नियम मिच्नेलाई ‘कक्षा’


कृष्ण खनाल
बुटवल, बैशाख । 
मितिः २०७४।०१।०४ गते 
समयः विहानको ठिक १०ः १५ बजे सोमबार
स्थानः पश्चिम क्षेत्रीय ट्राफिक  प्रहरी कार्यालय परिषर 

एक हुल सवारी चालकहरु पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय परिषरतर्फ हिडिरहेका हुन्छन्, केही अहिल पहिला नै गएर प्रतिक्षालयमा बसेका हुन्छ । यि सबै सवारी चालकहरुमा एउटै मात्र जिज्ञास हुन्छ के हुन्छ होलॉट्राफिक कक्षा’ मा । 
कसैको हातमा  कापी र कलम समेत हुन्छ भने कोही खालीहुन्छ । सवारी चालकहरु कापी कलम बोकेर विद्यालय वा अन्य कक्षमा सहभागी नभई  ट्राफिक नियम मिचेको कारण सचेतना कक्षामा सहभागी हुन आएका हुन । 
जुन पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको अनिवार्य नियम हो ।  पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले यसरी नै  सवारी साधनचेकजांचको क्रममा मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउने चालकहरु ल्गायत ट्राफिक नियम मिच्नेहरुलाई नियमति रुपमा  ‘सचेतना कक्षा’ सञ्चान गरेको छ । 
 गत बैशाख ४ गते मदक पदार्थ सेवन गरी सवारी चलाएका १४ जनाको कागज पत्र नियन्त्रणमा लिई कार्यालयका प्रहरी नायव उपरीक्षक अबदेश बिष्टले ट्राफिक नियम, सवारी साधन चलाउदा मादक पद्धार्थ सेवन गरी चलाउन नहुने बिषयमा प्रशिक्षण प्रदान  गरे । सोही प्रकृतिका कक्षाहरु नियमित  रुपमा  सञ्चालन गर्दै आएको  छ । 



पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक(डिएसपी)अबदेश बिष्टका अनुसार दुर्घटना न्युनीकरणको लागि यो अभियान सञ्चालन गरिएको हो । मापसे गरेका चालकहरुबाट बढि दुर्घटना हुने भएको कारण ति चालकहरुलाई लक्षित गरी यो सचेतना कक्षा सञ्चालन गरिएको उनको भनाई रहेको छ ।  उनी भन्छन्–‘हामीले नियमित रुपमा सचेतना कक्षा सञ्चालन गरेर आवश्यक जरीवाना तिराएपछि कागजपत्र सम्बन्धीत चालकलाई दिने गरेका छौ ।’ 
यस्तै पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले मोटरसाईकलमा तीनजना चढ्ने, हेल्मेट प्रयोग नगर्ने, सवारी साधन चलाउँदा मोवाइल फोनको प्रयोग गर्ने, सवारी साधनको स्वरूप परिवर्तन गरी धुँवा तथा ध्वनी प्रदुषण गराउने जस्ता सवारी नियम उल्लघंन गर्ने तथा सुरक्षाको दृष्टिकोणले जोखिमयुक्त रूपमा सवारी साधन चलाउने चालकहरुलाई नियन्त्रण गरी आवश्यक कारवाही   गर्ने गरेको छ । 
बैशाख ९ गते ९९ जना चालकहरुलाई एकै स्थानमा राखेर प्रशिक्षण सञ्चालन गरेको थियो ।    नियम उलंघन गर्ने चालकलाई पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्मा, प्रहरी निरीक्षक राज कुमार रावल, प्रहरी नायव निरिक्षक भिमसेन घिमिरे ले ट्राफिक प्रहरी टोलीले सवारी नियम, बिभिन्न किसिमका ट्राफिक संकेतहरु तथा सडकमा सवारी साधन चलाउँदा चालकले ध्यान दिनुपर्ने कुराहरुको बारेमा प्रशिक्षण प्रदान  गरेका थिए । 
पछिल्लो समयमा स्थानिय चुनावलाई लक्षितगरी तथा सादा पोशाकमा समेत ट्राफिक प्रहरी खटाइएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवले जनाएको छ । कार्यालय प्रमुख प्रमुख प्रहरी उपरिक्षक कृष्णहरी शर्माले दुर्घटना न्युनीकरणको लागि  सादा पोशाकमा  प्रहरी परिचालन गरिएको र नियम उलंघन गरेको थाहा पाएमा जतिबेला पनि कारवाही गर्न  सकिने  अख्तियारी ति सादा पोसाकमा खटिएका प्रहरीलाई प्रदान गरिएको छ । 
ट्राफिक प्रहरीले सञ्चालन गर्दै आएको नियमित सचेनामुकल कक्षमा दुर्घटना हुने कारण, यसको क्षती तथा न्युनीकरणका उपायहरु, ट्राफिक नीति नियम तथा कारवाहीको विषयमा विस्तृत रुपमा जानकारी दिदै आएको छ । यस्तै सचेतना कक्षालाई अझ प्रभावकारी बनाउनको लागि केही ट्राफिक प्रहरी सम्बन्धी डमुमेन्ट्री तथा स्लाईडहरु समेत प्रर्दशन गर्ने गरिएको छ । 
तस्वीरः ट्राफिक प्रहरीले सञ्चालन गरेको सचेना कक्षमा सहभागीहरु । तस्वीर सौजन्यः ट्राफिक प्रहरी ।  

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै