भट्राई सरकारले घोषणा गरेको निर्वाचन वैधानिक ः पौडेल



कृष्ण खनाल 
बुटवल, असार ९ 
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलले स्पष्ट रुपमा बहुमत प्राप्त सरकारले घोषणा गरेको निर्वाचन संबैधानिक भएको दावि गरेका छन ।
रिर्पार्टस क्लव लुम्बिनीद्वरा शनिवार बुटवलमा आयोजि  साक्षात्कार कार्यक्रममा बोल्दै उनले बर्तमान अवस्थामा ताजा जनादेशमा जानु बाहेक अर्को विकल्प नभएको समेत बताए ।
संविधानसभामा प्रतिनिधित्व गर्ने ३३ दलमध्ये १९ दलको सर्मथनमा पुर्ण बहुमत प्राप्त सरकारले घोषणा गरेको निर्वाचनलाई असंवैधानिक भन्नु पुर्वाग्रह बाहेक अरु केहि हुन नसक्ने उनको तर्क छ ।
अहिलेकै अवस्थामा प्रधानमन्त्री डा.बाबुराम भट्राईले राजिनामा दिए संवैधानिक संकट आउने  भएकाले तत्काल राजिनामा नदिने बताउदै नेकपा एमाओवादीका पोलिटव्युरो सदस्य समेत रहेका पौडेलले कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने विषयमा  राष्ट्रिय  सहमति कायम भएमा भने प्रधानमन्त्रीले राजिनामा दिने प्रष्ट पारे ।
प्रतिपक्षदलहरु लगाएत एकिकृत नेकपा माओवादीकै केहि नेताको विरोधका बाबजुुद प्रधानमन्त्री भटराई ब्राजिल भ्रमण गर्नु उपयुक्त थियो त ? भन्ने संञ्चार कर्मीहरुको जिज्ञासामा प्रम सल्लाहाकार पौडेलले अन्र्तराष्ट्रिय जगतमा ब्राजिलको कार्यक्रम महत्पुर्ण भएकोले प्रधानमन्त्री ब्राजिल गएको बताउदै विपक्षी दलहरुले मुलुकको समस्या समाधानको लागि नभएर अन्र्तराष्ट्रिय जगतमा बर्तमान सरकारलाई मान्यता छैन भनि देखाउनको लागि मात्रै विरोध गरेको दावि गरेका छन ।
ब्राजिलमा भारतिय प्रधानमन्त्री र नेपालका प्रधानमन्त्री विचभएको भेट बर्ताका क्रममा के कस्ता कुरा भए भन्ने प्र्रश्नमा पौडेलले भारतिय प्रधानमन्त्रीले बैधानिकरुपमा गठन भएको नेपालको सरकारलाई सहयोग र साथ रहने आश्वासन दिएको बताउदै भारतको अलवा ब्राजिलमा चिनिया समकक्षी लगायत अन्य मुलुकका प्रधानमन्त्री तथा राष्ट्र प्रमुखहरु संग समेत  सौहार्दपूर्ण भेटवार्ता भएको जानकारी दिए ।
प्रतिपक्षी दलहरुको विरोधको बापजुद  पनि सरकारले ल्याउन लागेको बजेट कहिले र कुन मितिमा आउछ भन्ने प्रत्रकारहरुको प्र्रश्नमा उनले प्रतिपक्ष दलहरुको विरोधको बावजुद पनि सरकारले बजेट ल्याएरै छाड्ने दाविगर्दै घोषित संविधान सभालाई समेत लक्षित गरेर बजेट ल्याउने तयारी भएको जानकारी दिए ।
पार्टीबाट अलग भई नयाँ पार्टी बनाएका मोहन वैद्य र रामबहादुर थापा लगाएतका नेताहरु ले एमाओवादी अध्यक्ष पुस्पकमल दाहाल  र प्रधानमन्त्री  डा.बाबुराम भट्राईलाई भारत परस्त र गद्दार भनि लगाएको आरोपको  एनेकपा माओवादीले बैचारिक, सैद्धान्तीक तथा राजनैतिक प्रतिवाद गर्ने बताउदै उनले उत्तेजना र क्षणिक आवेगमा आएर पार्टि फुटाउनु दुर्भाग्यपुर्ण रहेको  समेत टिप्पणी गरे ।
उनले भने –मोहन बैद्य जिहरु नत जनविद्रोहमा जाने भन्नुभएको छ, चुनाव पनि नलड्ने भन्नुभएको छ ।’ ‘त्यसो भए उहाहरुले के गर्नुहुन्छ भन्ने प्रतिप्रश्न समेत गरे ।’ आावेग र उत्तेजनमा आएर बाटो विराएकाहरुलाई  पुनःपार्टिमा फर्कने आग्रह समेत गरे ।  एनेकपा माओवादीले संविधान सभा विगटन गरेर सर्वसत्तावाद लाद्न खोजेको भनि प्रतिपक्षदलहरुले लगाएको आरोप निराधार भएको बताउदै उनले संविधान सभाको विगटन एनेकपा माओवादीले नभई सर्वोच्च अदालतको आदेशका कारण भएको जिकिर गरे ।
कार्यक्रममा एनेकपा माओवादीका केन्द्रिय सदस्य तथा अवध मधेस राज्य समिति सेक्रेटरी डोर प्रसाद उपाध्याय (निर्मल कुमार)ले वैद्य पक्षले अवध–मधेस राज्य समिति अन्र्तगत पर्ने रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा नवगठित नेकपा–माओवादीको पकड रहेको भनि भ्रम फैलाएको भन्दै बैद्य पक्षको उक्त दाविलाई ठाडै अस्वीकार गरे । अवध मधेस राज्य समितीमा सस्थापन  पक्ष झन्डै दुई तिहाई बहुमतको हाराहारीमा रहेको दावि गर्दै उनले २ सय ५६ जना राज्य समिति सदस्य मध्ये १ सय ५२  सदस्य एनेकपा माओवादीमा ८४ जना नवगठित नेकपा माओवादीमा र २० जना तटस्थ रहेको फेहरिस्त प्रस्तुत गरे । राज्य समिति अन्र्तगत पार्टि केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने ८ जना केन्द्रीय सदस्य मध्ये ७ जना संस्थापनमै र चन्द्र हरी सुवेदि एकजना मात्रै वैद्य पक्षमा लागेको जाानकारी दिए ।  त्यसैगरी अवध मधेस बाटै केन्द्रीय सल्लाहकार समितिमा सहभागी ९ जना मध्ये ७ जना संस्थापन र २ जना मात्रै वैद्य पक्षमा लागेको र ७ जना भुपु सभासद मध्ये ६ जना पुरानै पार्टिमा रहेको  र एक जना मात्रै नवगठित माओवादीमा लागेको दावि गरे ।
कार्यक्रम क्लवका अध्यक्ष प्रकाश खनालको अध्यक्षता र तेजेन्द्र केसीको संञ्चालमा सम्पन्न भएको थियो ।


Popular posts from this blog

‘नमुना’को अनियमितता विरुद्ध अख्तियारमा उजुरी

लैङ्गिक हिंसामा पर्नुभयो, अञ्चल अस्पताल जानुस्

रुपन्देहीमा जिउदो माछा पसल बढ्दै