‘सिजनल’ व्यवपारबाट राम्रो आम्दानी ।



कृष्ण खनाल 
बुटवल ३ असोज । 
पछिल्लो समयमा ठेलामा व्यपार गर्ने व्यवसायीहरुले बर्सेभरि एकै किसीमको व्यपार नगरी सिजनल (मैसमी )व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका छन । विभिन्न ठेला व्यवसायीहरुले एकै प्रकृतीको व्यपार नगरी फरक –फरक सिजन अनुसारको व्यापार गरेर राम्रो आम्दानी गर्न थालेका हुन । ठेला व्यवसायमा लागेका विभिन्न व्यक्तिहरुले कहिले फलफुल  ,कहिले जुस तथा फलफुलमा पनी  एकै प्रकाको व्यापार नगरी विभिन्न फरक फरक प्रकारको व्यापार गर्ने गरेर आम्दानी गरिरहेका छन । अर्घाखाची स्थायी घर भई विगत ५ बर्ष यता बुटवला ठेलाको व्यापार गर्दे आएका राम प्रसाद भुषालले मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुने भएको कारण मौसमी व्यपारमा लागेको बताए  । उनले  विगत केहि बर्ष यता कहिले फलफुल ,कहिले उखुको जुस तथा कहिले ठेलामा फेन्सी कपडाहरु राखेर विक्रि गर्दे आएको जनाकारी दिए  । उनले भने – ‘चाड पर्व तथा मौसम अनुसारको व्यपार गर्दा राम्रो आम्दानी हुन्छ त्यहि भएर यस्तो व्यपारमा लागेको हु । मंगलबार बुटवलको ट्रफिक चोकमा फेन्सी कपडाको व्यापार गर्दे  रहेका उनले दशै नजिकिदै जादा मानिसहरुले विभिन्न कपडाहरको किन्ने गरेको यस्को व्यापार लागेको जनाकारी दिए । दशैको केहि मात्रामा चहलपहल बढेको मा व्यापार सन्तोषजनक रहेको उनको भनाई थियो । उनले अहिले बुटवलका विभिन्न स्थानहरुमा ठेला चलाउने  र दैनिक रुपमा करिव ६ सय देखी १ हजार सम्मको व्यापार हुने गरेको उनले जानकारी दिए । उनका अनुसार भर्खरैमात्र दशैको केहि मत्रामा चहलपहल बढेकामा अझै दशै नजीकीदै जा“दा व्यापार अझै बढ्नेमा उनको विश्वास थियो । त्यस्तै दाङ्ग जिल्लामा स्थायी घर भई विगत ३ बर्ष यता बुटवलमा ठेलामा मौसमी व्यापारमा लागेका नविन थारुले अहिले बुटवलमा फलफुलमा स्याउको व्यापार गर्ने गरेको बताए  । उनले बजारमा सिजन अनुसारका फलफुलको व्यापारमा लाग्ने गरेको उनले मौसम सधैभरी एकै प्रकारको व्यापारमा भन्दा मौसमि व्यापारमा लाग्दा मनग्य आम्दानी हुने गरेको उनको धारण थियो । उनले भने मैले फलफुलमा कहिले स्याउ ,आ“प  ,सुन्तलला ,नासपाती ,लगाएतका फलफुलहरुको व्यापार गर्ने गरेको बताए । उनले भने–‘फलफुलको व्यारमा पनी विभिन्न मौसम अनुसारको व्यापार गर्दा राम्रो आम्दानी हुन्छ । अहिले स्याउको व्यापारमा लागेको उनी बुटवलमा रहेको कृषी उपज केन्द्र तथा थोक बजार केन्द्रबाट फलफुल ल्याएर व्यापार गर्ने गरेको समेत जानकारी दिए । उनले भने दैनिक रुपमा ३ सय रुपैया देखी ५ सय रुपैया सम्म आम्दानी हुन्छ । यसरी पछिल्लो समयमा ठेला व्यवसायमा लागेका ठेला व्यवासयी हरुले एकै प्रकृतीको व्यवसाय नगरी विभिन्न सिजन अनुसारको व्यापारमा लाग्न थालेकाछन । यस क्षेत्रमा कती मात्रामा ठेला व्यवसायीहरु छन भन्ने एकिन तथ्याङ्क नभएपनी धेरै जसो ठेला व्यवसायीहरुले ठेला व्यासायलाई थप परिमार्जन गरि सिजन अनुसारको व्यापारमा लाग्न थालेका छन । जसबाट व्यसायीहरुलाई राम्रो आम्दानी समेत हुने गरेको छ ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै