एउटा उदाहरणीय कृषि जोडी ,पि.एच्.डी.गर्दै व्यवसायीक बाख्रा पालन र घाँस खेती