विद्यालय छाडेर ‘झोलाको व्यापार’

कृष्ण खनाल

बुटवल १८ कात्तिक ।

बुटवलको उजिरसिंह माध्यमीक विद्यालय कक्षा –५ मा अध्यायनरत विद्यार्थी सलीम खा“न बुधवार विहानको करिब ११ बजे बुटवल –६ को हाटबजारमा भेटिए । उनी विद्यालयको समयमा कक्षा छाडेर हाटबजारमा किनमेलकालागि आएका भने हाईन्न । कारण भने अर्कै छ ,उनि घरको आर्थिक अवस्था नाजुक भएको कारण घर परिवारमा दुई चार रुपैया  आम्दानी हुने आशामा हाटबजारमा प्लाष्टिकको झोला बेच्न आएका लागि आएका हुन । घरमा आमा बुवा र आफु मात्रै रहेका उनका  बुवा घर बनाउने काम गर्छन् भने आमा घरको काम गर्ने गर्दछिन ।  आर्थिक अभावको कारण  सरकारी विद्यालयमा भर्ना भएका उनी  घरमा केहि रुपैया भए उनि घरमा केहि भए पनी आर्थिक बोझ की हुने र केहि रुपमा भए पनी आम्दानी  हुने भएको कारण उनी  हरेक  शनिवार र बुधवार सधै जस्तो हाटबजारमा प्लाष्टीकका झोला विक्रिका लागि आउने गर्दछन । आफुले होलसेलमा प्लाष्टिकको प्याक किनेर फुटकर रुपमा सानो प्लाष्टिकको झोला  २ रुपैया र ठुलो प्लाष्टिकको झो ५ रुपैयाका २ बटा विक्रि गर्ने गर्दछन । प्लाष्टिक बेचेर आएको पैसा आफ्नी आमालाई दिने गरेको समेत उनको भनाई थियो ।दिनमा १ सय रुपैया सम्म आम्दानी हुने गरेको समेत उनको भनाई थियो ।  उनले भने –‘झोला बेचेर आएको पैसा आमालाई दिन्छु त्यै बाट स्कुलका लागी चाहिने कापी कलम किनिदिनुहुन्छ ।’  उनले आर्थिक अवस्था नै नाजुक भएको कारण नै आफुले  झोला बेच्नको  लागी  हाटबजारमा आउने गरेको समेत बताए । उनी विहानको करिव ११ बजेदेखी सा“झको करिव ८ बजे सम्म नै उनी हाटबजारमानै हुन्छन । त्यस्तै बुटवल मावि कक्षा –४ मा अध्ययन गर्दे गरेकी १० बर्षिय पिङ्की झा पनी   हाटबजारमा प्लाष्टिकको झोला विक्रि गर्दे गर्दा भेट्ईिन् । उनले आफ्ना आमा तथा बुवाले फुल्कीको व्यापार गर्ने गरेको तथा आफु र दिदी भएर हाटबजारमा कागती (निम्बु)  र प्लाष्किको झोला बेच्नको लागी आउने गरेको बताईन् । एक दिनमा करिव ५० रुपैया  जती आम्दानी हुने गरेकोमा उनले सवै आम्दानी भएको पैसा आफ्ना घर परिवारमा दिने गरेको समते बताए । उनले भनिन्–‘ आम्दानी त खासै हुन्न जती हुन्छ सवै घरमा दिन्छु । बुटवल –६ झोलुङ्गे पुल नजिक बसोबास गर्ने उनले  हाटबजारको समयमा विद्यालय जान नपाउने समेत बताईन् । उनले थपिन्–‘बुधवार ,सोममार तथा विहिवारको दिनमा समेत विद्यालय   जान नै पाउदि“न ।’ उनले दुखेसो पोखिन । त्यस्तै सधैजसो हाटबजारमा प्लाष्टिकको झोलाको व्यापार गर्ने १३ बर्षिय बधु साह पनी विद्यालय जान छाडेर  प्लाष्टिक बेच्न आउदछन । ले झोले ...ले झोले...  भन्दै प्लाष्टिकका झोलाहरु बेच्दै गरेका उनी पनी घरको आर्थिक अवस्था नाजुक भएको कारण विद्यालय जान नसकेर  विभिन्न हाटवजारहरुमा प्लाष्टिकको झोला बेच्दै आएको बताए । उनले आफुल दिनभरमा प्लाष्टिक बेचेर आएको पैसा फेरी अर्को हाटबजारमा प्लाष्टिक किन्नको लागी केहि रुपैया राखेर अरु सवै आफ्नो परिवारलाई दिने गरेको बताए । यसरी विद्यालय नै जान छाडेर  विभिन्न व्यापारमा लाग्ने वालबालिकाको  एकिन तथ्याङ्ग नभएको भएपनि घर परिवारको आम्दानी तथा आफ्नो  खान लाउनको लागि व्यापार व्यवसायमा लाग्नेको संख्या  कमि छैन 

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै