बाल दिवसले छोएन बाल मजदुरलाई कृष्ण खनाल



सन्र्दभः बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस,


बुटवल, जेठ ३० ।
 भर्खर मात्र उमेरले १५ बर्षमा लागेका बुटवल –४ का धर्मेन्द्र चौधरी बुटवलको नयाँ बस पार्कबाट रिक्सामा ३ जना यात्रु लिएर गोलपार्क तर्फ जादै थिए ।
  प्रचण्ड गर्मीमा एक हातले रिक्साको ह्यान्डील र अर्को हातले पसिना पुछ्दै यात्रहरुलाई लिएर गन्तव्य तर्फजाँदै थिए ।

 गत एक बर्ष देखि उनको दैनिकी यसरी नै वितिरहेको छ ।  साहुको  रिक्सा भाडामा लिएर रिक्सा चलाउदै आएका उनि घर परिवारमा आर्थिक अभाव भएपछी विद्यालय जान पनि पाएन्न । घरमा एक जना दिदी ,आमा र आफु मात्रै भएका धर्मेन्द्र बुटवल– ४ मा बसोवास गर्दे आएका छन ।

विभिन्न संघ संस्थाहरुले ठुल–ठुला भाषण गर्दे बाल श्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनि भने उदेक लाग्दो प्रचण्ड गर्मिमा  रोजी रोटिकोलागि रिक्सामा  संघर्ष गर्दे थिए । सरकारले बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा उनलाई उक्त खिवसको बारेमा थाहा समेत थिएन । उनले भने –‘मलाई बाल दिवसको बारेमा केहि थाहा छैन ।’ बालश्रमिकको रुपमा काम गर्दै आएको धेरै समय भए पनि उनलाई अहिले सम्म सरकारी तथा गैर सरकारी निकायबाट कुनै पनि सहयोग गरेका छैन्न ।

उल्टै कहिलेकाही रिक्सामा चढेका यात्रुहरुले रिक्सामा चढेको  पैसा (भाडा) नै  नदिई जाने गरेको  दुखेसो पोखे । उनले भने –‘कहिलेकाही रिक्सामा यस्तो ठाँउ हिड भनेर लान्छन भाडा नै नदिई उल्लै थर्काएर पठाउने गरेका छन ।’ उनले कुनै कुनै यात्रुहरुले रिक्सामा चढेका रिक्सा भाडा पुरै भाडा नदिने गरेको समेत तितो यर्थाथता बताए ।
 उनी एक प्रतिनिधि पात्र मात्र हुन् ।  उनी जस्तै उमेरले भर्खरै १५ बर्षमा लागेका बुटवलको कान्ति उच्च मावि बुटवल – ६ हाटबजारमा कक्षा ७ मा पढ्दै आएका देव चौधरीले बुटवलको नयाँ बर्षपार्क अगाडी उखुको जुस बेच्दै थिए ।

 विद्यालय नभएको समयमा दाजु र बुबा संग उखुको जुस बनाएर बेच्ने गरेका उनी बाल दिवसको दिन विद्यालयमा विदा भएको कारण दिनभर नै उखुको जुुस बेच्ने गरेको बताए । ‘बाल दिवस भएको कारण विद्यालय छुट्टी भएकोले काममा आएको’उनले भने ।
देव र धमेन्द्र  वाल मजदुरका उदाहररण मात्र हुन ।  उनिहरुजस्ता   हजारौ बाल मजदुरहरु कम पैसामा काम गरिरहेका छन । सरकारले बालश्रम विरुद्वको अन्र्तराष्ट्रिय दिवस मनाईरहदा बालश्रमिकहरु यातायात, होटल, ईट्टाभट्टी, कल–कारखाना तथा घरेलु कामदारको रुपमा काम गर्न वाध्य छन ।

नेपालले आजभन्दा ठीक २० बर्È अगाडी अन्र्तराष्ट्रिय बालअधिकार महासन्धिमा हस्ताÔर गरेको थियो । बालअधिकार महासन्धीमा हस्ताÔर गरेका मुलुकहरुले बालबालिकालाई खान बस्न पढ्न लेख्न खेल्न दिनु पर्ने अन्र्तराष्ट्रिय प्रावधान राखिएको छ । केन्द्रिय तथ्यांक विभागका नेपालमा कुल जनसंख्याको ४६ प्रतिशत बालबालिका रहेको  ३४ प्रतिशत बालबालिका श्रमिकका  रुपमा काम गर्दै आएका छन् । १ लाख २७ हजार बालबालिका बालश्रममा  लागेको बिभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनहरुले देखाएका छन् । बढ्दो गरिबी, अशिÔा र फितलो काननी व्यवस्थाका कारण पनि बालश्रममा  कमि आउन नसकेको बिज्ञहरुको भनाईरहेको छ ।

श्रममा आवद्ध बालबालिकामध्ये १२ प्रतिशत बालबालिकाले आफ्नो गाउ“घर तथा परिवारबाट टाढा भएर काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्रममा संलग्न बालबालिकामध्ये ५ देखि ९ वर्È उमेर समूहका २४ दशमलव ७ प्रतिशत, १० देखि १४ वर्Èका ५१ दशमलव ३ र १५ देखि १७ वर्È उमेर समूहका २४ प्रतिशत रहेका छन् ।

Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै