अधिवाचन कार्यक्रम सम्पन्न


कृष्ण  खनाल
बुटवल ८ साउन
 राष्ट्रिय अपाङ्ग महासंघ पश्चिम क्षेत्रीय  समितीको आयोजनामा ‘स्थानीय साधन स्रोतमा पहुच तथा शान्ती प्रक्रियामा अपाङ्गता भएका व्याक्तिहरुको सहभागीता का लागी अधिवाचन कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल का केन्द्रय अध्यक्ष विरेन्द्रराज पोखरेलको विशिष्ट आतिथ्यता तथा रुपन्देही जिल्ला का प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । अधिवाचन कार्यक्रममा सहजकर्ताको रुपमा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल का अध्यक्ष विरेन्द्र राज पोखरेलले अहिलेको बजेटमा अपाङ्गता सम्बन्धी कुनै खास कुरा परेको या नपरेको भन्ने बारेमा अहिले अवलोकन गर्ने काम भईरहेको बताउदै सरकारले अपाङ्गता क्षेत्रमा कुनै खास काम गर्न नसकेको बताएका थिए । उनले अपाङ्गता भएका व्यक्तिहरुको  लागी पहिचान गर्ने परिचय पत्र आफैमा बाझिएको भन्ने कुरामा  मन्त्रालयले नियमबाली  परिर्वतन गरेको कारण यस्तो भएको बताए । उनले आफुहरुले प्रस्ट रुपमा बर्गिकरणको आधार तोकेर मन्त्रालयमा परिबर्तन गरेको समेत बताएका थिए । कार्यक्रममा पश्चिम नेपाल बस व्यवसायी संघ का अध्यक्ष कलाधर न्यौपाने , जिवीस रुपन्देहीका सामाजिक शाखा अधिकृत दुर्गा प्रसाद श्रेष्ठ ,महिला बिकास अधिकृत उसा रावल , पश्चिमाञ्चल बहिरा संघ का अध्ययक्ष लक्ष्मण बहादुर कार्की , रुपन्देही अपाङ्ग पुर्नस्थापना केन्द्रका अध्यक्ष लेखनाथ भण्डारी ,नेपाली काङग्रेसका खेलराज पाण्डे , राष्ट्रिय जनमोर्चाका दल बहादुर भण्डारी ,एमालेका ढुण्डीलाल  सापकोटा ,राप्रपा नेपालका सागर प्रताप  राण लगाएत ले बोलेका  थिए ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै